म काे हुँ ?
दुःख के हो त्यो त भोगेकी छैन तर, त्यही दुःखसँग हुर्किएकी असल मित्र हुँ म । मिहिनेत के हो त्यो त गरेकी छैन तर, त्यही मिहिनेतले कोरिएकी अधुरो चित्र हुँ म ।।
पसिना के हो त्यो त बुझेकी हैन तर, त्यही पसिनामा डुबेका बाबाआमाकी छोरी हुँ म । सङ्घर्ष के हो त्यो त गरेकी छैन तर, मरुभूमिमा मौलाउँदै गरेकी गाउँले नारी हुँ म ।।
छोरीले के गर्न सक्छन् र भन्ने प्रश्न चिन्हको अर्थयुक्त पूर्णविराम हुँ म । बाबाको त्यो शक्ति शरीरमा अडेसा दिने सहजको सिरान हुँ म ।।
चोट के हो त्यो त पाएकी छैन तर, जीवनमा धेरै ठक्कर खाएकी मान्छे हुँ म । घर व्यवहार के हो त्यो त बुझेकी छैन तर, त्यहीँ भान्सामा रातदिन खटिरहे कि भान्से हुँ म ।।
एकल यात्री हुँ म । सपना के हो त्यो त देखेकी मात्र हु तर, त्यही सपना पुरा गर्न हिँडेकी हुँ म । सफलता के हो त्यो त पाएकी छैन तर, त्यही उज्यालो सफलताको प्रतीक्षामा रहै कि अँध्यारो रात्रि हुँ म।।
सङ्केत के हो त्यो त भोगेकी छैन तर, जालोमा बसेकी माकुरो हुँ म । विकास के हो त्यो त बुझेकी छैन तर, त्यहीँ विकासले नदेखेकी कुरूप टाकुरो हुँ म ।।
परिश्रम के हो त्यो त गरेकी छैन तर, दिनरात कापी कलम बोकी हिँड्ने विद्यार्थी हुँ म । भविष्य के हो त्यो त देखेकी छैन तर, भविष्यको एक होनहार शिक्षार्थी हुँ मा ।।
आमाको त्यो चिरा परेको पैतालामा शीतल दिने मलम हुँ म । बाबाको शिर उच्च राखिदिने बाइस तोपे सलाम हुँ म ।।
पेसा के हो त्यो त गरेकी छैन तर, पसिनाको किम्मत उठाउन हिँडेकी भिखारी हुँ म । पाउनु छैन सुखको जिन्दगी मलाई तरा त्यही दुखको अन्त्य गर्ने एक अब्बल सिकारी हुँ म ।।
वीरता के हो त्यो त देखाएकी छैन तर, त्यहीँ वीरहरूको देशमा जन्म लिए कि काली हुँ म । इज्जत के हो त्यो कमाएकी छैन तर, त्यही नारीको इज्जत ढाकिदिने सुन्दर सारी हुँ म ।।
त्याग के हो त्यो त गरेकी छैन तर, आफ्ना रहर र सपना बोकेकी केटी हुँ म ।
योगदान के हो त्यो ता दिएकी छैन तर, देशै उज्यालो बनाउने साहस भएकी सेती हुँ म ।।
हतियार के हो अर्थ बुझे कि हैन तर, हजारौँ रहर मार्ने । नारी हुँ भा सफलता के हो त्यो त पाएकी छैन तर, त्यही सफलता पाउन उर्लिरहेकी साउने बाढी हुँ म ।।
आँट के हो त्यो त देखाएकी हैन तर, त्यही आँटले बनाएको अजिब शक्ति हुँ म ।
केही गर्न सक्छु या सक्दिन त्यो त थाहा छैन तर,
यही देशमा केही गर्छु भन्ने दृढ इच्छा भएकी एक असल देशभक्ति हुँ म ।।
कविता : म को हुँ ?
नाम : निकिसा अधिकारी
ठेगाना : दे. न. पा. ५ धुसेनी, इलाम







प्रतिकृया दिनुहोस