• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:44:06

रोङ गाउँपालिकामा नयाँ कृषि परियोजना

मंगलबार, ५ श्रावण, २०८३


गाेविन्द पाैडे, राेङ : 
इलामकाे राेङ गाउपालिकामा नया कृषि परियाेजना सचालन हुने भएकाे छ ।
नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र जनवादी  गणतन्त्र चीन सरकारको साझेदारीमा “नेपालमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण (Strengthening Agrifood Systems in Nepal)” परियोजनाको औपचारिक शुभारम्भ भएको हाे। 
याे परियाृजना पहिलो चरणमा रोङगाउँपालिका सहित देश भरिबाट जम्मा तिनवटा स्थानियतहबाट कार्यनयन सुरुवात हुनेछ। यस कार्यक्रमको स्वीकृत बजेट २४.९९ मिलियन अमेरिकी डलर र २४ महिना समयअवधीको रहनेछ।

चीनको Global Development and South-South Cooperation Fund को आर्थिक सहयोगमा सञ्चालन हुने यस परियोजनाले जलवायु–उत्थानशील तथा समावेशी कृषि तथा खाद्य प्रणाली विकास, नवप्रवर्तन र डिजिटल कृषि सेवा विस्तार, बजार पहुँच सुदृढीकरण, तथा महिला, युवा र ग्रामीण समुदायका लागि रोजगारी र आयआर्जनका अवसर वृद्धि गर्न विशेष जोड दिनेराेङ गाउपालिकाकाे अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताए ।
सचालन हुने परियाेजनाकाे आज शुभारम्भ कार्यक्रममा नेपाल सरकारको  कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, नेपालका लागि चीनका राजदूत महामहिम झाङ माओमिङ, FAO को South-South and Triangular Cooperation Division की निर्देशक  हुआ याङ, तथा नेपाल र भुटानका लागि FAO का प्रतिनिधि केन शिमिजु , नेपाल सरकारको सचिबहरु , मण्डलपुर नगरपालिका मेयर , रोङगाउँपालिका अध्यक्ष , FNCCI को प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको थियो।

नेपालमा कृषि तथा खाद्य प्रणाली रूपान्तरणका लागि दक्षिण-दक्षिण सहयोग (South-South Cooperation) र कार्यान्वयन व्यवस्थासम्बन्धी ६० मिनट समयको प्यानल छलफल समेत समेत भएको थियो। उक्त प्यानल छलफल मुख्य प्रस्तुति  सियाओ लियाङ  कार्यक्रम अधिकृत, PSTD, FAO मुख्यालय सञ्चालक  जुन हे , नीति अधिकृत, ESP, FAO मुख्यालय
प्यानल सदस्यहरू सियाओ लियाङ कार्यक्रम अधिकृत (PSTD, FAO मुख्यालय राेङ गाउपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बो, सुनिता नेमाफुकी
संस्थापक, R & D Innovative Solution Pvt. Ltd.डा. रामकृष्ण श्रेष्ठ
सहसचिव, कृषि तथा वन मन्त्रालय (MoAFE),कुलप्रसाद दवाडी
प्रमुख, कृषि विकास कार्यालय, काभ्रेकाे सहभागिता रहेकाे थियाे ।
कृषि पेशालाई मर्यादित बनाएर राेजगारी र स्वराेजगारकाे सृजनागरि आर्थिक समृद्धिकाे लक्ष्य लिएकाे राेङ गाउपालिकाले परियाेजनामा सहयाेग गर्ने  संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) परिवारप्रति आभारी बनेकाे गाउपालिका अध्यक्ष स्याङ्वाेले बताए ।

प्रतिकृया दिनुहोस