• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 04:23:12

विश्वकपकाे राैनक

बुधबार, १० असार, २०८३

 

लोकेन थेबे : 

सन १९३० मा उरुग्वे  देशबाट  १५ देशको सहभागीमा सुरु भएको पुरुष विश्वकप फुटबलको २३ औ संस्करणमा आइपुग्दा सम्म  ४८ देशको सहभागिता रहेको छ।

अहिले भइरहेको २३औ विश्वकप सयुक्त राज्य अमेरिका ,मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरिरहेको छ।

 फुटबल खेल यस्तो चिज हो जहाँ  कुनै गन्ध र रङ्ग नहुने भएकोले होला सायद सबै उमेर समूहका मानिसले फुटबल खेल मन नपराउने बिरलै मात्र होला।

त्यसैले पनि फुटबल खेल  भने पछि हेर्न र कुनै टिमलाई जिताउन  औधी मन पराउँछन् ।

 त्यसैले  खेलहरू मध्ये सबै भन्दा लोकप्रिय खेल पनि फुटबल भएकोले संसारमा सबै भन्दा धेरै मानिसको जमात फुटबल खेलमा हुने गरेको छ। 

त्यसले गर्दा यति बेला  २३  औ विश्वकपले विश्वको ध्यान एकीकृत बनाएको  हो ।

 यता विश्वकप सुरु हुन एक साता बाकी छदै  देखी  इलाममा  यसको बेग्लै रौनक सुरु भएको  थियो ।विश्वकपले यति बेला इलामको हरेक चोक , गल्लीहरू विश्वकपमय बनेको छ। 

यति बेला इलाममा हरेक सवारी साधन ,घर ,कोठा विश्वकपमा सहभागी देशहरू मध्ये आफूलाई मन पर्ने देशको झन्डा मात्र रङिएका छैनन् ।

उनीहरू आफूलाई मन परेको देशको  जर्सी लगाएर गतिलो समर्थन गरेको देखिन्न सकिन्छ।

यसको जलन्त उदाहरण केही समय अगाडी इलामको धोबिधारामा स्थानीय युवाहरूको सक्रियतामा लाखौँको खर्चमा विश्वकप फुटबल खेलमा  सहभागी ४८ देशको झण्डालाई कलात्मक ढङ्गले रोडमा बत्तीको प्रकाश  सहित सजिसजावै गरेर विश्वकपको माहौललाई थप उचाइमा पुर्‍याउन सहयोग  मिलेको छ ।

अहिले यो ठाउँमा बेलुकी फुटबल प्रेमीहरू फोटो सेक्सन र टिकटक देखि  आफूलाई मन पर्ने टिमको समर्थनमा दैनिक हजारौँ मानिसको भेला हुने गरेको छ। 

विश्वकप फुटबल हरेक चार / चार वर्षमा आयोजना हुने गर्छ तर दोस्रो विश्व युद्धको कारण केही समय हुन सकेन। विश्वकपमा सबै देशको खेल्ने र उपाधि उचाल्ने उत्कट चाहना हुन्छ ।

तर विश्वकपमा छनोट हुन त्यति सहज हुँदैन ।

कठिन मिहेनत र सङ्घर्ष मात्र छनोट हुन सकिन्छ।

यसको उदाहरण  चार पटक विश्वकपको उपाधि जितेको इटाली आठ वर्ष देखि छनोट हुन सकिरहेको छैन। 

अहिले साना /साना बालबालिका देखि युवा ,बृद्धअवस्था मानिसहरु मेलापात होस या चिया गफ हाट बजार सहरको गल्ली गल्लीमा देखि सरकारी ,गैसस कार्यालय सबै ठाउँमा यहीँ विश्वकपको चर्चा परिचर्चा हुने गरेको छ।

आफूले मन पर्ने टिमको खेल परेको दिन मध्य राती भए पनि लामो समय सम्म नसुती खेल हुने अवधि सम्म साथीहरू सङ विश्वकपकै चर्चा गर्दै बस्छन् बाजि खेल्छन् र समय आए पछि टिभीमा  आफ्नो टिमको समर्थन गर्दै आपसी खुसी साटासाट गर्दै खेल हेर्छन्। 

जुन ११ बाट सुरु भएको यो विश्वकप जुलाई १९ तारिख  अथाह ३९ दिन सम्म रहन्ने छ।

त्यसैले पनि फुटबलमा रुचि भएका र फुटबल प्रेमीहरूले ठुलो पर्वको रूपमा मनाइरहेका छन् । 

एक महिना भन्दा धेरै दिन चल्ने     फुटबल खेलमा कुन देशले २३ औ विश्वकपको उपाधि सुरक्षित गर्ने हो अहिले नै भन्न कठिन छ ।

तर यो र त्यो देशले उपाधि जित्ने भन्दै महिना दिन अगाडि देखि नै  समर्थन गर्नेहरू बाजि राख्न थालेको देखिन्छ ।

यति मात्र होइन विद्यालय बिदा भएको दिन विद्यार्थीहरू आपसी सरसल्लाह गरेर आ -आफ्नो रोजाइमा परेको देशको जर्सी र झन्डा बोकेर नै सानो चौरमा फुटबल खेल्न गरेका छन्।

 यश वर्षको विश्वकप कुन देशको पोल्टामा पर्छ जुलाई १९ तारिकमा हुने फाइनल खेल पछि मात्रा थाहा हुने छ।

हालसम्म विश्वकपको उपाधि जितेका देशहरू

(१) ब्राजिल -५ पटक

(२) इटाली -४ पटक

(३) जर्मनी -४ पटक 

(४) अर्जेन्टिना -३ पटक

(५) उरुग्वे -२ पटक

(६) फ्रान्स -२ पटक

(७) इङलेन्ड -१ पटक

(८) स्पेन १ पटक

प्रतिकृया दिनुहोस