• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:43:45

इलाम २ : रुखका बलिया उम्मेदवार माटोमुनि

शनिबार, २३ फाल्गुण, २०८२

इलाम :  इलाम क्षेत्र नं. २ काे  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली काङ्ग्रेसका उम्मेदवार पछि परेका छन् । हालसम्म गणना सम्पन्न भएका तीन स्थानीय तहको मतपरिणामअनुसार काङ्ग्रेसका उम्मेदवार तेस्रो स्थानमा रहेका छन् । 
चुलाचुली गाउँपालिका, माई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको मतगणना सकिँदासम्म प्राप्त मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अग्रस्थानमा छन्। उनले हालसम्म ७२७१ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई रहेका छन् । उनले ६०८८ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा नेपाली काङ्ग्रेसका उम्मेदवार भेषराज आचार्य माटाे चुनाव चिन्ह भन्दा मुनि छन् । उनले हालसम्म ३८७० मत प्राप्त गरेका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल राई ले १९९४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका ओम गुरुङ ले ५३५ मत प्राप्त गरेका छन् ।
हालसम्मको मतगणनाले एमाले उम्मेदवारको अग्रता स्पष्ट देखिएको छ भने काङ्ग्रेस उम्मेदवार अपेक्षाभन्दा पछि परेका छन् । अब माङ्सेबुङ गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको छ । 

इलाम क्षेत्र न: २
चुलाचुली, माई र फाकफोक थुम १, २, ३, ४ र ५ गणनाको जम्मा मतपरिणाम:
सुर्य (सुहाङ नेम्वाङ) : ७२७१
माटो (सुदिप राई): ६०८८
रूख (भेषराज आचार्य): ३८७०
घण्टी (गोकुल राई): १९९४
तारा (ओम गुरूङ) : ५३५

प्रतिकृया दिनुहोस