• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:52

सुरेश लिम्बूकाे परिवारलाई राहत रकम हस्तान्तरण

बुधबार, १३ कार्तिक, २०८२

 


फाकफोकथुम  :
गत असोज १८ गतेको अविरल वर्षाका कारण पहिराेमा परि मृत्यु भएकाे परिवारलाई राहत वितरण गरिएकाे छ ।  फाकफोकथुम गाउँपालिका–३ का सुरेश लिम्बूको पहिरोमा परी दुःखद निधन भएको थियो। सोही घटनाका पीडित परिवारलाई राहत वितरण गरिएकाे हाे ।  विपत्तिबाट भएको क्षति खोज, उद्धार तथा राहत वितरण सम्बन्धी मापदण्ड २०७६ अनुसार कोशी प्रदेश सरकारबाट प्रदान गरिने राहत रकम वितरण गरिएको फाकफाेकथुम गाउपालिका ३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुले बताए ।
प्रदेश सरकारले उपलब्ध गराएको एक लाख नगद राहत रकम बुधबार जिल्ला प्रशासन कार्यालय इलामकाे अनुमतिमा इलाम कारागार प्रशासक प्रमुख मधुर नेपालीले फाकफोकथुम गाउँपालिका अध्यक्ष आदरणीय  दिपेन्द्र खनाललाई हस्तान्तरण गरेका थिए ।


अध्यक्ष खनालले उक्त रकम स्वर्गीय सुरेश लिम्बूका बुबा, आमा र परिवारका सदस्यहरूलाई  हस्तान्तरण गरेका छन ।
राहत वितरण कार्यक्रममा इलाम कारागारका प्रमुख मधुर नेपाली, गाउँपालिकाका पञ्जिकरण शाखा कर्मचारी बिमल घिमिरे, प्रधानमन्त्री रोजगार कार्यक्रम फाकफोकथुमका कर्मचारी खगेन्द्र निरौला, तथा आम्चोक प्रहरी चौकीका प्रहरी जवान लगायतको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस