• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 11:18:23

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश तामाङ

सोमबार, ८ भदौ, २०८३

इलाम : 
इलामेली समाज दक्षिण कोरियाको छैटौँ अधिवेशनबाट गणेश योन्जन तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
अधिवेशनले ईलामेली समाजमा आबद्ध विभिन्न स्थानीय तह तथा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व चयन गरेको हो। निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा रमेश बस्नेत, उपाध्यक्षहरूमा विजय राई, मिलन राई र याम गुरुङ चयन भएका छन्।
त्यस्तै महासचिवमा जितेन्द्र बस्नेत, सचिवमा किशोर राई र निरोज श्रेष्ठ, कोषाध्यक्षमा खाओतहाङ लिम्बु तथा सह–कोषाध्यक्षमा मनिषा निरौला निर्वाचित भएका छन्।


 कार्यसमिति :
अध्यक्ष — गणेश योन्जन तामाङ (देउमाई)
वरिष्ठ उपाध्यक्ष — रमेश बस्नेत (फाकफोकथुम)
उपाध्यक्ष — विजय राई (चुलाचुली)
उपाध्यक्ष — मिलन राई (फाकफोकथुम)
उपाध्यक्ष — याम गुरुङ (इलाम नगरपालिका)
महासचिव — जितेन्द्र बस्नेत (फाकफोकथुम)
सचिव — किशोर राई (फाकफोकथुम)
सचिव — निरोज श्रेष्ठ (इलाम नगरपालिका)
कोषाध्यक्ष — खाओतहाङ लिम्बु (फाकफोकथुम)
सह–कोषाध्यक्ष — मनिषा निरौला (इलाम नगरपालिका)
सदस्य — आकाश राई (देउमाई)
सदस्य — रुद्र पौड्याल (फाकफोकथुम)
सदस्य — रितेश पौड्याल (फाकफोकथुम)
सदस्य — जीवन राई (रोङ)
सदस्य — नवीन मगर (इलाम नगरपालिका)
सदस्य — सविता विक (इलाम नगरपालिका)
सदस्य — थिरबहादुर निरौला (फाकफोकथुम)

प्रतिकृया दिनुहोस