• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:43:48

गुणस्तरीय न्यायका लागि स्थानीय सहयाेग कार्यशाला

सोमबार, ११ मङ्सिर, २०८०

इलाम : गुणस्तरीय न्याय सेवा सुनिश्चितताकाे लागि स्थानीय सहयोग कार्यक्रम अन्तर्गत स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एकरूपताका लागि आवश्यक कानुन तथा सेवा मापनका सूचकहरू विषयक प्रदेशस्तरीय कार्याशाला सम्पन्न भएकाे छ । कार्यक्रम संस्थाका सचिव दुर्गा देवी भट्टराईको अध्यक्षता, काेशी प्रदेशका मुख्य मन्त्री माननीय केदार कार्कीकाे प्रमुख आथित्यतामा बिशिस्ट अतिथि सर्वाेच्च अदालतका माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठ, विशिष्ट अतिथि , काेशी प्रदेशका माननीय मन्त्री शमशेर राईकाे रहेकाे थियाे।यसै गरि अतिथिहरू प्रदेश सांसद तथा पूर्व मन्त्री रामबहादुर राना, खिनु लङ्वा लिम्बू, प्रदेश सांसद यशाेदा कायस्थ, जिसस प्रमुख, जिल्ला न्यायाधीश, जिसस उपप्रमुख, पालिका प्रमुख, उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, पूर्व जिसस प्रमुख, पूर्व पालिका उपाध्यक्ष, वरिष्ठ अधिवक्ता, पालिकाका उजुरी प्रशाशक, सञ्चारकर्मी पत्रकार, गैसस, मानवअधिकारकर्मी, मेलमिलापकर्ताहरूकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा सर्वाेच्च अदालतका माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठले `न्यायिक समितकाे सेवाप्रभाकारिता मापनकाे परिसूचकहरू´, इलाम जिल्लाका मानीय जिल्ला न्यायाधीश दिपककुमार दाहालले 'फैसला कार्यान्वयन सम्बन्धि प्रस्तावित कानूनी मस्यौदाकाे सार´ र वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेलीले न्यायिक प्रक्रिया कार्यविधिकाे मस्यौदा प्रस्तुत र छलफल गरे । छलफलमा सबै सहभागीहरूले आ-आफ्ना कुराहरू राखेर सक्रिय सहभागी भए । कार्यक्रममा स्वागत र कार्यक्रमकाे उदेश्य संस्थाका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले राख्नुभयाे भने कार्यक्रम संचालन मनकुमार बराइलीले गरेका थिए ।

प्रतिकृया दिनुहोस