अस्पताल लाइनमा अव्यवस्थित पार्किङ
इलाम २९, साउन :
इलाम बजारको अस्पताल लाइनका पसल अगाडि जथाभावी मोटरसाइकल पार्किङ हुँदा व्यवसाय सञ्चालनमै समस्या भएको व्यवसायीहरूले गुनासो गरेका छन् । पसल अगाडि मोटरसाइकल पार्किङ गरेर दिन भर राखिदिने र ग्राहाक छिर्ने ठाउँनै बन्द हुने भएकाले व्यवसायमा समस्या भएको हो । नगरप्रहरीलाई पार्किङ व्यवस्थित गरिदिन पटक–पटक आग्रह गर्दापनि समस्या समाधान नभएको व्यवसायी लाप्साङ शेर्पाले बताए । उनका अनुसार पसलमा ग्राहक आउनसमेत कठिन हुने गरी मोटरसाइकल पार्किङ भएको नगरपालिकालाई पटक–पटक जानकारी गराउँदा पनि हटाउने काम नभएको बताए ।
नगरपालिकाले पार्किङ व्यवस्थापनका लागि ट्याक्सी स्ट्यान्ड नजिकै भवन निर्माण गरे पनि त्यहाँ व्यवसाय सञ्चालन गर्न दिइएको व्यवसायीहरूको भनाइ छ । सिटीमार्ट अगाडिको पार्किङ क्षेत्रले मात्र बजारको सवारी चाप धान्न नसक्ने भएकाले व्यवस्थित र समान रूपमा लागू हुने पार्किङ नीति आवश्यक रहेको उनीहरूको माग छ ।
यता, इलाम नगरपालिकाका नगरप्रहरीले टुँडिखेलदेखि चोकबजारसम्म सडक छेउमा पार्किङ गरिएका मोटरसाइकलमा ‘ह्विल लक’ लगाउँदै आएका छन् । तर, कतै पसल अगाडि राखिएका मोटरसाइकल हटाउने र कतै त्यस्तै अवस्थामा छाड्ने गरिएको भन्दै व्यवसायीहरूले पार्किङ व्यवस्थापनको गुनासो गरेका छन् । कतै सडक छेउमा राखिएको मोटरसाइकलमा ह्विल लक लगाउँदै आएको छ तर यहाँ पसल अगाडि ग्राहक नै आउन नसक्ने गरी मोटरसाइकल राख्दा जानकारी गराउँदा पनि नगरपालिकाले नहटाएको गुनासो छ ।








प्रतिकृया दिनुहोस