• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:48:39

अन्तिम आठकाे भाेटिङ खुला

मंगलबार, २ बैशाख, २०८२

 लोकेन थेबे, इलाम : 

द भ्वाइस अफ नेपाल सिजन ६ को अन्तिम आठको भोटिङ अहिले  खुलिएको छ। शुक्रवार  र शनिवार भएको लाइभ सो एपिसोडबाट कोच  उदय सोताङको तर्फ सुजन खडका  र मेलिना राईको तर्फबाट विकास थारु एक/एक जना प्रतिभा( ट्यालेन्ड ) गायक बाहिरिए सङै अन्तिम आठ पूरा भएको हो ।यो सँगै सबै आठै जना गायक प्रतिभाको भोटिङ राउन्ड खुलेको छ। अब चारै जना कोच सँग दुई / दुई जना मात्र ट्यालेड गायक प्रतिभा रहेका छन् ।कोच उदय सोताङ सँग अपर्णा आचार्य र दावा लामा कोच खेम सेन्चुरीबाट इन्द्रकला राई र प्रोसेस पाण्डे कोच मेलिना राई बाट रोशन राई र सार्थक लामा र काेच राजु लामाबाट प्रमे राई र विराट तामाङ द भ्वाइस अफ नेपालको अन्तिम आठमा पुग्ने नव प्रतिभाहरू हुन । द भ्वाइस अफ नेपाल हरेक हप्ताको शुक्रवार र शनिवार बेलुकी   ८ बजे बाट हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको छ । आउँदो शुक्रवार  र शनिवारको  एपिसोडदेखि फाइनल राउन्डको लागि भोटिङको आधारमा प्रत्येक कोचको एक /एक जना प्रतिभा घर फिर्ने छ ।  चारै  जना कोचबाट एक/ एक जना  टयालेण्ड गायक प्रतिभा घर फिरिसके पछि लाइभ सो बाट छनोट भएका अन्तिम चार जना फाइनल राउन्डमा जाने छ।आउँदो शुक्रवार देखि सुरु हुने अन्तिम  आठमा पुग्ने प्रतिभाहरूको (टयालेन्ट) लाइभ

 सो भोटिङबाट  को फाइनलमा प्रवेश गर्छ्न को बाहिरिन्छ दर्शकको भोटिङको आधारमा सुरु हुँदै छ। जसमा इलामबाट कोच राजु लामाको तर्फबाट प्रमेश राई पनि अन्तिम आठमा परेको  छ।इलामको रोङ गाउँपालिका १९ वर्षीय राई सानै देखि गीत सङ्गीत भने बित्तिकै मरिहत्ते गर्थे स्कुलमा साथीहरू सङ होस या घाँस दाउरा गर्दा उनी गीत गुनगुनाउन थाली हाल्थे साथीहरूकै आग्रहमा उनी भ्वाइस अफ नेपाल छिरेको बताउने प्रमेशले ब्यालेड अडिसनमा चारै  जना कोचको चियर घुमाउँदै कोच राजु लामाको प्रतिनिधित्व गर्दै अन्तिम आठमा पुग्न सफल  भएका छन् ।त्यसैले अहिलेको समयमा राईलाई फाइनल राउन्डमा पुग्नको लागि अत्यधिक भोटको खाँचो रहेको छ।त्यस कारण इलामे प्रतिभालाई खल्ती एफबाट भोट दिएर सहयोग गर्न इलामे सबैमा आग्रह गरेको छ ।सङ्गीतको माध्यमबाट इलामलाई विश्व सामु चिनाउने प्रमेश राईको सपनालाई हामी सबैले धेरै भन्दा धेरै भोट दिएर साकार पारौँ र आफ्नो ठाउँको प्रचार प्रसार गर्न थप टेवा पुर्‍यौ। 

(कोच मेलिना राईको  आँसु थामिएन )

अघिल्लो शनिवारको द भ्वाइस अफ नेपालको अन्तिम भोटिङको आधारमा अन्तिम आठको निर्णय सुनाउनु थियो ।जसमा २ जना प्रतिभा गायक मात्र बाकी थिए ।जसरी  एक जना गायकलाई घर पठाउनु पर्ने बाध्यता थियो ।यो अन्तिम निर्णय सुनाउन कार्यक्रम प्रस्तोतालाई धेरै गाह्रो भएको थियो। जहाँ कोच मेलिना राईको दुई गायक प्रतिभा विकास थारु र सार्थक लामा थिए।लामो सास फेर्दै कार्यक्रम सञ्चालकले विकास थारु बाहिरिएको घोषणा गरे ।दर्शक दीर्घालाई भावुक बनायो कोच मेलिना राईले आँसु थाम्न सकेन उनलाई अन्य कोच र बाकी छनोटमा परेको गायकहरूले सम्झाउदै सानुभुती दिदा पनि आँसु नथामिए पछि विकास थारु आफै कोच मेलिना राईलाई सम्झाउन पुग्नु भएको थियो। बर्दियाका विकास थारु आफैमा शारीरिक रुपमा अशक्त हो ।उनको संसार हेर्ने आँखा छैन।तर गीत संगितमा अतभुत क्षमता रहेको छ ।आफ्नो परिवारको जिविको पार्जन गर्न बर्दियाबाट कहिले काठमाडौ र कहिले पोखराको सडकहरुमा गीत गाउने थारु जब द भ्वाइस अफ नेपालमा छिरे त्यस पछि सबैको पृय बने  ।उनले शुरुमा बादल पारिको त्यो लण्डन सहर बोलको गीत गाउँदा कोच मेलिना राई ,उदय सोताङ,राजु लामाको चियर टन गर्न सफल रहे ।कोच मिलिनालाई प्रतिनिधित्व गर्दै अन्तिम नौ सम्म पुग्न सफल रहे । जब उनी बाहिरिन्ने क्रममा द भ्वाइस अफ नेपालमा सन्नटा छायो ।सबैको आँसु थाम्न् सकेन टप १२ मा पुग्ने सबैले दस/दस हजार र चारै जना कोछ बाट पचास /पचास हजार सहयोग गर्ने निर्णय गरे ।ता कि अब फेरि उनी आफ्नो जिविका पार्जनको लागि पुन सडक फर्कनु नपरोस ।विकास थारुले द भ्वाइस अफ नेपाल सिजन ६ को यात्रामा बादल पारिको त्यो लण्डन शहर , चरिले त छाडेर गै हाल्यो सम्झना चै डालिमा रै रहयो,सागर बरु सुकेर गै जाला ,बिरताको चिनो बिरताको शन्तान,मनको धोको पिरथी र अन्तमा पिउदिन भन्दा भन्दै पिलायो साथिले गीत गाएर करोडौं साथिहरु बनाए । शारीरिक रुपमा अशक्त भए पनि गीत संगितमा अतभुत क्षमता भएकोले पुरै द भ्वाइस अफ नेपालमा अमिट छाप छोडे ।

प्रतिकृया दिनुहोस