दुई हजार वर्ष पुरानो ‘इलामको नालीबेली’
इलाम :
इलामको इतिहास, समाज, संस्कृति र आर्थिक जीवनलाई समेटेर तयार पारिएको पुस्तक ‘इलामको नालीबेली’ले इतिहास मात्रै नभई समुदाएका अवस्था समेटिएको छ । खेमराज नेपालद्वारा लिखित १ सय ८० पृष्ठको पुस्तकमा दुई हजार वर्षभन्दा पुरानो इतिहासदेखि इलामको बसोबास, जातीय तथा सांस्कृतिक विविधता, परम्परा, कृषि, व्यापार, भाषा, भेषभूषा र जीवनशैलीसम्मका विषय समेटिएका छन् ।
इलामको समग्र इतिहासलाई एउटै पुस्तकमा तथ्यपरक रूपमा अभिलेखीकरण गर्ने प्रयास गरिएको लेखकको भनाइ छ । पुस्तकमा विसं २००० अघिको इलामको ऐतिहासिक पृष्ठभूमि, नामकरण र बसोबासको विकासक्रम, विभिन्न जातजाति तथा समुदायको अवस्था, उत्पादन प्रणाली, व्यापार व्यवसाय, बजार, कृषि, वनस्पति, वनजंगल, भाषा, भेषभूषा, चालचलन, खानपान, धार्मिक तथा सांस्कृतिक सम्पदा र खोलानालासम्मका विषय समेटिएका छन् । यसले इलामको सामाजिक तथा आर्थिक अवस्थाको विगत बुझ्न र वर्तमान पहिचानको आधार खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुस्तक विमोचन गर्दै इलाम नगरपालिकाका प्रमुख केदार थापाले यसलाई इलामको ऐतिहासिक पहिचान र सामाजिक विकास बुझ्न सघाउने महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरेका छन् । थापाले लामो अध्ययन, अनुसन्धान, स्थलगत भ्रमण र विभिन्न व्यक्तिसँगको संवादबाट तयार भएको पुस्तक भावी पुस्ताका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने बताए । ‘यो ऐतिहासिक दस्तावेज हो । यसले इलामको इतिहासलाई अभिलेखीकरण गर्ने मात्र नभई अनुसन्धानकर्ता, विद्यार्थी, लेखकका देशकै लागि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा स्थापित हुनेछ भन्ने विश्वास छ,’ थापाले भने ।
पुस्तकलाई लेखकको व्यक्तिगत सिर्जनामा मात्र सीमित नराखी इलामको सार्वजनिक सम्पत्तिका रूपमा लिनुपर्ने मान्यतासहित नगरपालिकाले प्रकाशनमा आर्थिक सहयोग गरेको थापाले जानकारी दिए । स्थानीय इतिहास, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धन नगरपालिकाको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
विमोचन कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य निश्कल राईले इलामको विकास र समृद्धिका लागि पुस्तान्तरणसँगै पुस्ताबीचको सहकार्य आवश्यक रहेको बताए । अग्रज पुस्ताको अनुभव, ज्ञान र सुझावलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो । ‘नयाँ वा युवा हुनु मात्रै योग्यताको मापदण्ड होइन, अनुभव र क्षमता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्,’ राईले भने । अग्रज पुस्ताको अनुभव र इतिहासलाई बिर्सेर अघि बढ्दा समाजको अस्तित्व नै कमजोर हुन सक्ने उल्लेख गरे ।
इलाममा जन्मिएर हुर्किएका तर कर्मथलो काठमाडौं बनाएका लेखक नेपालले आफ्नो अनुभव र अध्ययनलाई पुस्तकमार्फत इलामको इतिहास तथा पहिचानसँग जोड्ने प्रयास गरेको राईले बताए । पुस्तकले भविष्यको इलाम कस्तो हुन सक्छ र त्यसका लागि कस्तो विकासको परिकल्पना आवश्यक छ भन्ने विषयमा समेत बहसको आधार दिने उनको भनाइ थियो ।
सरकारी सेवाबाट निवृत्त भएपछि पनि समाज विकासका क्षेत्रमा सक्रिय नेपालले नाम्सालिङ विकास संस्थामार्फत करिब २० देखि २२ जिल्लामा वैकल्पिक ऊर्जा, जीविकोपार्जन, जलवायु अनुकूलन तथा वातावरण संरक्षणका क्षेत्रमा योगदान पु¥याएको थापाले बताए । नेपाल सरकारका पूर्वसचिव नेपालका यसअघि ‘समाज, संस्कार र शासन’ र ‘मिश्रित जातजाति ः हामी नेपाली’ पुस्तक प्रकाशित छन् ।
..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस