क्वाटर फाइनलमा नयाँ पुराना चार -चार देशको भिडन्त
लोकेन थेबे , इलाम :
जुन ११ बाट तिन देश संयुक्त राज्य अमेरिका ,क्यानडा र मेक्सिकोले सयुक्तरुपमा आयोजना गरेको २३औ फिफा विश्वकप अहिले क्वाटर फाइनलमा आइपुगेको छ।
असार २६ गतेबाट सुरु हुने आठ देशको क्वाटर फाइनलबाट अन्तिम चारको टुङो लाग्ने छ।विश्वकपको स्वाद चाखिसकेका अर्जेन्टिना ,फ्रान्स र स्पेन ,इङल्याण्ड र पहिलो पल्ट विश्वकपको स्वाद चाख्न आतुर स्विरल्यान्ड ,मोरोक्को , नर्वे र बेल्जियमले पनि विश्वकपको इतिहासमा पहिलो पटक क्वाटर फाइनलको यात्रा तय गरेको छ।
बिश्वकपमाआफ्नो खेल कौशल र प्रतिभालाई मैदानमा राम्रो सँग पस्केर खेल्न सके विश्वका ठुला फुटबल क्लबका प्रशिक्षकहरूले उनीहरूलाई नजर अन्दाज गरिरहेको हुन्छ त्यसैले प्रशिक्षकको मन जित्न सकेको खण्डमा महँगो मूल्यमा खेलाडीहरूलाई विभिन्न क्लबले अनुबन्ध गर्ने भएकोले पनि विश्वकपमा खेलाडीहरू राम्रो खेल्न खोजिरहेको हुन्छन्।२३ औ विश्वकपमा नयाँ देशहरूले पनि राम्रो खेल प्रदर्शन गरेर करोडौँको मन जित्न सफल भएका छन् ।
अर्को तिर युवा फुटबलरको उदय पनि भएको छ।
।प्रीक्वाटरको खेलहरू सकिँदा अर्जेन्टिनाले इजिप्टलाई ३-२ स्पेनले पोर्चुगललाई १-०ले फ्रान्सले पाराग्वेलाई १-० मोरोकोले आयोजक क्यानडा लाई ३-० ले बेल्जियमले आयोजक संयुक्त राज्य अमेरिकालाई ४-१ र स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटमा ४-३ ले र नर्वेले ब्राजिललाई २-१ पराजित गर्दै क्वाटर फाइनलको यात्रा सुरक्षित गरेका हुन।
असार २६ गते बाट क्वाटर फाइनलका खेलहरू सुरु हुने छ।
पहिलो क्वाटर फाइनल २६ गते राती १:४५ बजे फ्रान्स र मोरोक्को २७ गते बेलुकी १२:४५ स्पेन र बेल्जियम असार २८ गते २:४५ नर्वे र इङल्याण्ड र ६:४५ मा अर्जेन्टिना र स्विजरल्यन्ड बिच हुने छ।
विगतका वर्षहरूमा लामो समय ३२ देशको मात्र सहभागी हुँदै आएकोमा २३ औ विश्वकपबाट ४८ देशलाई सहभागी गराउने फिफाले ९ वर्ष अगाडि सन २०१७ सर्बसहमत निर्णय गरेको हुँदा २३ औ विश्वकपमा ४८ देशको सहभागी रहेको हो ।
विगतको विश्वकपमा एसिया महादेशबाट चार देशको मात्र सहभागी रहन्थ्यो।तर अहिले २३ औ विश्वकपबाट ९ देश -दक्षिण कोरिया ,जापान ,जोडन ,इराक , उज्बेकिस्तान ,साउदी अरेबिया ,अस्ट्रेलिया ,कतार , र इरानको सहभागी रहेको थियो ।तर एसिया महादेशबाट जापान र अस्ट्रेलिया मात्र दोस्रो चरण सम्म पुग्न सफल भयो।
यस वर्ष कुन देशले फिफा विश्वकपको उपाधि कब्जा गर्ला अहिले विश्वभर सर्वत्र आम चासोको विषय बनेको छ ।
क्वाटरफाइनको समीकरण हेर्दा चार देश नयाँ जोस र चार देश विश्वकप जितिसकेको भएकोले यसै देशले जित्छ भन्नू फुटबल खेलमा हतारो हुन्छ।किन कि प्री क्वाटरमा डिफेन्डिङ च्याङपिङ अर्जेन्टिना इजिप्ट सङ हारिसकेको अवस्थामा एघार मिनेटमा ३ गोल गर्दै क्वाटर फाइनल प्रवेश गर्न सफल बन्यो यसैले पनि पुष्टि गर्छ कुन देश हाबी हुन्छ भन्न सकिन्न।
यति बेला यो विश्वकप चलिरहेको समयमा धेरै फुटबल पाण्डितहरुकै जोखनाहरू फेल भएकोले कसले जित्छ भनेर भन्न उनीहरूलाई नै गाह्रो भएको छ। अब हुने क्वाटर फाइनलमा फ्रान्स ,मोरोक्को,स्पेन र बेल्जियम एउटै समूहमा परेको छ।
जसमा फ्रान्स र स्पेन विश्वकप विजेता हो भने मोरक्को र बेल्जियम पहिलो पल्ट क्वाटरफाइनलम पुगेका देश हो। त्यस्तै अर्को समूहमा डिफेन्डिङ च्याङपिङ अर्जेन्टिना ,नर्वे,स्विट्ज्र्ल्याड र इङल्याण्ड परेको छ
यहाँ पनि अर्जेन्टिना र इङल्याण्डले विश्वकप जितिसकेको हो भने नर्वे र स्विजरल्याड पहिलो पल्ट क्वाटर फाइनलमा प्रवेश गरेको हो।क्वाटर फाइलमा प्रदेश गरेको देशहरू हेर्दा चार देशले उपाधि दोहोर्याउने दाउमा छ भने अन्य नयाँ चार देशले पहिलो पल्ट उपाधि जितेर आफ्नो देश लाने दाउमा छ ।यो पटकको विश्व कप कुन देशले चुम्ने हो दुई साता कुर्नु पर्ने हुन्छ।फाइनल खेल जुलाई १९मा संयुक्त राज्य अमेरिकाको मेटलाइक स्टेडियममा हुने छ।







प्रतिकृया दिनुहोस