• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:15

सुर्य रत्नको साधारण सभा सम्पन्न

शुक्रबार, १९ पौष, २०८१


इलाम :
सुर्य रत्न सहकारी इलामको  चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलामको सभा हलमा सम्पन्न साधारण सभाले एक करोड ४५ लाख ६५ हजार दुई सय दुई रुपैयाँको कारोबार देखाएको छ । सस्थाका अध्यक्ष दीपेन्द्र चापागाईंको अध्यक्षता, जिल्ला समन्वय समितीका  प्रमुख जय प्रकाश राईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सस्थाको प्रगती प्रतिवेदन सस्थाका अध्यक्ष दिपेन्द्र चापागाईंले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नारद प्रसाद लम्साल र लेखा समितिको प्रतिबेदन लेखा संयोजक गोपाल नेपालले पस्तुत गरेका थिए । सभाले शेयर सदस्य को मृत्यु भए दस हजार र शेयर सदस्यको एकाघरको परिवार को मृत्यु भए पाँच हजार राहत स्वरुप दिने समेत पारित गरेको छ ।
साधारण सभाले जेष्ठ शेयर सदस्य केदार सापकोटालाई सम्मान गर्दै  नियमित बचत गर्ने तीन जना क्रमश  खम्बसिङ गुरुङ , पासङ्दिकी शेर्पा ,करमलाल चौधरी  असल कारोबार कर्ता तीन जना क्रमश  सुभद्रा राई , जानकी लिम्बू , हेमु कार्कीलाई प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा इलाम नगरपालिका वडा न १, ६ र २ न वडा अध्यक्ष, इलाम नगरपालिका वडा न ५ का निवर्तमान वडा अध्यक्ष ठाकुर नारायण श्रेष्ठ , पत्रकार महासङ इलामका अध्यक्ष भिम चापागाईं ,जिल्ला सहाकारी संघ इलामका प्रतिनिधि अर्जुन पोख्रेल लेखा संयोजक कमल श्रेष्ठ , राष्ट्रीय सहकारी बैंक इलाम शाखाका प्रबन्धक राजन मैनाली , गैसस महासङ इलामका अध्यक्ष भक्त थामी , इलाम फराकिलो मैत्रीका उपाध्यक्ष राजेन्द्र पौडेल ,राष्ट्रिय सेवक साकोसका ब्यावस्थापक चित्र प्रसाद दहाल, उच्च बार एसोसिएसनका अध्यक्ष बिद्या सापकोटा लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सस्थाका सचिब प्रकाश घिमिरेले संचालन गर्नु भएको थियो ।
 

प्रतिकृया दिनुहोस