• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:48:39

नमुना अमर मावि, वार्षिकोत्सवमा सम्मान

शुक्रबार, १ फाल्गुण, २०८२

भगीरथ भण्डारी/
इलाम, १ फागुन :
 इलामको बरबोटेस्थित नमुना विद्यालय अमर माध्यमिक विद्यालयको वार्षिकोत्सवमा योगदान पु¥याउने व्यक्तित्वहरू सम्मान गरिएको छ । ६८ औँ वार्षिकोत्सवको अवसरमा  विविध कार्यक्रमका साथ सम्मान गरिएको हो । विद्यालयले सेवा निवृत्त शिक्षक दिनामणि भट्टराईलाई सम्मान गरिएको थियो भने विद्यालयको शैक्षिक क्षेत्रमा योगदान गरी अन्यन्त्र जानुभएका शिक्षक तिर्थ दुलाल र शान्ती जवेगूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

अमर माविले नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट कक्षा सञ्चालन गरिरहेको छ । गत शैक्षिक सत्रको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने तथा अनुशासित र जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति प्रदान गरिएको प्रअ रोमनाथ शर्माले जानकारी दिए ।  
त्यसैगरी नियमितता, अनुशासन, सरसफाइ तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत, विज्ञान प्रदर्शनी साथै स्काउटका विद्यार्थीहरूले आकर्षक मार्चपास प्रदर्शन गरेका थिए ।
इलाम नगरपालिकाका मेयर केदार थापाले नमुनाका रूपमा रहेको यस विद्यालयलाई निरन्तरता दिनका लागि सँधै लागि रहने बताए । उनले अमर माविलाई नमुनामात्र होइन, असल नमुना विद्यालय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले विद्यालयको जग्गा साँघुरो भएको भन्दै त्यसका लागि पनि पहल आवश्यक रहेको जनाए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले आफ्नो शैक्षिक उपलब्धि सार्वजनिक गरेको थियो । आर्थिक प्रतिवेदन लेखा प्रमुख सटेन्द्र जबेगुले प्रस्तुत गरेका थिए भने स्रोत कक्षा सम्बन्धी प्रतिवेदन सम्बन्धित शिक्षकले राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलले यस विद्यालयलाई यहाँसम्म ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकहरुको ठूलो योगदान रहेको बताए । 


गुणस्तरले निजी विद्यालय ‘सुक्दै’
बरबोटेस्थित अमर माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालयका रूपमा उभिएको छ । कक्षाकोठा, व्यवस्थित भौतिक पूर्वाधार र अनुशासित शैक्षिक वातावरणका कारण अमर मावि नमुना विद्यालयका रुपमा पहिचान बनाएको प्रधानाध्यापक रोमनाथ शर्माले बताए । अभिभावकले नेपाली र अंग्रेजी दुवै माध्यम रोज्न पाउने भएको कारण विद्यार्थी आकर्षण देखिन्छ भन्ने कक्षा ११ र १२ मा कम्प्यूटर विज्ञानका कारण पनि विद्यार्थीहरु आकर्शीत रहेको विद्यालयले जनाएको छ । विद्यालयले नमुना विद्यालयको रूपमा संरचना र शैक्षिक सुधारलाई प्राथमिकता दिँदै आएको छ । प्रविधिमैत्री कक्षा, नियमित मूल्याङ्कन प्रणाली र अतिरिक्त क्रियाकलापले सिकाइ प्रभावकारी बन्दै गएको पाइन्छ ।
अमर माविको शैक्षिक गुणस्तर र नतिजाले नजिकैका निजी विद्यालयमा विद्यार्थी संख्या घट्नुका साथै निजि विद्यालय बन्द समेत भएका छन । अग्रेजी माध्यमका लागी निजी विद्यालय रोज्ने अभिभावकहरु अमरमाविले अग्रेजी माध्यमबाट पढाई थालेपछि अमर मावि रोज्न थालेका हुन  । 
 

प्रतिकृया दिनुहोस