• बिहीबार ७-२०-२०८३/Thursday 11-05-2026
  • 05:36:13

इलाममा प्लास्टिकका माला र फूल प्रतिबन्ध

बिहीबार, २० कार्तिक, २०८३


इलाम :
इलाममा तिहारलाई लक्षित गरी प्लास्टिकका माला र फूल प्रयोगमा प्रतिबन्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय र इलाम नगरपालिकाले सूचना जारी गरी जिल्लाका पसल र हाटबजार सबैतिर प्लास्टिकका फूलगुच्छा, माला भण्डारण, विक्री गर्न रोक लगाएको हो । चाडपर्वमा प्रयोग हुने प्लास्टिकजन्य माला र फूलगुच्छाले हुने वातावरणीय क्षति न्यूनीकरण गर्न ‘वातावरण संरक्षण ऐन–२०७६’ अनुसार सूचना जारी गरिएको प्रशासनले जनाएको छ । सूचनाको अवज्ञा गरी यस्ता सामग्री आयात, भण्डारण र विक्री गरिए कानुनबमोजिम कारबाही हुनेसमेत प्रशासनले चेतावनी दिएको छ ।  जिल्लाका स्थानीय तहहरू समेतलाई प्रशासनले वातावरण संरक्षण ऐन र विभागको सूचना अनुसार अनुगमन अघि बढाउन पनि अनुरोध गरेको छ ।  इलाम नगरपालिका यसअघि नै पोलिथिन झोलामुक्त घोषित भइसकेको र स्थानीय प्राकृतिक फूल प्रयोगलाई प्रोत्साहन गरिरहेको भन्दै प्लास्टिकजन्य माला, फूलको प्रयोग, भण्डारण, आयात र विक्री नगर्न सचेत गर्दै कसैले सूचना विपरीत गरेको पाइए कारबाही हुनेसमेत जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
↑