• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026
  • 06:26:47

पूर्वप्रधानमन्त्री ओली इलाम आउँदै

शनिबार, ३० श्रावण, २०८३

इलाम : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज इलाम आउने भएका छन्  ।

अध्यक्ष ओलीले इलामको फिक्कलस्थित फुटसलमा दिउँसो १२ः३० बजे हुने लोकतान्त्रिक आदिवासी जनजाति महासंघ केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले इलाम जिल्ला कमिटीका सहसचिव रमेश राईले जानकारी दिए ।

ओलीको उपस्थितिमा हुने बैठकमा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्यसँगै एमालेका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।

सहसचिव राईका अनुसार बैठक साउन ३० र ३१ गते दुई दिन सञ्चालन हुनेछ। बैठकमा अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस