• सोमबार ८-८-२०८३/Monday 11-23-2026
  • 04:00:32

भञ्ज्याङ–बेलासे सडकको पेशी आज , इलामवासीको प्रश्न- ठेकेदारको मुद्दा कि सडककाे काम प्राथमिकता ???

सोमबार, ८ मङ्सिर, २०८३


इलाम   :
‘जनता भन्दा माथि निर्माण व्यवसायी हुन सक्दैनन्।’ भञ्ज्याङ–बेलासे सडकको ठेक्का तोडिएपछि निर्माण व्यवसायी अदालत पुगेको विषयमा इलामवासीले सामाजिक सञ्जालमा अहिले सडक निर्माणप्रति नागरिकको आक्रोशको आवाज बनेको छ ।
निर्धारित समयमा सडक निर्माण सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने सरकारी निर्णय भएको छ । तर ठेक्का तोडिएपछि पनि समस्या समाधान हुने संकेत देखिएको छैन । निर्माण कम्पनी आफ्ना मागसहित अदालत पुगेको छ । गत २७ गते मुद्दामा म्याद तामेलसमेत हुन नसकेको अवस्थाले सडक निर्माणको आगामी प्रक्रिया थप अन्योलमा परेको छ ।
सडक निर्माणको प्रतीक्षामा रहेका इलामवासी भने ठेकेदार र सरकारी निकायबीचको विवादको मार आफूहरूले कहिलेसम्म खेप्नुपर्ने भन्दै प्रश्न गरिरहेका छन् ।
‘काठमाडौंमा घर किन्न पैसा ले, यता सडक बनाएको भए हुन्थ्यो ठेकेदार साब,’ सामाजिक सञ्जालमा अम्बिक ढकालको टिप्पणी छ । निर्माण व्यवसायीले सडक निर्माणमा देखाएको ढिलाइप्रति व्यङ्ग्य गर्दै उनले जनताको प्राथमिकता सडक भएको स्मरण गराएका छन् ।
दीपेन्द्र कट्टेलले ‘जनता भन्दा माथि निर्माण व्यवसायी हुन सक्दैनन्’ भन्दै ठेकेदारलाई जनताभन्दा शक्तिशाली ठान्न नहुने बताएका छन् । कमल नेपालले ठेकेदारलाई जनतासामु जवाफदेही बनाउनुपर्ने र क्षतिपूर्ति पनि भराउनुपर्ने धारणा राखेका छन् । तोया ढकालले ठेकेदारकै सर्तबमोजिम काम गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । ठेकेदारले आफूखुसी गर्न पाउने हो भने जनताले पनि आफ्नो माग राख्नुपर्ने उनको भनाई छ । विजय राईले फेरि जनताले कष्ट भोग्न नपरोस् भन्दै चिन्ता व्यक्त गरेका छन् । रुद्र शर्मा ढुंगानाले इलामलाई डुबाएको भन्दै असन्तुष्टि पोखेका छन् ।
निर्माण कम्पनीले अदालतमा आफ्नो अधिकार खोज्नु स्वाभाविक होला, तर सडक निर्माणको जिम्मेवारी र जनताप्रतिको दायित्व कसले पूरा गर्ने ? भने विषय इलाम वासीककाे छ ।
निर्माण कम्पनीले अदालतमा राखेका मागको कानुनी निरूपण हुनु आफ्नो ठाउँमा छ । सरकारले ठेक्का तोड्नुको आधार र त्यसविरुद्ध कम्पनीले उठाएका विषयको न्यायिक परीक्षण पनि आवश्यक छ । तर कानुनी प्रक्रियाकै कारण सडक निर्माण अनिश्चितकालसम्म रोकिने अवस्था आउनु हुँदैन भन्ने नागरिकको अपेक्षा छ ।
३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि पटकपटक म्याद थप्दै ६३ महिनामा पनि ठेकेदार कम्पनिले  काम नगरेपछि सडक डिभिजनले ठेक्का सम्झौता नै अन्त्य गर्‍यो । खड्का कृष्ण सक्षम जेवीले ठेक्का तोड्ने सरकारी निर्णय रोक्न निषेधाज्ञाको माग गर्याे । गत २७ गते अदालतमा समेत विपक्षी सरकारी कार्यालयको म्याद तामेल नभएपछि अन्तरिम आदेशबारेको सुनुवाइ अघि बढ्न सकेन र आज मंसिर ७ गतेलाई ताेकेकाे छ । यता सडक अधुरै छ, उता कानुनी विवाद लम्बिँदै छ  ।
मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्डको निर्माणमा देखिएको यो विवादले  निर्माणको बेथिति र सरकारी अ-निर्णयले तीन जिल्ला बन्दक बन्दै छन् । 

प्रतिकृया दिनुहोस
↑