• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:51

इलाम नगरपालिकाको १७ औं नगर सभामा पेश भएको नीति तथा कार्यक्रम

बुधबार, ११ असार, २०८२

इलाम नगरपालिकाको१७ औं नगर सभामा पेश भएको नीति तथा कार्यक्रम

इलाम नगरपालिकाको यस गरिमामय सभामा उपस्थित सदस्यहरु, सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु तथा संचारकर्मी महानुभावहरु ।

सर्व प्रथम म इलाम नगरपालिकाको यस गरिमामय १७ औं नगरसभामा उपस्थित नगर सभा सदस्य ज्यूहरु, राष्ट्र सेवक कर्मचारीहरु तथा पत्रकार महानुभावहरु लाइ हार्दिक स्वागत गर्दछु ।बिगत देखि वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्म आइपुग्नका लागि आफ्नो अमूल्य जिवन उत्सर्ग गर्नु हुने सम्पूर्ण सहिदहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।परिवर्तनका लागि भएका आन्दोलन र संघर्षको नेतृत्व गर्नु हुने अग्रजहरु प्रति उच्च श्रद्धा व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलन र संघर्षका क्रममा घाइते हुनु भएका महानुभावहरुको स्वास्थ्य लाभको कामना र वेपत्ता हुनु भएका महानुभाव प्रति हार्दिक सदभाव प्रकट गर्दछु ।

    संघीय शासन प्रणालीमा शासन व्यवस्थाको सबै भन्दा तल्लो तहमा लोकतन्त्रको अभ्यास गर्ने शासकीय एकाइका रुपमा रहेको स्थानीय सरकार जनताका अपेक्षा र आलोचनालाइ नजिकबाट सम्वोधन गर्ने जनताको वास्तविक सहभागिता, पहुँच र प्रतिनिधित्व रहेको सरकार हो ।स्थानीय सरकारलाइ संविधान र कानुनद्वारा प्रदान गरिएका अधिकार बमोजिम उपलब्ध साधन स्रोतको महत्तम उपयोग गर्दै नगरपालिकाको स्थानीय शासन, विकास र सेवा प्रवाहलाइ अघि बढाउने क्रममा हाम्रो कार्यकालको चौथो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा हामी रहेका छौं ।यस अवधिमा घट्दो समानिकरण अनुदान,सिमित वित्तीय हस्तान्तरण, संघीय र प्रदेश सरकारका बार्षिक बजेटमा नगर क्षेत्रका योजना छनौटमा दिइएको न्यून प्राथमिकताका बाबजुद कठोर वित्तिय अनुशासन, मितव्ययी खर्च व्यवस्थापन र कुशल व्यवस्थापकीय प्रणालीका माध्यमबाट आन्तरिक राजस्वको आधारमा बृद्धि र स्रोतको बचत मार्फत उपलब्ध भएको बित्तीय क्षमतालाइ उपयोग गर्दै प्राथमिकताका आधारमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, वातावरण र संस्थागत सुशासनका लगायतका क्षेत्रमा सन्तुलित रुपले महत्वपूर्ण कार्यहरु गरिएको भएता पनि हाम्रो आकांक्षाको हाराहारीमा उपलब्धीलाइ पुर्याउन बाँकी नै रहेको छ ।

स्थानीय सरकारको फराकिलो जिम्मेवारी अन्तर्गत रहेका विषय क्षेत्रका समस्या र आवश्यकतालाइ सानो आकारको बजेट मार्फत पुरा गर्नु पर्ने चूनौतीपूर्ण परिप्रेक्षमा समुन्नत इलाम सम्पन्न इलामेलीको दुरदृष्टि बमोजिम पूर्वाधार विकासमा मात्र नभइ शिक्षा, स्वास्थ्य लगायतका आधारभुत सेवाको सुनिश्चितता, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि, रोजगारी र स्वरोजगारीका लागि सीप तथा क्षमता विकास, घरेलु उद्यमको विकास, समुदायको सचेतना र सशक्तिकरण लगायतका बहु बिषय क्षेत्रमा राष्ट्रिय तथा स्थानीय स्तरका सरोकारवालाहरु संग साझेदारी र सहकार्य गर्दै हामी प्रतिबद्ध प्रयास सहित अघि बढेका छौं ।

यसै क्रममा कृषि क्षेत्रमा रुपान्तरणकारी कार्यक्रमको संचालन, उद्यम विकास तथा रोजगारी र स्वरोजारी सिर्जना, प्राथमिकता प्राप्त पूर्वाधार विकासमा स्रोत साधनको केन्द्रीकरण, आय आर्जनका अवसर भएका क्षेत्रको विकासमा जोड सहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम तयार गरिएको छ ।

       

यस नगरपालिकाको विकास, सेवा र सुशासनलाइ हाँक्ने गहकिलो जिम्मेवारी निर्वाहका लागि हामीलाइ प्राप्त जनादेशलाइ इमान्दार रुपमा बहन गर्दै समुन्नत इलाम सम्पन्न इलामेलीको दुरदृष्टि हासिल गर्ने दिशामा यो नीति तथा कार्यक्रम परिलक्षित छ । यस परिप्रेक्ष्यमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को व्यवस्था अनुरुप यस सम्मानित नगर सभामा आर्थिक वर्ष २०८२/ को लागि इलाम नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु ।

 

नगर सभा सदस्य ज्यूहरु,

अब म चालु आ.व. २०८१/८२मा हाल सम्म सम्पादित मुख्य कार्यहरुको संक्षीप्त प्रगति विवरण पेश गर्न गइरहेको छु।

पूर्वाधार विकास तर्फ :-

  • संघिय समपुरक अनुदान अन्तर्गत ..पा. ०३ स्थित मिलगोलाइ विणापानी सडकमा आर.सि.सि. नाली सहित करिब कि.मि. सडक ढलान सम्पन्न गरिएको छ ।
  • प्रदेश समपुरक अनुदान अन्तर्गत..पा. ०९ स्थित भन्ज्यांग सटके सडकमा आर.सि.सि. नाली सहित करिब ३० मिटर सडक कालोपत्रे/ढलान सम्पन्न गरिएको..पा. ०४ स्थित वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
  • नगर गौरबका सडक योजनाहरु मार्फत हाल सम्ममा करिब १० कि.मि. सडकको स्तरोन्नती कार्य सम्पन्न गरिएको छ ।
  • वडा नं. मा बहुउदेश्यीय कभर्ड हल निर्माण सम्पन्न गरिएको छ ।
  • वडा नं. ०८ मा खर्कपोखरी सौन्दर्यीकरण कार्य अगाडि बढाइएको छ ।
  • वडा नं.  ०७ स्थित बजार क्षेत्रमा फुटपाथ निर्माण तथा चियाबारी सौन्दर्यीकरणको कार्य अगाडि बढाइएको छ ।
  • वडा नं ७ का मुख्य सडकमा सडक बत्तिको व्यवस्था गरिएको छ ।
  • विभिन्न वडाहरुमा श्रमदान जुटाइ पाँच हजार मिटर भन्दा बढी गोरेटो बाटो निर्माण सम्पन्न गरिएको छ ।
  • साना सिंचाइ कार्यक्रम अन्तर्गत इलाम नगरपालिका वडा नं ,, , १०, ११ १२ मा सञ्चालित वटा साना सिंचाइ योजनाहरु मार्फत करिब 3260 रोपनी खेतियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याइएको छ ।
  • स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम अन्तर्गत इ..पा १२, पिप्लिभन्ज्याङ्ग स्थित स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।
  • इलाम नगरपालिका वडा नं ३ स्थित बाघखोर बजारमा करिब १७५ मिटर फुटपाथ निर्माण कार्य सम्पन्न गरिएको छ ।
  • संघिय शसर्त योजना अन्तर्गत इ..पा. , १० मा गरि वटा मुख्य सडकहरुको स्तरोन्नती कार्य अन्तिम चरणमा पुगेको छ ।
  • संघिय शसर्त योजना अन्तर्गत इ..पा. ०१ स्थित भालुपानीमा प्रधानमन्त्री पार्क निर्माण कार्यको डि पी आर बमोजिम पूर्वाधार निर्माणका कार्य भएको छ ।
  • संघिय शसर्त योजना अन्तर्गत इ..पा. ०९ स्थित सिंहबाहिनी मन्दिर परिसरमा पुर्वाधार निर्माणका कार्य अगाडि बढाइएकोछ ।
  • इलाम नगरपालिका वडा नं ०७ स्थित इलाम अस्पतालको इमर्जेन्सी भवन निर्माण कार्यको विस्तृत परियोजना प्रतिवेदन भारतिय दुतावासमा पेश भइ स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

शिक्षा, युवा तथा खेलकूद तर्फ :-

  • स्थानीय तहस्तरीय र जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम संचालन भई जिल्लास्तरीय प्रतियोगितामा इलाम नगरपालिकाले प्रथम स्थान हासिल गरेको  ।
  • सबै सामुदायिक विद्यालयहरूमा कक्षाकोठा डायरी वितरण गरी प्रभावकारी रूपमा कार्यान्वयन भएको ।
  • . स्थानीय विषय इलामको  सेरोफेरोको  कक्षा -८ सम्मको पाठ्यक्रम निर्माण भई लागु भएको, कक्षा -३ को पाठ्यपुस्तक निर्माण भई वितरण भईसकेको, कक्षा -५ को पाठ्यपुस्तकको  मस्यौदा तयार भईछपाईको प्रक्रियामा रहेको र कक्षा ६-को पाठ्यपुस्तक निर्माणको  प्रक्रियामा रहेको ।
  • सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई वार्षिक रूपमा शैक्षिक बुलेटिन निर्माण गरी वितरण गरिएको ।
  • नगर सभाको १६ औं अधिवेशनको अवशरमा कक्षागत रूपमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, अवकाश प्राप्त शिक्षक र नगर शिक्षा पदकबाट सामुदायिक तथा संस्थागत दुवै विद्यालयका विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको ।
  • प्रतिभा विकास कार्यक्रम अन्तर्गत नगर भित्रका सामुदायिक तथा संस्थागत जम्मा ५० वटा विद्यालयहरूमा हस्तलेखन अभ्यास तालिम संचालन भइरहेको ।
  • नगरभित्रका ४२ वटा सामुदायिक  विद्यालयहरूमा ई-हाजिरी जडान भई संचालनमा रहेको ।
  • इलाम नगरपालिका भित्रका १८ जना युवाहरुका लागि डिजिटल मार्केटिङ्ग सम्बन्धी तालिम सम्पन्न भएको

कृषि तथा पशुपंक्षी तर्फ :-

  • एक  कृषक समूह एक कृषक गुरु कार्यक्रम अन्तर्गत इलाम नगरपालिका सवै वडा भित्रका २३ कृषक समूहका कृषक गुरुहरुलाइ नगदे बाली तरकारी बाली फलफूल बाली पशुपन्छी पालनसंग सम्वन्धितप्रशिक्षणप्रदान गरि कृषक समूहमा परिचालन गरिएको
  • घरेलु तथा साना उद्योग  कार्यालय र कृषि ज्ञान केन्द्र इलाम सँगको सहकार्यमा ७५ वटा कृषि उपज, रैथाने बालीमा आधारित परिकार तथा विभिन्न फूल लगायतका स्थानीय उत्पादनहरु को प्रदर्शन एवं कारोबार गरि ७०० जना भन्दा बढिको सहभागितमा २ दिवसिय कृषि महोत्सव  सम्पन्न गरिएको ।
  • इलाम नगरपालिका सवै वडालाई प्रतिनिधित्व हुने गरी  १० जना  व्यवसायिक मौरी पालक कृषक हरुलाई २१ दिने रानी मौरी उत्पादन तालिम संचालन गरिएको
  • विभिन्न वडाहरुमाउन्नत जातको कृषिबाली बिस्तारका लागि २९४० के.जी. गहुको वीउ, २३५५ के. जी.मकैको वीउ र ४०० के जी उन्नत धानको वीउसाथैबेमौसमी तरकारीको बिउ वितरण गरिएको ।
  • कृषिको यान्त्रिरणका लागि विभिन्न वडामा ६९ टनेल ४८ मिनि टिलर ३५ च्यापकटर ९० मौरीको घार तथा २० हजार मिटर पाइप लगायतका सामाग्री वितरण गरिएको
  • फौजी किराको औषधी वितरण गरि कृषि उत्पादनको संरक्षण गरिएको ।
  • बाँसलाइ विभिन्न प्रयोजनमा लामो समय सम्म टिकाउ हुने गरि प्रयोगमा ल्याउन वडा नं १० मा बाँस उपचार तालिम संचालन गरिएको ।
  • इलाम नगरपालिका वडा न १२ साङरुम्बाको १३८ रोपनी क्षेत्रफलमा ८२घरधुरीलाभान्भित हुने गरी अकबरे खुर्सानीपकेट विकास कार्यक्रम संचालन गरिएको छ। 
  • सामुदायिक कृषि क्याम्पससँगको सहकार्यमा माटो परिक्षण कार्यक्रम संचालन गरिएको छ ।
  •  इलाम नगरपालिका वडा न. सुम्बेक र  वडा न बिब्ल्याटेमासुन्तलाजात फलफुल विस्तार कार्यक्रम अन्तर्गत जुनार / सुन्तला खेती विस्तारमा १९२ घरधुरी समेटिने गरी ५००० भन्दा वढी विरुवा रोषण कार्यक्रम सम्पन्न गरीएको छ।
  • इलाम नगरपालिका वडा न ४ १० र ११ माजम्मा २१७ घरधुरी लाभान्वित हुने गरी एकिकृत घुम्ती शिविरमा माटो तथा बाली उपचारव्यवस्थापन विधि आवस्यक सामग्री साथै प्रविधिक परामर्श सेवा उपलब्ध गराइएको छ ।
  • इलाम नगरपालिका वडा न १ मा प्राङ्गारिक मल पुर्वाधार निर्माण गरि प्राङ्गारीक मल उत्पादन गर्न थालिएको छ।
  • सवै वडालाई समेट्ने गरी व्यवसायिक सूर्यमुखी खेती प्रवर्द्धनका लागि सूर्यमुखी वीउ वितरण गरिएको छ।
  • घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रम मार्फत इलाम नगरपालिका वार्ड नं २ १० र ११ का ४०१ घरधुरीमा सेवा प्रदान गरिएको ।
  • ५१९७ गाई भैसी तथा बाख्राहरुका लागि कृत्रिम गर्भधान सेवा उपलब्ध गराइएको छ ।
  • खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पहिलो र दोस्रो चरण गरेर २९४२५ गाई गोरु तथा भैसीहरुमा खोरेत बिरुद्धको खोप लगाएको  छ ।
  • २७००० भेडा बाख्राहरुमा पि पि आर रोग विरुदको खोप लगाएको छ ।
  • १६५० कुकुर विरालोहरुमा रेविज रोग विरुदको खोप लगाएको छ ।
  • भेटेरिनरी अस्पताल संगको सहकार्यमा २४४ ओटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
  • इलाम नगरपालिकाका ११ बटा वडाहरुमा असल पशुपालन अभ्यास सम्बन्धि अभिमुखीकरण कार्याक्रम संचालन गरि खोरेत रोग निगरानी समुह गठन गरिएको छ ।
  • असल पशुपालन अभ्यास सम्वन्धि सबै वडाका ३ जना कृषकहरुका दरले जम्मा ३६ जनालाई ३ दिने तालिम प्रदान गरिएको छ ।
  • इलाम नगरपालिका वार्ड नं १ बाघखोर र ९ नं भन्ञ्याङमा पशुपन्छी निगरानी केन्द्र स्थापना गरिएको
  • डेरी व्यवसायीहरुलाई औजार उपकरण खरिदमा ५० प्रतिशतका दरले अनुदान उपलब्ध गराइएको छ ।

स्वास्थ्य तर्फ :-

  • विशेषज्ञ घुम्ति शिविर संचालन कार्यक्रम मार्फत ४४६ जना सेवाग्राहीहरुलाइ विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।
  • ५२० जना बालबालिकाहरुलाई पूर्ण खोप सेवा प्रदान गरिएको छ
  • क्षयरोग खोजपड्तालका लागि AI एक्सरे संचालन गरि  ६ जना नयाँ बिरामी पहिचान गरि उपचारको व्यवस्था मिलाइएको छ ।
  • २२० जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर स्कृनिङ्ग जाँच सम्पन्न गरिएको छ
  • २२६३ जना किशोरीहरुलाइ पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइएको छ
  • गर्भवती तथा सुत्केरीहरुका लागि पोषण व्यवहार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ
  • विद्यालयका बालबालिकाहरुका लागि पोषण व्यवहार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ
  • डेङ्गु रोगको रोकथाम तथा नियन्त्रण (खोज र नष्ट गर अभियान) कार्यक्रम सम्पन्न गरिएको छ
  • उप-प्रमुख जेष्ठ नागरिक आयुर्वेदिक शिविरबाट ६९३ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरि औषधी उपलब्ध गराइएको ।
  • वडा नं १ र १० मा मासिक तथा पाक्षिक रुपमा आयुर्वेदिक नागरिक क्लिनिक संचालन गरिएको ।
  • नगर प्रमुख जेष्ठ नागरिक तथा कडा रोगी हेरचाह कार्यक्रम मार्फत गाउँ टोलमा नै गइ स्वास्थ्य सेवा उपलब्ध गराइएको ।
  • ब्रह्मकुमारी राजयोग सेवा केन्द्र इलामसंगको सहकार्यमा ७ नं वडा कार्यालयको आयोजनामा विद्यार्थी शिक्षक स्थानीयवासी राष्ट्रसेवक कर्मचारी गरि कुल १३ हजार जनालाइ सकरात्मक सोचद्वारा रचनात्मक जिवनशैली विषयक ५ दिवसीय प्रेरणादायी प्रशिक्षण प्रदान गरिएको ।

महिला तथा बालबालिका अपाङ्गतातथा जेष्ठ नागरिक तर्फ :-

  • नगर महिला समन्वय समितिको संयोजनमा ३० जना किशोरीहरुलाइ बैङ्गिक क्षेत्रको परिक्षा तयारीका लागि प्रशिक्षण कार्यक्रम संचालन गरिएको
  • इलाम नगरपालिकाका सबै वडाहरुमा टोल विकास संस्थाको अगुवाइमा घरेलु हिंसा, साईवर क्राईम,लागु औषध,चेलिवेटी बेचबिखन सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको ।
  •  १,,६ वडाहरुलाई चालु आर्थिक बर्ष भित्रमा बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको साथै अन्य सवै वडाहरुमा प्रारम्भिक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको ।
  • लैंगिक समानता तथा सामाजिक समावेशिकरण अडिट सम्पन्न गरिएको
  • टेवा नेपालको प्राविधिक सहयोगमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनिति कार्यान्वयन कार्ययोजना तर्जुमा भएको ।
  • बाल क्लब, बाताबरण क्लबका प्रतिनिधि र शिक्षक सहित जम्मा ११५ जना लाई बाल बिबाह न्युनिकरण, बाल श्रम न्युनिकरण, साईवर क्राईम, बाल अधिकार र मनोसामाजिक परामर्श सम्वन्धि अभिमुखिकरण कार्यक्रम सपन्न भएको ।
  • अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामाग्री, सहायक सामाग्री र न्यानो कपडा वितरण

गरिएको

  • अपाङ्गता भएका २१ जना व्यक्तिहरुलाई स्वास्थ्य उपचारका लागि सहयोग कार्यक्रमबाट स्वास्थ्य विमा गरिएको ।
  • अपाङ्गता सहायता कक्षबाट दैनिक रुपमा अपाङ्गता भएका व्यक्ति तथा उनका परिवारलाई परामर्श सेवा प्रदान गरिएको ।

घरेलु तथा लद्यु उद्यम, उद्यमशीलता,  सीप तथा क्षमता विकास तर्फ :-

  • इलाम नगरपालिका वडा नं. ८ मा ४१ जनालाई उद्मशिलता विकास तालिम,  १६ जनालाई ड्राइभिङ्ग सीप विकास तालिम,  १६ जनालाई मौरी पालन सीप विकास तालिम प्रदान गरि १५ जनालाई मौरी सहितको घार वितरण भएको ।
  • नगर क्षेत्रका जना महिलाहरुका लागि ३ महिने ढाका बुनाइ सम्वन्धी प्रशिक्षण प्रदान गरि उद्यमीका रुपमा तयार गरिएको ।
  • घरेलु उद्यम तथा स्वरोजगारीका लागि आवश्यक क्षमता विकासका गर्न सिलाइकटाइ, केराको रेशाबाट उपयोगी सामाग्री वनाउने,  नौमती बाजा बजाउने, रैथाने खाद्यान्नमा आधारित परिकार बनाउने, अचार बनाउने, केश काट्ने, फ्रिज वासिङ्ग मेसिन उपकरण मर्मत गर्ने लगायतका प्रशिक्षण प्रदान गरिएको ।

साहित्य कला भाषा तथा संस्कृति तर्फ

  • इलाम नगरपालिका साहित्य कला तथा संगीत प्रतिष्ठान साहित्य समाज इलाम लगायतका सरोकारवालाहरुको आयोजनामा इलाम साहित्य सम्मेलनको आयोजना गरिएको ।
  • साहित्य कला तथा संगीत प्रतिष्ठानमार्फत विद्यालयहरुमा साहित्य तथा कला सम्वन्धी प्रतियोगिताको संचालन तथा हरेक महिनाको अन्तिम शुक्रबार सिर्जना उत्सव आयोजना गरिएको ।
  • इलाम नगरपालिकाबाट विभिन्न विद्याका श्रष्टा तथा साहित्यकारहरु लाइ सम्मान गरिएको
  • नगर दलित समन्वय समितिको संयोजनमा परम्परागत हातहतियार र पोषाक बनाउने प्रशिक्षण प्रदान गरिएको ।
  • नगर आदिवासी जनजाति समितिको संयोजनमा बहु जातीय बहुभाषिक एवं बहुसांस्कृतिक पक्षहरुको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएको ।
  • परम्परागत रोपाइ जात्राको अवसरमा नगरपालिकाबाट स्थानीय विदा घोषणा गरि नगरपालिकाको आर्थिक सहयोगमा नेवा: समाज इलाम मार्फत गाइजात्राको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरिएको ।
  • माइस्थान मन्दिरमा हरेक शनिवार साँझ आरती गर्ने कार्यलाइ निरन्तरता दिइएको ।

न्यायिक समिति तर्फ :-

.. २०८०/०८१ बाट अल्या भइ आएका समेत कुल ९३ वटा मुद्दाहरु कायम रहेकामा,

  • ४४ वटा मुद्दा मेलमिलापको माध्ययमबाट समाधान भएका छन् ।
  • ६ वटा मुद्दाहरु विभिन्न कारणले लगत कट्टा गरिएको छ ।
  • ५ वटा मुद्दाहरु अदालत सिफारिस गरिएको छ ।
  • २८ वटा मुद्दा मेलमिलाप तथा सहमतिको लागि विभिन्न वडा मेलमिलाप केन्द्रमा पठाइएका छन्
  • १० वटा मुद्दामा केहि मुद्दा छलफलबाट सहमति हुन नसकेका र केही शुरु प्रकृयामा रहेका छन् ।

 

  • जनप्रतिनिधी तथा न्यायिक समितिका सदस्यहरुका लागि३ दिवसीय क्षमता बिकास सम्बन्धी तालिम सम्पन्न गरिएको
  • न्यायिक समिति संयोजक तथा उजुरी प्रशासकहरुको लागि न्यायिक कार्य सम्पादन सम्बन्धी ३ दिवसीय क्षमता बिकास तालिम सम्पन्न भएको
  • प्रत्येक वडा मेलमिलापकेन्द्रहरु संग अन्तर्क्रिया गरी लजिष्टिक उपलब्ध गराइएको
  • मेलमिलापकर्ताहरुको  लागि ४ दिवसीय पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न
  • न्यायिक समितिको अन्तर पालिका अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ
  • इलाम जिल्लाको सबै स्थानीय तहको प्रतिनिधित्व हुने गरि जिल्ला स्तरीय न्यायिक समिति संजाल गठन भएको । उक्त सञ्जालको संयुक्त प्रयासमा इलाम नगरपालिका वडा नं. मा सुरक्षित आवास केन्द्र इलामको स्थापना भइ सेवा प्रदान गरिरहेको ।

रोजगार सेवा केन्द्र तर्फ :-

  • हालसम्म १८३ जनाको श्रम नविकरण भएको ।
  • नगर क्षेत्र भित्रका ४० जना कृषकहरुका लागि कृषि तथा पशुपंक्षी तालिम स‌‌ंचालन गरिएको ।
  • नगर क्षेत्र भित्रका ४० जना सहभागिहरुला १०० दिने प्लम्बर तथा ईलेक्ट्रिसियन तालिम प्रदान गरिएको
  • वडाका मर्मत सम्भार योजनाहरुमा २०६ जनालाई रोजगारी प्रदान गरिएको ।

सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम तर्फ :-

  • इलाम नगरपालिकाले सामी कार्यक्रम अन्तर्गत आप्रवासी श्रोत केन्द्रबाट बाट वैदेशिक रोजगारमा जान तयार  जम्मा ५७३५ जना सम्भावित आप्रवासीहरुका लागि सुचना तथा परामर्श सेवा प्रदान गरिएको ।
  • चालु आ.व मा बैदेशिक रोजगारी सम्वन्धमा प्राप्त १२५ वटा समस्या मध्ये ४९ वटा समाधान गरिएको ।
  •  नगरपालिकाको सहजीकरण मार्फत पीडितहरुले रु.करोड ५० ाख ७२ हजार ६ सय ४० रुपैया आर्थिक सहायता पीडितले प्राप्त गर्न सफल भएका छन् ।
  • चालु आ.व मा ४० व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्नुका साथै माध्यमिक विद्यालय र समुहहरुमा गरि ११ ठाउमा मनोसामाजिक परामर्श सेवा सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएका ।
  • ४१७ व्यक्तिहरुलाइ वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरियो
  • १८५६ घरधुरीमा बैदेशिक रोजगारी सम्वन्धी सूचना प्रदान गरिएको
  • ४८ वटा समुहमा गरि जम्मा १५२० व्यक्तिहरुलाइ गहन अभिमुखीकरण तालिम प्रदान गरिएको
  • इलाम उद्योग वाणिज्य संघसँगको सहकार्यमा साना तथा मझौला व्यवसायीहरुका लागि ३ दिवसीय आर्थिक सचेतना तथा व्यवसायीक विकास तालिम कार्यक्रम संचालन गरिएको

पर्यटन तर्फ

  • वडा नं ७ मा रहेको ऐतिहाँसिक चियाबगानको सौन्दर्यीकरणको लागि डि पि आर तयार गरि ठेक्का सम्झौता भइसकेको छ ।
  • वडा नं. ०८ मा खर्कपोखरी सौन्दर्यीकरण कार्य अगाडि बढाइएको छ ।
  • वडा नं.  ०७ स्थित बजार क्षेत्रमा फुटपाथ निर्माण कार्य अगाडि बढाइएको छ ।
  • वडा नं ७ का मुख्य सडकमा सडक बत्तिको व्यवस्था गरिएको छ ।
  • ..पा. ०१ स्थित भालुपानीमा प्रधानमन्त्री पार्क निर्माण कार्यको डि पी आर बमोजिम पूर्वाधार निर्माणका कार्य भएको छ ।
  • ..पा. ०९ स्थित सिंहबाहिनी मन्दिर परिसरमा पुर्वाधार निर्माणका कार्य अगाडि बढाइएकोछ ।
  • सेतीदेवी मन्दिर नारायणस्थान मन्दिर माइस्थान मन्दिरहरुको मर्मत संभार तथा सौन्दर्यीकरणका कार्यहरु सम्पन्न गरिएको छ ।
  • इलाम बजार तथा बिब्ल्याँटे बजार हुँदै सन्दकपुर जाने पर्यटकहरु लाइ पर्यटक मैत्री सेवा सुविधा सुनिश्चित गर्नटुर गाइड पोर्टर र ड्राइभर क्लब निर्माण गरि प्रशिक्षण प्रदान गरिएको छ ।
  • कोठीडाँडा पर्यटन क्षेत्रमा सौन्दर्यीकरणका कार्यहरु सम्पन्न गरिएको छ ।
  • नेपाली सेना सूर्योदय नगरपालिका र माइजोगमाइ गाउँपालिकासंगको सहकार्यमा ऐतिहाँसिक निशान पदमार्गको पहिचान र स्तरोन्नती गरि निशान पदयात्रा सम्पन्न गरिएको छ ।
  • नेपाल पर्यटन बोर्ड संगको सहकार्यमा बाल चलचित्र निर्माण कार्यशाला तथा सेलिब्रेटीसंग बालबालिका कार्यक्रम संचालन गरिएको ।

सहकारी तर्फ :

  • इलाम नगरपालिकाका सहकारी संस्थाहरुको उत्पादनशिल क्षेत्रको वित्तिय पहुँच वृद्धिका लागि इलाम नगरपालिका कार्यक्षेत्र रहेका २८ वटा सहकारी संस्थाहरुका कूल २८ जना सहभागिहरुलाई ५ दिवसीय तालिम प्रदान गरिएको
  •  १०७ वटा सहकारी संस्थाहरुको स्थलगत अनुगमन तथा मुल्यांकनबाट सहकारीको अद्यावधिक तथ्यांकिय विवरण तयार गरिएको
  • इलाम नगरपालिका र सहकारी संस्थाहरुका ७२ जना प्रतिनिधिहरु विच सहकारी संस्थाहरुको सुदृढिकरणको लागि एक दिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको
  • इलाम नगरपालिका सहकारी संस्थाहरुको संस्थागत सुधारका लागि पाँच वार्षिय रणनीतिक योजना निर्माण कार्य सम्पन्न भएको
  • इलाम दुग्ध उत्पादक सहकारी संस्थासंगको लागत साझेदारीमा दुग्धजन्य वस्तुको परिकार उत्पादन, प्याकेजिङ्ग  र बजारीकरण सम्बन्धी ६ दिवसीय तालिम सम्पन्न भएको

 

 

 

वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ

  • इलाम नगरपालिकाको दिगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना बमोजिम दिगो  विकास लक्ष्य बमोजिमका आयोजना तथा कार्यक्रमहरु संचालन गरिएको ।
  • इलाम नगरपालिकाका ३ वटा वडाहरु लाई वातावरण मैत्री वडा घोषणा गर्ने कार्य अन्तिम चरणमा रहेको
  • सहयात्रा नेपाल र प्रकृति रिसोर्सेस सेन्टर संगको सहकार्यमा स्थानीय जलवायु अनुकुलन कार्य योजना(LAPA) निर्माण गरि सोको कार्यान्वयन अघि बढाइएको ।
  • वातावरण संरक्षण, जलवायु परिवर्तन, सरसफाई लगायतको कार्यमा विद्यार्थीहरुको परिचालन गर्ने उद्देश्यका साथ विद्यालयहरुमा वातावरण क्लब गठन कार्य अघि बढाइएको ।
  • इलाम जिल्लाका तीन वटै सुरक्षा निकायका जनशक्ति, इलाम नगरपालिकाका नगर प्रहरी तथा संदकपुर गाँउपालिका तथा इलाम नगरपालकिाका नागरिकहरुलाई विपद् प्रतिकार्य तथा विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिएको ।
  • वडा नं. ५ र ६ मा वर पिपल संरक्षण कार्यक्रम सम्पन्न गरिएको ।
  • वडा नं. १० स्थित मुख्य राजमार्ग क्षेत्रमा वृक्षारोपण गरि हरियाली प्रवर्द्धन तथा सौन्दर्यीकरण कार्य गरिएको
  • इलाम नगरपालिका र वडाहरुसँगको लागत सहभागितामा टोल विकास संस्था मार्फत वडाका मुख्य सडकहरुमा विक्षारोपण कार्यक्रम संचालन गरिएको
  • इलाम नगरपालिका वडा नं. १ साखेजुङ्ग र हरित शान्ति अभियानसँगको सहकार्यमा कुहिने फोहोरबाट प्राङ्गरिक मल बनाउने कार्यलाई निरन्तरता दिईएको ।
  • रेडपाण्डा नेटवर्कसंगको सहकार्यमा पुवामझुवा रेडपाण्डा संरक्षण क्षेत्रमा रेडपाण्डाको आहाराको रुपमा रहेका बिरुवाहरुको बृक्षारोपण तथा बासस्थान संरक्षणका कार्य अघि बढाउनुका साथै रेडपाण्डा संरक्षणका लागि पाँच बर्षे कार्ययोजना तर्जुमा गरिएको ।

सुशासन तथा संस्थागत विकास तर्फ

  • नगरपालिकाको डिजिटल प्रोफाइल तयार गरि तथ्यमा आधारित नीति, योजना र कार्यक्रम तर्जुमाका लागि पूर्ण तथ्याङ्किय आधार निर्माण गरिएको ।
  • सूचना प्रविधिको उपयोग, वित्तिय अनुशासन तथा चुहावट नियन्त्रणका माध्यमबाट आ.व. २०७८/७९ को तुलनामा आ.व. २०८०/८१ मा आन्तरिक राजस्व ३३ प्रतिशतले बृद्धि गरिएको ।
  • सबै वडा कार्यालय स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्तरीय इन्टरनेट जडान गरिएको ।
  • बिगत आर्थिक बर्षहरुको लेखापरीक्षणबाट कायम भएका १५ करोड बेरुजु संपरीक्षण गरि फर्छ्यौट गरिएको ।
  • Paperless Governance को अवधारणा बमोजिम नगरपालिका र वडा कार्यालयबाट प्रवाह गरिने सबै सेवाहरुलाइ एकीकृत सफ्टवेयर मार्फत प्रदान गरिने व्यवस्था मिलाइएको ।
  • ५ लाख सम्म लागत अनुमान भएका योजना तथा कार्यक्रम वडाबाट नै सम्झौता गरि कार्यान्वयनको व्यवस्था मिलाइएको।
  • प्रविधिमा आधारित आन्तरिक नियन्त्रण प्रणालीका माध्यमबाट अनावश्यक खर्चलाई उल्लेख्य रुपमा कटौती गरिएको
  • जन प्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि विभिन्न विषयहरुमा प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरिएको छ।
  •  योजना व्यवस्थापन, खरिद व्यवस्थापन, जिन्सी व्यवस्थापन,भुक्तानी व्यवस्थापन, राजस्व व्यवस्थापन लगायतका कार्यहरुमा E-governance  अवलम्वन गरिएको ।
  • घर नक्सा व्यवस्थापन तर्फ EBPS को प्रयोग गरि Software मार्फत घर नक्सा पासको प्रक्रियागत अवस्था सेवाग्राहीले घरैमा बसी हेर्न मिल्ने व्यवस्था मिलाइएको ।
  • कर्मचारीहरुलाई वस्तुनिष्ठ सूचकहरुको आधारमा मूल्याङ्कन गरि पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइएको ।
  • गत आ.व. को तुलनामा राजस्व संकलन बृद्धि गर्ने वडाहरुलाइ संकलित राजस्वको ४० प्रतिशत रकम प्रोत्साहनका रुपमा उपलब्ध गराइएको ।

 

 

 

 

सभाका सदस्य ज्यूहरु,

अब म गरिमामय यस नगर सभामा विभिन्न विषय क्षेत्रमा आगामी आर्थिक बर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रम पेश गर्दछु ।

  • आर्थिक विकासक्षेत्र

१.१ कृषि विकास

  1. इलाम नगरपालिकालाइ प्राङ्गारिक कृषिको नमूना क्षेत्रका रुपमा स्थापित गर्ने दीर्घकालिन सोच सहित रुपान्तरणकारी कार्यक्रम अघि बढाइने छ । सो अन्तर्गत आगामी आ.व.मा वडा न १ देखि ६ सम्मको वडा क्षेत्रलाइ र क्रमश अन्य वडा क्षेत्रलाइ प्राङ्गारिक खेती क्षेत्र घोषणा गरि माटोको गुणस्तर कायम गरि उत्पादकत्व बृद्धि गर्न संघीय सरकार, प्रदेश सरकार, टि एलायन्स अफ नेपाल लगायतसंगको सहकार्यमा प्राङ्गारिक कृषि प्रबर्द्धन कार्यक्रम संचालन गरिने छ ।
  2. वडा नं ७ देखि १२ सम्मका वडाहरुमा तुलनात्मक लाभ उच्च रहेका कृषि उत्पादनको प्रबर्द्धनका लागि नमूना कृषि कार्यक्रमहरु संचालन गरिने छ ।
  3. कृषकहरुको व्यवसायिक उत्प्रेरणा अभिबृद्धि गर्दै नगर क्षेत्रको कृषि उत्पादन र उत्पादकत्व बढाउन उच्च प्रतिस्पर्धात्मक लाभ भएका कृषि उपजहरु का लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरिने छ ।
  4. व्यवसायिक मौरी पालनलाइ बिस्तार गरि महको उत्पादन तथा निर्यात बृद्धि गर्न चालु आ.व. मा संचालित रानी मौरी उत्पादन सम्वन्धी प्रशिक्षण कार्यक्रमबाट प्राप्त उपलब्धिको सदुपयोग गर्दै रानी मौरी उत्पादन बिस्तार तथा प्राकृतिक घार निर्माण कार्यक्रम संचालन गरिने छ ।
  5. सरोकारवाला निकायहरु संगको सहकार्यमा स्थानीय कृषि उत्पादनको प्रदर्शनी / मेलाको आयोजना गरि कृषि उत्पादनलाइ प्रोत्साहन गरिने छ ।
  6. कृषि उत्पादनमा बिषादीको बिक्रि बितरण तथा प्रयोगलाइ निरुत्साहन गर्दै उपभोक्ताको स्वास्थ्य संरक्षण गर्न रासायनिक बिषादीबिक्रि बितरक तथा कृषकहरुका लागि बैद्यानिक मापदण्डको परिपालना सम्वन्धी सचेतना कार्यक्रम संचालन गर्नुका साथै सघन अनुगमनको ब्यवस्था मिलाइने छ ।
  7. सम्भाव्य उत्पादनको उपादकत्व र बजार प्रतिष्पर्धा बृद्दि गर्नका लागि कृषक समुह गठन गरी प्रविधि हस्तान्तरण गरिने छ ।
  8. कृषि क्षेत्रको एकीकृत गुरुयोजना निर्माणको आधार तयार गर्नकिसान सूचीकरण र सूचीकृत किसानहरुलाइ वर्गिकृत पहिचान सहितको परिचय-पत्र वितरण कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  9. रैथाने बालीको संरक्षण तथा सम्बर्द्धन गर्दै कृषकलाइ उच्च मुल्यका नगदे वालीको उत्पादनतर्फ आकर्षित गर्न  राष्ट्रिय कृषक समुह महासंघ इलामसंगको सहकार्यमा रैथानेबाली प्रबर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
  10. चालु आ.व. मा स्थापित अकबरे खुर्सानी पकेट विकास कार्यक्रमलाइ निरन्तरता दिईनेछ
  11. इलाम नगरपालिका वडा नं. मा कृषि बजार निर्माण तथा सुदृढिकरणका लागि थप कार्य अघि बढाइने छ ।
  12. इलाम नगरपालिका वडा नं. ११ मा केराको दाम्चाबाट रेशा उत्पादन कार्यक्रम संचालन गरिने छ ।
  13. इलाम नगरपालिका वडा नं. र वडा नं. १० मा गोठ/खोर तथा भकारो सुधार कार्यक्रम सञ्चालन गरिने छ ।
  14. हरित शान्ति अभियान इलामसंगको लागत साझेदारीमा प्राङ्गारिक तरकारी उत्पादन तथा बजारीकरण कार्यक्रम कार्यान्वयन गरिने छ ।
  15. प्रचलित कानुन र मापदण्ड बमोजिम स्थानीय मदिराको ब्राण्डिङ र बजारिकरण गरिने छ
  16. हेल्भेटास नेपालसंगको सहकार्यमा नगर क्षेत्र भित्र रहेका चिया कारखानाहरुको सर्वेक्षण गरि उत्पादन क्षमता विश्लेषण गरिने छ ।
  17. वडा नं १० मा चालु आ व मा उपचार गरिएका बाँसहरुको उपयोग गरि कृषकहरुका लागि कृषि उपज विक्री स्थलको निर्माण गरिने छ ।
  18. चाड पर्वको समयमा नगर क्षेत्र भित्रका पुष्प व्यवसायीहरुलाइ बजार क्षेत्रमा नि शुल्क रुपमा बिक्री स्थल उपलब्ध गराइने छ ।
  19. वडा न १२ मा कफि खेती विस्तार कार्यक्रम संचालन गरिने छ ।
  20. प्रचलित कानुनको अधिनमा रहि भाङ्गोबाट हस्तकला तथा दैनिक जिवनमा उपयोग हुने सामाग्रीहरु उत्पादन गरि आय आर्जनका अवसर बृद्धि गर्न सकिने संभावना अध्ययन गरि आवश्यक कार्यक्रम संचालन गरिने छ ।

१.२ पशु विकास

      • ब्यवसायिक पशुपालनलाइ प्रबर्द्धन गर्न कृषकहरुको गोठ तथा व्यवसायीक फर्महरुमा नै  भिडियो एक्से मेटल डिटेक्टर एम पि डि सहितको घुम्ती विशेषज्ञ सेवा उपलब्ध गराइने छ ।
      • नगरपालिकालाइ खोरेत रोग मुक्त क्षेत्र बनाई यस क्षेत्रमा उत्पादित दुग्धजन्य पदार्थ र मासु तथा मासु जन्य पदार्थ तेस्रो मुलुक निर्यात गर्ने आधार तयारीका लागि खोरेत रोग मुक्त अभियान संचालन गरिने छ ।
      • उच्च उत्पादन क्षमता भएका पशु नश्लको विकास गरि उत्पादन तथा उत्पादकत्व क्षमतामा बृदि गर्न उन्नत जातको सेक्सड सिमेन प्रयोग गरि कृतिम गर्भाधान सेवा बिस्तार गरिने छ ।
      • नगरपालिकालाइ रेविज रोग मुक्त क्षेत्र बनाई रेविज रोगका कारण हुने क्षतिको न्युनीकरण गर्न सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रमलाइ निरन्तरता दिइने छ
      • दुग्ध उत्पादक सहकारी / समुह तथा डेरी व्यवसायमा संलग्न कृषकहरुको व्यवसायिक क्षमता अधिबृदि गर्न जैविक सुरक्षार थुनेलो परिक्षण सम्वन्धी प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ ।

 

१.४ सिंचाइ

  •  आगामी आ.व. मा निर्माण सम्पन्न हुने हुने थप ४ वटा साना सिंचाइ आयोजनाहरुको माध्यमबाट थप ४४६० रोपनी कृषि योग्य जमिनमा सिंचाइ सुविधा पुर्याइ कुल सिंचित क्षेत्र ३९४८० रोपनी पुर्याइनेछ ।
  • नगरक्षेत्रमा मझौला सिंचाइ आयोजनाहरुको संभाव्यता अध्ययन, बिस्तृत अध्ययन र सिंचाइ प्रणालीको निर्माणका लागि सम्वन्धित निकायहरुमा समन्वय तथा सहजीकरण गरिने छ ।

 

१.५ पर्यटन

  • इलाम सदरमुकाम स्थित ऐतिहासिक चिया बगान क्षेत्रलाइ गजराजसिंह थापा पार्कका रुपमा विकास गरेर पर्यटकहरुको आवागमन बढाउन चियावारी क्षेत्र सौन्दर्यीकरण योजनाको DPR बमोजिमका थप कार्यहरु अघि बढाइने छ ।
  • नेपाल पर्यटन बोर्ड,दिगो पर्यटन परियोजनासंगको सहकार्यमा ड्राइभर पोर्टर तथा टुरिस्ट गाइडका लागि प्रशिक्षण र होटल ब्यवसायीका लागि भाषा तथा अतिथी सत्कार सम्वन्धी प्रशिक्षण कार्यक्रम संचालन गरिने छ ।
  • इलाम नगरपालिका वडा नं.साविक वडा नं. स्थित ङाग्युर मिङ्मा सामडुब च्छोलिङ गुम्बाको निर्माण कार्य अघि बढाइने छ ।
  • इलाम नगरपालिका वडा नं. १० को असले झरना सौन्दर्यीकरण योजना कार्यान्वयन गरिने छ ।
  • रामसार सूचीमा सूचीकृत माइपोखरीको बहुपक्षीय विकास मार्फत यस भेगको पर्यटन प्रबर्द्धनका लागि त्रिधार्मिक पार्क निर्माणमा सन्दकपुर गाउँपालिका लगायत सरोकारवालाहरु सँगको सहकार्य गरिने छ ।
  • इलाम नगरपालिका वडा नं.-मा फाल्गुनन्द पदमार्ग निर्माणको कार्य अघि बढाइने छ ।
  • इलाम नगरपालिका वडा नं ७ स्थित बहुतले पार्किङ भवनमा नगर पर्यटन प्रबर्द्वन समिति र निजी क्षेत्र संगको सहकार्यमा पर्यटन सूचना केन्द्र संचालनलाइ निरन्तरता दिइने छ ।
  • टि एलायन्स नेपालसंगको सहकार्यमा नगरका विभिन्न स्थानमा टि टेस्टिङ स्टेशन संचालन गरिने छ ।

 

१.६ उद्योग तथा वाणिज्य

  •  नगरपालिकाले  चालु आ.व. सम्ममा विभिन्न विषय क्षेत्रका सीप विकास सम्वन्धी प्रशिक्षण प्रदान गरेका ब्यक्तिहरुलाइ उद्यमी तथा स्वरोजगार ब्यक्तिका रुपमा रुपान्तरण गर्न उप प्रमुख उद्यमी तथा स्वरोजगारी सिर्जना कार्यक्रम संचालन गरिने छ ।
  • उद्योग बाणिज्य संघ इलामसंगको लागत साझेदारीमा करदाता शिक्षा कार्यक्रमलाइ निरन्तरता दिनु का साथै खाद्य स्वच्छता एवं नापतौल गुणस्तर सम्वन्धी प्रशिक्षण संचालन गरिने छ ।
  • नगर क्षेत्रका उत्कृष्ट उद्यमी,  व्यवसायी तथा करदातालाइ सम्मान गर्ने कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • स्थानीय कच्चा पदार्थमा आधारित उद्योग संचालन गरिबेरोजगारीको नाजुकअवस्थालाई न्यूनीकरण गर्नको निमित्त इ.न.पा. १०मा औद्योगिक ग्राम स्थापनाका निमित्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जग्गा लिजमा लिन सहमति प्राप्त भइसकेको हुँदा जग्गा उपलब्धताको थप प्रकृया पुरा गरि ‍औद्योगिक ग्राम स्थापना कार्य अघि बढाइने छ ।
  • महिला उद्यमशिलता विकास सहजीकरण केन्द्र मार्फत महिला उद्यमीहरुका लागि उद्यमशीलता तालिमलाइ निरन्तरता दिईनेछ ।
  • नगरपालिकाले विगत ३ वर्ष सम्म उपलब्ध गराएका विभिन्न सिप विकास तालिममा सहभागीहरु मध्ये व्यवसायिक रुपमा क्रियाशील लघु उद्यमीहरुलार्इ व्यवसाय सुधार तथा विस्तार र स्तरोन्नती एड्भान्स तालिम प्रदान गरिने छ ।

१.७ सहकारी तथा वित्तीय सेवा

  • योजनाबद्ध रुपमा नगर क्षेत्रका सहकारी संस्थाहरुको संस्थागत सुदृढीकरणका लागि चालु आ.व. मा स्वीकृत भएको ५ बर्षे रणनीतिक योजना बमोजिमका कार्यक्रमहरु संचालन गरिने छ ।
  • सहकारी ऐन २०७४ नियमावली २०७५ र इलाम नगरपालिकाको सहकारी ऐन २०७४ अनुसार नगरपालिका भित्र कार्यक्षेत्र कायम रहेका सहकारी संस्थाहरुलाई अनुगमन, निरीक्षण नियमन गरी सुशासन कायम गर्न आवश्यक कार्यहरु गरिने छ ।
  •   सहकारी संस्थाहरुलाई एकिकृत सहकारी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) मा आबद्ध गरिनेछ।
  • सहकारीको  नियमन प्रणालीलाई चुस्तदुरुस्त बनाउदै प्रचलित कानूनविपरित सञ्चालनमा रहेका  र निस्कृय रहेका सहकारी संस्थाहरुलाई खारेज गर्नुका साथै एकिकरण हुन चाहने सहकारी संस्थाहरुको एकिकरण कार्य अघि बढाइने छ ।साथै एक वडा एक विषयगत सहकारी संस्थाको नीति अबलम्बन गरिने छ ।
  • इलाम नगरपालिका भित्र रहेको सहकारीहरुको प्रवर्द्धन र क्षमता अभिबृद्धि गरि प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिने छ ।
  •  उद्यम गर्न चाहने सहकारी संस्थाहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्नसहकारी व्यवस्थापक र बजार प्रतिनिधिहरुलाई उद्यमशिलता विकास, बजारीकरणर गुणस्तर प्याकेजीङग सम्बन्धि प्रशिक्षण प्रदान गरिने छ ।
  • फरक क्षमता भएका व्यक्तिहरुद्धारा संचालित सहकारी संस्थाका सदस्यहरुको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रम संचालन गरिने छ ।

२. सामाजिक विकास क्षेत्र

२.१ शिक्षा

  • विज्ञान र गणित बिषयकोसिकाइलाइ प्रभावकारी बनाउदै उक्त विषयहरुको सिकाइ उपलब्धिमा बढोत्तरी गरि उत्तीर्ण दरमा सुधार गर्न  गणित विज्ञान नतिजा सुधार नमूना कार्यक्रम संचालन गरिने छ ।
  • नगर क्षेत्रका उत्कृष्ट विद्यालयहरुलाइ पुरस्कृत गर्ने तथा उत्कृष्ट शिक्षकहरुलाइ नगर शिक्षा पदकबाट सम्मान गर्ने कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभालाइ उजागर र प्रोत्साहन गर्न प्रतिभा विकास कार्यक्रम संचालन गरिने छ ।
  • नगरको आकांक्षा, माटो सुहाउदो शिक्षा को अवधारणा बमोजिम तयार गरिएको स्थानीय पाठ्यक्रम बमोजिमका पाठ्य पुस्तक वितरण कार्यलाइ निरन्तरता दिइने छ ।
  • विद्यालयहरुको संचालन र सुधारमा अभिभावकहरुको भूमिका तथाउत्तरदायित्व अभिबृद्धि गर्न अभिभावक शिक्षा कार्यक्रम संचालन गरिने छ ।
  • बालबालिकाहरुबाट कक्षागत सिकाइ कृयाकलापहरुका सम्वन्धमा रचनात्मक अनुपोषण तयार गराइ सो को उपयोग गर्न कक्षा कोठा डायरी कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • कक्षा ५, ८ र १० का प्रश्न पत्र निर्माणलाइ अझ गुणस्तरीय बनाउन प्रश्न पत्र निर्माण कार्यशालाको आयोजनालाइ निरन्तरता दिइने छ ।
  • विषय विज्ञ र सरोकारवालाहरुको संलग्नतामा पूर्व निर्धारित नतिजा सूचकका आधारमा विद्यालयहरुको नियमित अनुगमन र सुधार गर्ने कार्यलाइ निरन्तरता दिइने छ ।
  • रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्टिच्युट र इलाम सामुदायिक कृषि क्याम्पसमा गरिव तथा जेहेन्दार विद्यार्थीका लागि मेयर छात्रबृत्ति कार्यक्रमलाइ निरन्तरता दिंदै आगामी आ.व. मा प्राविधिक धार र विज्ञान विषयका विद्यार्थीका लागि समेत थप छात्रबृत्तिको व्यवस्था गरिने छ ।
  • राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत जिल्ला स्तरीय प्रतियोगितामा इलाम नगरपालिकाले हासिल गर्दै आएको प्रथम स्थानलाइ सुनिश्चित गर्दै प्रदेश स्तरीय प्रतियोगितामा समेत उच्चतम स्थान हासिल गर्नका लागि आवश्यक पूर्व तयारी,अभ्यास र प्रोत्साहनलाइ निरन्तरता दिइने छ।
  • प्राथमिक तहको शिक्षण कार्यलाइ प्रभावकारी बनाउन शैक्षिक सामाग्री निर्माण कार्यशालाको आयोजना गरिने छ ।
  • विद्यालयहरुको नियमित मर्मत संभारका लागि आवश्यक बजेट बिनियोजन गरिने छ ।

२.२ स्वास्थ्य

  • बढ्दै गएको मानसिक स्वास्थ्य सम्वन्धि समस्या र त्यसले पारेको बहुपक्षीय प्रभावलाइ नियन्त्रण गर्न सरोकारवाला पक्षहरु संगको सहकार्यमा प्रबर्द्वनात्मक, रोकथाममूलक, उपचारात्मक तथा पूनर्स्थापनामूलक कृयाकलापहरु सहितको एकीकृत मानसिक स्वास्थ्य नमूना कार्यक्रम संचालन गरिने छ । 
  • विद्यालय तहदेखि नै योग तथा आध्यात्मिक शिक्षालाइ संस्थागत गर्दै स्वस्थ्य, सकारात्मक र संस्कारयुक्त मानव पूंजी निर्माणको आधार तयार गर्ने उद्देश्य सहित चालु आ.व. मा तयार गरिएका योग तथा आध्यात्मिक गुरु मार्फत विद्यालयहरुमा नियमित रुपमा योगाभ्यास तथा आध्यात्मिक प्रशिक्षण संचालन गरिने छ ।
  • योग मार्फत समुदायको सोच, संस्कार र स्वास्थ्यमा सुधारको अभियान अन्तर्गत सदरमुकाम बाहिरका क्षेत्रहरुमा  नियमित रुपमा सामुहिक योग अभ्यासका लागि आवश्यक ब्यवस्था मिलाइने छ ।
  • इलाम अस्पतालमा विशेषज्ञ डाक्टरहरु को दरबन्दीको तुलनामान्यून मात्र पदपुर्ति हुनेर पदपुर्ति भएका डाक्टरहरु समेत प्राय छोटो अवधिमा नै सरुवा भइ जाने कारण यस क्षेत्रका बिरामीहरु स्वास्थ्य उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता रहि आएको यथार्थ सन्दर्भमा इलाम अस्पतालमा विशेषज्ञ डाक्टरहरुको सेवाको सुनिश्चितता, नियमितता रदीगोपनाका लागि उप-प्रमुख स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत बाल रोग बिशेषज्ञ र विशेषज्ञ जनरल फिजिसियन गरि दुइजना विशेषज्ञ डाक्टरहरुलाइ पर्याप्त रुपले उत्प्रेरित गर्ने गरि कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गरिने छ ।
  • सरकारी तथा निजी अस्पतालहरु संगको सहकार्यमा विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर संचालन लाइ निरन्तरता दिइने छ ।
  • नसर्ने रोगहरुको समयमै पहिचानका लागि स्कृनिङ तथा रोकथाम कार्यक्रम संचालन गरिने छ
  • क्षयरोग मुक्त अभियन अन्तर्गत नगर क्षेत्रभित्रका क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएको समुदायलाइ लक्षित गरि सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम संचालनलाइ निरन्तरता दिइने छ।
  • स्वास्थ्य परीक्षणका लागि सदरमुकाम आउनु पर्ने बाध्यतालाइ कम गर्न स्वास्थ्य चौकी साखेजुङमा ल्याबकोपूर्वाधार निर्माण गरि ल्याब सेवा उपलब्ध गराइने छ ।
  • आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला वितरण, सुरक्षित तथा निशुल्क गर्भपतन सेवा र नवजात शिशुको निशुल्क उपचार कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • पोषणमैत्री स्थानीय शासनको आधार तयार गर्न विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
  • उप- प्रमुख स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाका स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्ड बमोजिमका कमजोर सूचकहरुको सुधारका लागि आवश्यक कृयाकलापहरु संचालन गरिने छ ।
  • नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधि पूर्वाधारको व्यवस्था गरि पूर्णरुपमा डिजिटल प्रणाली मार्फत स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाइने छ ।
  • जेष्ठ नागरिकहरुलाइ घर दैलोमा नै आयुर्वेदिक उपचार सेवा उपलब्ध गराउन उप- प्रमुख जेष्ठ नागरिक आयुर्वेदिक शिविरलाइ निरन्तरता दिइने छ ।
  • पर्याप्त रुपमा आयुर्वेदिक औषधीको व्यवस्था गरि आयुर्वेदिक नागरिक क्लिनिकको निरन्तर संचालन गरिने छ ।

२.३ खानेपानी तथा सरसफाइ

  • स्वीकृत कार्यविधि बमोजिम नगरपालिकाको Geo- referenced  Water Supply  sanitation and hygine (WASH) Plan तयार गरि कार्यान्वयन गरिने छ ।
  • नगर भित्रमा मागका आधारमा थप क्षेत्रमा खानेपानी आपुर्तिका लागि धारा बिस्तार गरिने छ ।
  • हरित शान्ति अभियानसंगको सहकार्यमा सरसफाइ तथा प्राङ्गारिक मल उत्पादन कार्यलाइ निरन्तरता दिइने छ ।

२.४ साहित्य, कला तथा संस्कृति प्रबर्द्धन

  • नगर साहित्य कला तथा संगीत प्रतिष्ठान लगायतका सरोकारवाला संस्थाहरु संगको सहकार्यमा पर्यटनका लागि साहित्य भन्ने मुल नारा सहित इलाम साहित्य सम्मेलनको आयोजनालाइ निरन्तरता दिइने छ ।
  • नगर साहित्य कला तथा संगीत प्रतिष्ठानको अगुवाइमा साहित्य कला संगीतको प्रबर्द्धन सम्वन्धी कार्यक्रमहरु संचालन गरिने छ ।

२.५ लैङ्गिक समानता तथा  सामाजिक समावेशीकरण

  • टेवा नेपालको प्राविधिक सहयोगमा तयार भएको इलाम नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरण रणनीति कार्यान्वयन कार्ययोजना २०८२ को कार्यान्वयनका लागि कार्यक्रम संचालन गरिने छ ।
  • महिला, किशोरी, बालिकाहरुतथा लक्षित वर्ग लगायतमा हुने सबै प्रकारका विभेदजन्य कार्यहरु अन्त्य गरिने छ ।
  • रोजगारीका सबै क्षेत्रमा महिला, पुरूष लगायत लैङ्गिक तथा यौनिक अल्पसंख्यक उपर हुनेश्रमको ज्यालामा विभेद पूर्ण रुपमा अन्त्य गरिने छ ।
  • नगर क्षेत्रमा रैथाने र आप्रवासी कामदार तथा श्रमजीवी उपर हुने विभेदलाइ रोक्न सबै निकायहरु विच समन्वय र सहकार्य गरिने छ ।
  • नगर क्षेत्रमा गठन हुने उपभोक्ता समितिहरुमा लक्षित बर्ग सहित कम्तिमा ४० प्रतिशत महिलाहरुको सहभागिताको व्यवस्था मिलाइने छ
  • महिला, बालबालिका तथा सबैलक्षितसमूहको अवस्था विश्लेषण समेतका आधारमासो समूहलाई प्रत्यक्ष फाइदा पुग्ने गरी कूल पूँजीगत बजेटको कम्तिमा ५ प्रतिशत बजेट बिनियोजन गरिने छ ।
  • कार्यालयमा हुन सक्ने सवैप्रकारको दुर्व्यवहार, भेदभाव महिला हिंसा नियन्त्रणका लागि इलाम नगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचार संहिता २०८० को प्रभावकारीरुपमा कार्यान्वयन गरिने छ
  • लैङ्गिक समानता र सामाजिक समावेशीकरणसंग सम्वन्धित कार्यहरुलाइ प्रभावकारी रुपमा सम्पादन गर्न महिला बालवालिका शाखामा लैङ्गिक डेस्कको स्थापना गरिने छ।
  • वडा तथा वस्तीस्तरका समुदायका आधारभूत खण्डिकृततथ्याङ्क तयार गरिने छ।
  • लैङ्गिकतथा समावेशी विकासका लागि क्षमता विकास कार्ययोजना र बजेट सहित कार्यक्रम संचालन गरिने छ ।
  • इलाम नगरपालिकामा लैङ्गिकहिँसा र महिला हिंसा विरुद्ध शुन्यसहनशीलताको नीति लिइने छ ।
  • नगर क्षेत्रमा निर्माण हुने सबै सार्वजनिक संरचनाहरु महिला, बालबालिका, अपाङ्गता भएकाव्यक्तिले निर्बाध प्रयोग गर्न सकिने गरी लैङ्गिक तथा यौनिक अल्पसंख्यक, बालबालिका र अपाङ्गसंबेदनशील हुने गरि निर्माण गरिने छ ।
  • गर्भवती महिलालाई जोखिमयुक्त तथा खतरायुक्त काममा लगाउन नदिन निरोधात्मक र प्रबर्द्धनात्मक प्रयास गरिने छ ।
  • ग्रामीणमहिला प्राविधिकहरू र सामाजिक परिचालक तयारीका लागि आवश्यक कार्यक्रमिक पहल गरिने छ ।
  • लैङ्गिकसमानता तथा समावेशी विकासका लागि नगर क्षेत्र भित्रका सरोकारवाला निकायहरूबीच सञ्जाल निर्माण गरिने छ ।

 

२.६ सामाजिक सुरक्षा र संरक्षण

  • बैङ्किङ सेवाबाट टाढा रहेका वडाका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाइ गाउँघरमा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यलाइ निरन्तरता दिइने छ ।
  • बायोमेट्रिक्स डिभाइसस्क्यानर लगायतका आवश्यक उपकरणहरु जडान गरि सामाजिक सुरक्षा भत्ता सम्वन्धी सेवा प्रवाहलाइ प्रविधिमैत्री तथा थप सरल र सहज बनाइने छ ।
  • गर्भवतीको साथमा उप- प्रमुख कार्यक्रम मार्फत दुर्गम वडाका गर्भवती महिलाहरुका लागि घुम्ती भिडियो एक्सरे सेवालाइ निरन्तरता दिइने छ ।
  • नगरको चाहना, जेष्ठ नागरिकको सु-स्वास्थ्यको कामना कार्यक्रम अन्तर्गत दलित जेष्ठ नागरिक र विपन्न जेष्ठ नागरिकहरुका लागि नि:शुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • नगरको आकांक्षा, सुत्केरीको सुरक्षा कार्यक्रम मार्फत सुत्केरीहरुलाइ नि:शुल्क एम्बुलेन्स सेवा र प्रसुती पोषण भत्तालाइ निरन्तरता दिइने छ ।
  • नगरको हात, कडा रोगका बिरामीलाइ साथ कार्यक्रमलाइ निरन्तरता दिइ कडा रोगका बिरामीहरुलाइ आर्थिक सहायता उपलब्ध गराइने छ ।
  • इलाम नगरपालिकाको अगुवाइमा इलाम जिल्लाका सबै स्थानीय तहहरुको सहकार्यमा हिंसापीडित महिलाहरुका लागि स्थापना भएको आश्रय केन्द्रलाइ संचालन अनुदान उपलब्ध गराइने छ ।
  • माइ भगवती बृद्धाश्रम वडा न १० र राहसल बाल अनाथलय वडा नं ९ लाइ दिइदै आएको संचालन अनुदानलाइ आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिइने छ ।

२.७ महिला, बालवालिका, जेष्ठ नागरिक र अपाङ्गता

  • महिलाहरुलाइ सेयर कारोवार तर्फ आकर्षित गरि आय आर्जनका अवसर सिर्जना गर्न सेयर कारोवार सम्वन्धी आधारभूत प्रशिक्षणको आयोजना गरिने छ ।
  • उप- प्रमुख महिला विकास कार्यक्रम अन्तर्गत टोल विकास संस्थाहरुलाइ परिचालन गरि घरेलु हिंसा अन्त्यका लागि वहस, पैरवी र बेइजिङ घोषणा पत्रको कार्यान्वयन सम्वन्धि सचेतना कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लेखापरीक्षणलाइ निरन्तरता दिइ लेखापरीक्षण प्रतिवेदन बमोजिमका सुधारात्मक कार्यहरु अघि बढाइने छ ।
  • सयुक्त राष्ट्र सघं को सुरक्षा परिषदको प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागी आवश्यक कार्यक्रम संचालन गरिने छ ।
  • आगामी आ.व. भित्रमा नगरपालिकालाइ वाल मैत्री शासनयुक्त नगर घोषणा गर्ने गरि आवश्यक कार्यहरु संचालन गरिने छ ।
  • इलाम नगरपालिकालाइ बालश्रम मुक्त नगरपालिकाका रुपमा घोषणा गर्नका लागि आवश्यक कार्यहरु अघि बढाइने छ ।
  • नगर भित्रका जेष्ठ नागरिक र कडा रोगीहरुलाइ घरमै गएर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन नगर प्रमुख जेष्ठ नागरिक तथा कडा रोगी हेरचाह कार्यक्रम संचालन गरिने छ ।
  • जेष्ठ नागरिक संग उप-प्रमुख कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुका लागि आयुर्वेदिक स्वास्थ्य उपचार शिविर लाइ निरन्तरता दिइने छ ।
  • नगर स्तरीय जेष्ठ नागरिक समिति गठन गरि समिति मार्फत जेष्ठ नागरिकका लागि उपयोगी कार्यक्रमहरु संचालन गरिने छ ।
  • अपाङ्गता भएका व्यक्तिहरुको हक हित, सुविधा तथा क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
  • घर घरमा नगर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाइ घुम्ती अपाङ्गता शिविर मार्फत परिचय पत्र वितरण गरिने छ ।पूर्णरुपमा हिडडुल गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाइ घरमा नै गएर परिचय पत्र वितरणको व्यवस्थालाइ निरन्तरता दिइने छ ।

 २.८ युवा तथा खेलकुद

  • सूचना प्रविधिमा आधारित सेवा र व्यापारको क्षेत्रमा उपलब्ध अवसरहरु लाइ उपयोग गर्दै स्वदेशमै बसेर युवाहरुलाइ रोजगारी र स्वरोजगारीका लागि सक्षम बनाउन Digital Marketing सम्वन्धि प्रशिक्षणलाइ निरन्तरता दिइने छ ।
  • युवाका लागि खेलकुद कार्यक्रम अन्तर्गत सबै विधाका खेलाडीहरुलाइ प्रोत्साहन गर्न खेलकुद प्रतियोगिता संचालनमा सहयोगलाइ निरन्तरता दिइने छ।
  • नगरपालिका अन्तर्गत गठन हुने उपभोक्ता समिति र अन्य समितिहरुका मुख्य पदहरु मध्ये कुनै एकमा अनिवार्य रुपमा २५ बर्ष भन्दा कम उमेरको युवालाइ सहभागी गराउने नीति अवलम्बन गरिने छ ।
  • युवाहरुलाइ रोजगारी र स्वरोजगारीका लागि सक्षम बनाउन क्षमता विकास र सहयोग कार्यक्रमहरु संचालन गरिने छ ।

 

  • पूर्वाधार विकास
  • प्रत्येक वडामा एउटा नगर गौरवको आयोजना कार्यान्वयनलाइ निरन्तरता दिइने छ ।
  • वडालाइ नगरको केन्द्र सम्म जोड्ने सडकको स्तरोन्नतिलाइ पहिलो प्राथमिकता दिइ कार्य अघि बढाइने छ ।
  • इलाम नगरपालिका वडा नम्बर ०९ स्थित सिंहवाहिनी धार्मिक क्षेत्रमा पूर्वाधार निर्माण कार्यलाइ निरन्तरता दिइने छ ।
  • प्राङ्गारिक मल उत्पादन पूर्वाधार निर्माणलाइ निरन्तरता दिइने छ ।
  • नगरपालिकाले तोकेका आयोजनाहरु ६०/४० लागत सहभागिताको मोडल बमोजिम कार्यान्वयन गरिने छ ।
  • स्थानीय पूर्वाधार निर्माण तथा मर्मत संभार र सम्पदाहरुको संरक्षणमा जनश्रमदान संस्कृतिलाइ प्रोत्साहन र परिचालन गरिने छ ।
  • नक्सापास प्रक्रियालाइ पूर्ण रुपमा विधुतिय प्रणालि (Electronic Building Permit System) मा संचालन गरि थप सहज र व्यवस्थित गरिनेछ ।
  • साविक इलाम नगरपालिका क्षेत्र बाहेकका वडाहरुका कच्ची घरहरुको अभिलेखिकरण कार्य वडा कार्यालयबाट नै गर्ने व्यवस्था मिलाइने छ
  • इलाम सदरमुकाम बजार क्षेत्रमा प्रभावकारी ट्रयाफिक व्यवस्थापन र सौन्दर्यीकरण कार्यलाइ निरन्तरता दिइने छ ।

४. वन वातावरण र विपद व्यवस्थापन

  • इलाम नगरपालिकाको दिगो विकास लक्ष्य स्थानीयकरण कार्ययोजना बमोजिम आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गरिने छ ।
  • रेड पाण्डा नेटवर्क नेपाललगायतका सरोकारवालाहरुसंगको सहकार्यमा इलाम नगरपालिका वडा नं ३ मा घोषणा गरिएको रेडपाण्डा संरक्षण क्षेत्रको पाँच बर्षे कार्ययोजना बमोजिमका कार्यक्रमहरु संचालन गरिने छ ।
  • वातावरण सम्वेदनशील विकासको अवधारणा बमोजिम पाँचलाख भन्दा बढि बजेट विनियोजन भएका पूर्वाधार विकास आयोजनाहरुको कुल लागत अनुमानको कम्तिमा २ प्रतिशत बजेट अनिवार्य रुपमा वातावरण संरक्षण सम्वन्धी कार्यहरुका लागि छुट्याउनु पर्ने ब्यवस्था मिलाइने छ ।
  • प्राकृतिक स्रोत साधनहरुको उत्खनन, विक्री तथा सो संग सम्वन्धित सेवा शुल्क बापत उठाइएको राजस्वको १० प्रतिशतले हुन आउने रकम प्रत्येक बर्ष अनिवार्य रुपमा जम्मा हुने गरि जलवायु अनुकुलन स्थानीय कोषको स्थापना गरिने छ ।
  • आगामी आ.व. माथप ३ वटा वडाहरुलाइ वातावरण मैत्री घोषणा गर्न र अन्य वडाहरुमा आवश्यक तयारी कार्यका लागि कार्यक्रम संचालन गरिने छ ।
  • नाम्सालिङ सामुदायिक विकास संस्था (NCDC) संगको सहकार्यमा ग्रीन इलाम अवधारणालाइ पुनर्उत्थान सहित कार्यान्वयनका लागि अभियानमुलक कार्यक्रम संचालन गरिने छ ।
  • इलाम ग्रीन संगको सहकार्यमा पोलिथिन झोला मुक्त नगर तथा धुम्रपान र मध्यपान निषेधित सार्वजनिक क्षेत्रका लागि निगरानी र सचेतना कार्यक्रम लाइ निरन्तरता दिइने छ ।
  • प्रकृति रिसोर्सेस सेन्टरसंगको सहकार्यमा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमा गरि कार्यान्वयन गरिने छ।
  • सहयात्रा नेपालसंगको सहकार्यमा विद्यालयमा गठन भएका वातावरण क्लवहरुलाइ अभिमुखीकरण तथा परिचालन कार्यक्रम संचालन गरिने छ ।
  • इलाम नगरपालिकाको बजार क्षेत्रतथा जनघनत्व बढी रहेका क्षेत्रमा आगलागीबाट हुने क्षति न्यूनिकरणका लागि Rapid Response प्रयोजनार्थ Fire Hydrant का लागि आवश्यक पर्ने  Hose Pipe Cabinet खरिद गरि जडान गरिने छ ।
  • नगरपालिकाको आपतकालीन कार्यसंचालन केन्द्रलाई पूर्ण क्षमतामा संचालन गर्न आवश्यक सामाग्रीहरुको व्यवस्था गर्नुका साथै उक्त केन्द्रमा खटिने जनशक्तिको लागि दुर्घटना वीमा गरिने छ ।
  • मानव र वन्यजन्तु विचको द्वन्द्वलाइ व्यवस्थापन गर्ने कृयाकलापहरु मार्फत बाँदरबाट कृषि बाली जोगाउने कार्यक्रम संचालन गरिने छ ।
  • विभिन्न वडाहरुमा पानीको मुहान सिमसार क्षेत्र र जैविक विविधता संरक्षणका कार्यक्रमहरु संचालन गरिने छ ।

 

५. सुशासन तथा संस्थागत विकास

  • घर घरमा नगर कार्यक्रम अन्तर्गत कृषि पशु सेवा स्वास्थ्य अपाङ्गता लगायतका सेवाहरु घरदैलोमा प्रदान गर्न एकीकृत घुम्ति शिविरलाइ निरन्तरता दिइनेछ ।
  • जन प्रतिनिधी एवं कर्मचारीहरुको क्षमता विकासका लागि तालिम कार्यक्रम संचालन गरिने छ ।
  • इलाम सामुदायिक कृषि क्याम्पसलाई कृषि क्षेत्रको अनुसन्धान निकाय र Think Tankका रुपमा उपयोग गर्दै नगदे तथा खाद्यान्न बाली र फलफूल खेतीमा देखिएका समस्याहरुको निराकरणका लागि अध्ययन अनुसन्धान गरि कार्यक्रम संचालन गरिने छ ।

 

  • कार्यालयको एकीकृत सफ्टवेयरलाइ पूर्ण रुपमा उपयोग गरि Paperless Management को अभ्यासलाइ थप प्रभावकारी बनाइने छ ।
  • कार्य सम्पादनमा उत्कृष्ट कर्मचारीलाइ पुरस्कृत र सम्मान गर्ने कार्यलाइ निरन्तरता दिइने छ ।
  • संचार क्षेत्र संगको सहकार्यमा उपयोगी प्रस्तावमा आधारित कार्यक्रमहरु संचालन गरिने छ ।
  • पत्रकारिता क्षेत्रमा कृयाशील भइ योगदान दिने पत्रकारहरुलाइ पुरस्कृत गर्न नगर प्रमुख पत्रकारिता पुरस्कार कोषको व्यवस्थालाइ निरन्तरता दिइने छ ।
  • सुशासन प्रवर्द्धनका लागि नागरिक सन्तुष्टि सर्वेक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण तथा गुनासो सुनुवाइलाइ प्रभावकारी रुपमा कार्यान्वयनको व्यवस्था मिलाइनेछ ।
  • मालपोत तथा भूमि कर, एकीकृत सम्पत्ति कर र व्यवसाय कर प्रथम चौमासिक भित्र भुक्तानी गर्ने करदातालाइ १० प्रतिशत छुटको व्यवस्थालाइ निरन्तरतादिइने छ ।
  • एकल महिलाको नाममा दर्ता भइ संचालन हुने व्यवसायमा १० प्रतिशत कर छुटको व्यवस्थालाइ निरन्तरता दिइनेछ ।
  • अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षको राजस्वको तुलनात्मक प्रगति बमोजिम वडालाइ दिइदै आएको राजस्व प्रोत्साहनलाइ निरन्तरता दिइने छ ।
  • नगरसंग सिमाना जोडिएका तथा अन्य स्थानीय तहहरु संग प्रभावकारी समन्वय र सहकार्य कायम गरि साझा हितका योजना तथा कार्यक्रम संचालन गरिने छ ।

 

धन्यवाद

                                 

 

प्रतिकृया दिनुहोस