अध्यक्ष ओलीद्वारा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठक उद्घाटन
शनिबार, ३० श्रावण, २०८३
इलाम : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक उद्घाटन गरेका छन्।
इलामको फिक्कलमा शनिबार सुरु भएको बैठकलाई अध्यक्ष ओलीले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन्। बैठकलाई सम्बोधन गर्न अध्यक्ष ओली शनिबार इलाम आइपुगेका हुन्।
ओलीसँगै एमाले सचिव भानुभक्त ढकाल, सचिव शेरधन राई, नेता विशाल भट्टराई, भगवती चौधरीलगायतका नेताहरू इलाम आएका छन्। उनीहरूलाई इलाममा भव्य स्वागत गरिएको थियो।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठकमा संगठनको आगामी कार्यदिशा, आदिवासी जनजातिका सवाल तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
अध्यक्ष ओली भोलिसम्म इलाममै रहने बताइएको छ।







प्रतिकृया दिनुहोस