• सोमबार ६-२६-२०८३/Monday 10-12-2026
  • 03:50:27

ब्याडमिन्टन प्रतियोगिता : रमेश–चन्द्रको जोडी प्रथम

आइतबार, २५ असोज, २०८३

इलाम :
बडादशैँ २०८३ को  अवसरमा  ‘इलाम आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८३’ सम्पन्न भएको छ । असोज २३, २४ र २५ गते सञ्चालन भएको प्रतियोगितामा रमेश खत्री र चन्द्र श्रेष्ठको जोडीले प्रथम स्थान हासिल गरेको छ । इलाम ब्याडमिन्टन क्लबद्वारा आयोजित प्रतियोगितामा एनिट अधिकारी र आदित्य थापाको जोडी द्वितीय भएको छ । त्यसैगरी राजन थापा र नवराज थापाको जोडी तथा उमेश सिजाली र यामबहादुर लिम्बुको जोडीले संयुक्त रूपमा तृतीय स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुने जोडीले नगद २० हजार रुपैयाँ, द्वितीय हुने जोडीले १० हजार रुपैयाँ तथा तृतीय हुने दुवै जोडीले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
जिल्ला ब्याडमिन्टन सङ्घ इलामका अध्यक्ष हुकुमलाल थेबेको अध्यक्षता, प्रहरी उपरीक्षक कुलदेव चन्द प्रमुख अतिथ्यता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन काफ्ले विशेष अतिथ्यतामा प्रतियाेगिता सम्पन्न भएकाे थियाे । 

प्रतिकृया दिनुहोस
↑