• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:44

फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८2/०८3 को बजेट बक्तव्य

मंगलबार, १० असार, २०८२

गाउँसभाका अध्यक्षज्यू,

गाउँसभा सदस्यज्यूहरु,

तथा उपस्थित सम्पुर्ण महानुभावहरु,

नेपालको संविधान २०७२ अनुसार देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत कार्यान्वयन अभ्याससँगै २०७४ र २०७९ को निर्वाचनले संघ, प्रदेश र स्थानीय तहले आफ्नो ८ वर्षे कार्यावधी पूरा गर्ने चरणमा छ । संवैधानिक व्यवस्था अनुरुप यस फाकफोकथुम गाउँपालिकाको १८ औं गाउँसभामा यस पालिकाको आयव्ययको विवरण आ.. २०८२/०८३ को प्रस्तुत गर्ने अवसर प्रदान गर्नुहुने आम फाकफोकथुम गाउँपालिकाबासी नागरिक र शुभचिन्तकहरु प्रति आभारी छु ।

देशमा शासन व्यवस्था परिवर्तनको लागि विभिन्न कालखण्डमा आन्दोलन, जनयुद्ध राजनैतिक क्रान्ति एवम् संघर्षहरुको स्मरण गर्दै ऐतिहासिक समाज रुपान्तरणका लागि आफ्नो बलिदान दिनुहुने ज्ञात अज्ञात शहिदहरु साथै आफ्नो संविधान आफैं बनाउने नेपाली जनताको युगिन चाहना पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

यस फाकफोकथुम गाउँपालिकाले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै संवैधानिक व्यवस्था अनुरुप स्थानीय तहको एकल अधिकार अनुसूची ८ अनुसार २२ प्रकारको रहेको छ भने प्रदेश र संघसँगको साझा अधिकार अन्तरसम्बन्ध स्थापित गर्दै स्थानीय तहमा सामाजिक, आर्थिक, भौगोलिक, साँस्कृतिक सुशासन, दिगो विकास र समृद्धि प्राप्तिका लागि स्थानीय सरकारको नीति तथा कार्यक्रम ऐन, नियम तथा बजेट व्यवस्थापन र कार्यान्वयनको ऐतिहासिक दिनमा उपस्थित भएका छौं । वित्तिय संघीयतालाई प्रभावकारी कार्यान्वयन गर्दै संभाव्य श्रोतको पहिचान, कुशल कार्यान्वयन, दक्षतापूर्ण बाँडफाँड गरी वित्तिय अनुशासन संयोजन गरिएको छ । आर्थिक, सामाजिक पूर्वाधार विकास साथै गरिबीको रेखामुनि रहेको विभिन्न जातजाती विभेदमा परेका लिङ्ग, समुदाय, नागरिकको आकांक्षा अनुरुप उपलब्ध श्रोत साधनको उच्चतम उपयोग गर्ने प्रयास गरिएको छ । आ. . २०८२/०८३ को बजेट तयार गर्दा नेपालको संविधान पालिकाको आवधिक योजना, दीर्घकालिन सोच, सोह्रौं योजना दिगो विकासको लक्ष्य साथै पालिकाको साझा कार्यक्रमलाई महत्वपूर्ण आधारको रुपमा लिएकी छु ।

यस गाउँसभामा पेश भएको विनियोजन विधेयकका सिद्धान्त प्राथमिकता उपर भएको छलफल, गाउँसभा सदस्य ज्यूहरु, राजनीतिक दल, बुद्धिजीवि, शिक्षाकर्मी, नीजि क्षेत्र, सञ्चारकर्मी आम नागरिकको सुझाव समेटदै बजेट प्रभावकारी कार्यान्वयन र जवाफदेही, इमान्दारीता र प्रतिबद्धता रहने कुरामा विश्वस्त छु ।

 

 

गाउँसभाका अध्यक्ष ज्यू,

  • अब म आगामी आर्थिक वर्ष २०८2/०८3 को बजेटका उद्देश्यहरु प्रस्तुत गर्न चाहान्छुः
  • शिक्षा, स्वास्थ्य, सरसफाई तथा पोषण मार्फत मानिसको जीवन  स्तरमा सुधार गर्ने ।
  • दिगो विकासको लक्ष्य अनुरुप भौतिक पूर्वाधारहरुको विकास गर्ने ।
  • कृषि तथा पशुपक्षी विकासको माध्यमबाट उत्पादन वृद्धि गरी आय बढाउने।
  • गाउँपालिकाको आर्थिक विकासका नविनतम सम्भावना र अवसरका क्षेत्रहरुको पहिचान र प्रवर्द्धन गर्दै समग्र आर्थिक विकास र समृद्धि हासिल गर्ने ।
  • आर्थिक तथा सामाजिक पूर्वाधारहरुको विकास गरी समृद्ध र नमुना फाकफोकथुम गाउँपालिकाकोआधार तयार गर्ने ।
  • संघ र प्रदेशसँग सहयोग समन्वय र सहाकार्य मार्फत सन्तुलित विकासमा जोड दिने ।
  • गाउँपालिकाको शुशासण र सेवा प्रवाहमा सुधार गर्न सवै संयन्त्रलाई प्रभावकारी वनाउने ।
  • सम्पूर्ण सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्ने ।
  • स्थानिय स्रोत साधनको समुचित परिचालन मार्फत दिगो, समावेशी र सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धि हासिल गर्ने ।
  • लैगिक तथा सामाजिक समावेशिकरणको विकास गर्ने ।
  • आन्तरिक पर्यटनको विकासमा जोड दिइ आय आर्जनमा वृद्धि गर्ने ।

अब म चालु आर्थिक वर्षको विनियोजन तथा खर्चको समीक्षा छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

  • चालु आ.. २०८१/०८२ मा विनियोजित कूल बजेट रु. ६७ करोड २८ लाख ५० हजार २५६ रुपैयाँ रहेकोमा जेष्ठ मसान्त सम्ममा ३८ करोड ३० लाख ९० हजार १८० खर्च भएको छ भने चालु आ.. को अन्त्य सम्ममा ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान छ ।
  • चालु आर्थिक वर्षमा गाउँपालिकाले अनुमान गरेको राजश्व मध्ये जेठ मसान्त सम्ममा ७६ लाख रुपैयाँ संकलन भएको छ भने चालु आर्थिक वर्षको अन्त्य सम्ममा रु. १ करोड पुग्ने अनुमान छ ।

आदरणीय सभाका सभाध्यक्ष ज्यू अब म आर्थिक वर्ष २०८२/०८३ को आयको प्रक्षेपण गर्न चाहन्छु ।

  • आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि वित्तिय परिचालन र खर्च अनुमान गर्दा वित्तिय सन्तुलन कायम गर्ने उदेश्य लिई सोही अनुरुप योजना तथा कार्यक्रमहरु तर्जुमा गरी रकम विनियोजन गरेको छु । आगामी आ.. का लागि रु ५6 करोड ४9 लाख 8६ हजार ५७३ आय प्रक्षेपण गरेको छु । गाउँपालिकाको आन्तरिक आयबाट १ करोड ११ लाख १५ हजार 500 रुपैयाँ प्राप्त हुने अनुमान छ ।
  • संघीय सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ७ करोड ८७ लाख ९५ हजार ५७३, संघीय समानिकरण बापत रु ९ करोड ५५ लाख, संघीय सशर्त अनुदानबाट रु २७ करोड ४५ लाख, संघीय विशेष अनुदान ६९ लाख, संघीय समपुरक अनुदान रु ३ करोड ७२ लाख प्राप्त भएको छ भने प्रदेश सशर्त अनुदानबाट रु १ करोड ५५ लाख ६१ हजार, समपुरकबाट रु १ करोड ४० लाख, समानीकरणबाट रु ८६ लाख ७५ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु ७६ लाख ५५ हजार प्राप्त हुने अनुमान गरेको छु ।

अब म आगामी आर्थिक वर्षको गाउँपालिकाको बजेटमा रहेका मुख्य मुख्य क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछुः

शिक्षा,

  • गाउँपालिका भित्र सञ्चालित भौतिक रुपमा जिर्ण भएका विद्यालय भवन, शौचालय तथा घेराबारा निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु। कम्युटर प्रिन्टर नभएका विशेषगरी आधारभूत विद्यालयहरुको लागि कम्युटर व्यवस्थापन वापत रु. 9 लाख बजेट विनियोजन गरेको छु।
  • सामुदायिक विद्यालयका शिक्षक एवं वालविकासका सकाहरुको पेशागत क्षमता अभिवृद्धि गर्दै लागिनेछ। यसका लागि टिपिडी तालिम र मन्टेश्वरी तालिको लागि आवश्यक बजेट रु. १० लाख विनियोजन गरेको छु।
  • फाकफोकथुम गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले बोल्ने मातृभाषालाई आधार बनाएर मातृभाषा पठनपाठन गर्नको लागि अध्ययन गरिनेछ। र प्राप्त प्रतिवेदनको आधारमा मातृभाषा शिक्षालाई पठनपाठन सुरु गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • नेपालको संविधान प्रदत्त स्थानिय तहको अधिकार क्षेत्रभित्र पर्ने आधारभूत तहको शिक्षालाई गुणस्तरीय तथा सर्वसुलभ बनाउन कक्षा ८ को परिक्षालाई गाउँपालिका स्तरीय बनाउने र सामुदायिक विद्यालयहरुमा शैक्षिक सवलिकरण कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि रु. ८ लाख विनियोजन गरेको छु ।
  • सामुदायिक विद्यालयहरुमा पठनपाठन गर्नका लागि स्थानिय पाठ्यक्रम निर्माण गर्न र मातृभाषाको पाठ्यपुस्तक व्यवस्थापनको लागि अनुदान उपलब्ध गराउन आवश्यक रु. 5 लाख विनियोजन गरेको छु ।
  • विद्यार्थीको नतिजा सुधार गर्न तथा पठनपाठनलाई नतिजामुलक बनाउन कक्षा ८ र १० मा विद्यार्थी एवं विद्यालयसँगको साझेदारीमा अतिरिक्त कक्षा सञ्चालन गर्न रु. 5 लाख ५० हजार विनियोजन गरेको छु।
  • प्रअ तथा शिक्षकहरुको नियमित बैठक सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । शिक्षकहरुको क्षमता विकास तालिम र प्रश्नपत्र निर्माणको लागि तालिम सञ्चालन गर्न आवश्यक रु. 3 लाख विनियोजन गरेको छु ।

स्वास्थ्य तथा आयुर्वेद सेवा,

  • गाउँपालिका भित्रका स्वास्थ्य चौकीहरुबाट प्रदान भइरहेको प्रसुति सेवालाई भरपर्दो र विश्वासिलो बनाउन सबै प्रसुति केन्द्रहरुलाई सुदृणीकरण गर्ने कार्यलाई निरन्तरता दिएको छु ।
  • गाउँपालिकाबासी आम नागरिकहरुको स्वास्थ्य उपचारमा सहयोग गर्न, राहत उद्दधार गर्न र विपन्न नागरिकहरुको परिवारमा आकस्मिक दुर्घटना भएमा शव पोस्टमार्टम गर्न यातायात खर्च उपलब्ध गराउने व्यवस्था मिलाएको छु। यसको लागि आवश्यक रु. 20 लाख विनियोजना गरेको छु।
  • गाउँपालिका भित्र रहनु भएका दिर्घरोगीहरु किड्नी समस्या भइ डायलसिस गरिरहेका, क्यान्सर विरामी तथा मेरुदण्ड पक्षघात भएका विरामीहरुलाई नेपाल सरकारले तोके बमोजिम मासिक रकम अग्रीम भुक्तानी गर्न रु. 8 लाख 40 हजार विनियोजन गरेको छु ।
  • गाउँपालिकामा स्वास्थ्य सेवालाई घर घर सम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहनु भएका स्वास्थ्य तर्फका राष्ट्रिय महिला स्वयंसेविकाहरुको कामको प्रसंशा गर्दै थप प्रोत्साहन गर्दै लगिने छ । निजहरुलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहन स्वरुप वार्षिक रुपमा दिदै आइरहेको जनही रु. १० हजार भत्तालाई निरन्तरता दिएको छु । यसका लागि रु. 12 लाखविनियोजन गरेको छु ।
  • स्वास्थ्य चौकीमा रहेको प्रसुति केन्द्रहरुलाई सुदृढीकरण गर्दै लगिनेछ ।यसका निम्ति स्वास्थ्य चौकीहरुमा दक्षता प्राप्त अनमीहरुको व्यवस्था गरिनेछ । यसका लागि SBAतालिम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिकाका सुत्केरी विशेषगरी विपन्न परिवारका सुत्केरीहरुलाई गाउँपालिकाको प्रसुति केन्द्र र स्वास्थ्य संस्थाहरुमा प्रसुति सेवा लिए वापत ३ महिना सम्म मासिक रु. 2 हजारका दरले एकमुष्ठ रु. 6 हजार नगद पोषण खर्च वापत उपलब्ध गराउने व्यवस्था गरेको छु। यसको लागि आवश्यक बजेट रु. 2 लाख ५० हजार विनियोजन गरेको छु।
  • गाउँपालिका भित्र रहेका आम नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन स्वास्थ्य चौकीहरुबाट निशूल्क औषधि वितरणको लागि आवश्यक बजेट रु31लाख 50 विनियोजन गरेको छु ।
  • स्वास्थ्य क्षेत्रलाई वैकल्पिक चिकित्साको माध्यमबाट थप सुरक्षित र भरपर्दो बनाउन आयुर्वेद स्वास्थ्य सेवा मार्फत समेत गाउँघर क्लिनिक र उपचार सेवालाई विस्तार गर्दै लगिने छ । यसका लागि आयुर्वेद सेवा शाखालाई आवश्यक रु. 5 लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाका स्वास्थ्य चौकीहरुको क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ। सबै स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण गरिनेछ। साथै AI X-ray प्रविधिबाट क्षयरोग स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनेछ। यसको लागि आवश्यक रु. 4 लाख ५० हजार विनियोजन गरेको छु।

कृषि तथा पशुपंछि विकास,                                                    

  • विद्यमान सिँचाइ प्रणालीको स्तरोन्नति,आधुनिक तथा वैकल्पिक सिँचाई प्रविधिको प्रयोग गरी खेतीयोग्य क्षेत्रहरुमा नियमित रुपमा सिँचाइ सुविधा र नयाँ क्षेत्रहरुमा सिँचाइ सेवा विस्तार गरिनेछ। यसका लागि साना सिंचाइ योजनासँग साझेदारीमा कुलो निर्माण गरिनेछ। यसका लागि साझेदारी बजेट रु. 1 करोड १२ लाख विनियोजन गरेको छु।
  • गाउँपालिका भित्र रहेका व्यावसायिक र विभिन्न सरकारी निकायमा दर्ता भएका कृषि फर्म, कृषक समुह, कृषि सहकारी आदीलाई प्रोत्साहन गर्न कृषिका आधुनिक प्रविधि तथा यन्त्र-उपकरण वितरण कार्यको लागि वडा मार्फत आवश्यक बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका रैथाने बाली संरक्षण, तोरी खेती प्रवर्धन र ब्रान्डीङ गर्ने प्रकृया सुरु गरिनेछ। यसका लागि आवश्यक रु. 10 लाखविनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन र उत्पादनलाई गुणस्तरिय बनाउनको लागि IPM कार्यक्रम सञ्चालन गरिनेछ। साथै उत्पादनको आधारमा प्रोत्साहन कार्यक्रम लागु गरिनेछ। यसका लागि रु. 7 लाख विनियोजन गरेको छु।
  • गाउँपालिकामा स्थापना गरिएको नमुना कृषि उत्पादन केन्द्रलाई विस्तार गर्न रु. 5 लाख बजेट विनियोजन गरेको छु।
  • शुपन्छीमा देखिएको लम्पी स्किन रोग, खोरेत लगायत महामारी जन्य रोगहरुको निदानका लागि खोप र औषधि खरिद गर्न रु. 13 लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्रका कृषकहरुको पशुपन्छी पालन व्यावसायलाई थप प्रवर्धन गर्दै आधुनिक बनाउदै जानका लागि काउ म्याट सहितको गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिएको छु।।
  • पशु प्रजनन सेवा मार्फत उन्नत जातका नश्लको विकास तथा विस्तार सवै वडाहरुमा कृत्रिम गर्भाधान सेवा लाई निरन्तरको कार्यगरी उत्पादन बृद्दी कार्यक्रम सञ्चालन  गरिने छ । पशुपन्छी बजार प्रवर्धन तथा पशु प्रजनन सेवा कार्य तर्फ आवस्यक रकम रु 5 लाख विनियोजन गरेको छु ।
  • कृषक तथा पशुपालनमा संलग्न कृषकहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्दै उनीहरुको लगानीको आधारमा वर्गिकरण गरी वडा कार्यक्रम मार्फत गोठ तथा खोर सुधार कार्यक्रम सञ्चालन गरिनेछ।

पुर्वाधार विकासः

  • सामरिक महत्व बोकेको रवि आमचोक सडक र आमचोक शंकरचौक ठिङगेपुर खाम्बाङ सडक स्तरोन्नतिको कार्यलाई प्राथमिकतामा राखेको छु। संघीय समपुरक अनुदान मार्फत उक्त सडक स्तरोन्नति गर्न साझेदारी बजेट रु. १ करोड ६७ लाख विनियोजन गरेको छु।
  • प्रदेश समपुरक अन्तर्गत स्तरोन्नति गरिने पसल कोल्बोटे साप्तिन सडक र अन्तरे डाँडा जालपा कैजले सडक स्तरोन्नतिको लागि आवश्यक साझेदारी बजेटरु 60 लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकामा गत तथा चालु आर्थिक वर्षमा निर्माणाधिन तथा अधुरा योजनाहरुलाई पुर्णता दिने कार्यलाई प्राथमिकतामा राखेको छु। फाकफोकखोला ट्रस्ट ब्रिज र पशु अस्पतालको निर्ण सम्पन्न गर्न आवश्यक रबजेट रु. 83लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाका सबै वडा कार्यालयहरुबाट गाउँपालिकाको कार्यालय सम्म जाने बाटोलाई अलवेदर चल्ने गरी स्तरोन्नति गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरी सोलिङ ग्राभेल लगायत गर्ने कार्यलाई प्राथमिकता साथ कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिकाका सडकहरुको स्तरोन्नति गरी आम नागरिकहरुको दिनचर्या र आवागमनलाई सुरक्षित भरपर्दो र नियमित बनाउन शाखाबाटोहरुको मर्मत तथा स्तरोन्नति गर्न, खानेपानी व्यवस्थापन गर्न, मठ मन्दिर संरक्षण गर्ने लगायत कार्यको लागि सबै वडाका योजनाहरुलाई सकेसम्म सम्बोधन गरिने छ। यसका लागि पूर्वाधार विकास तर्फ गाउँपालिका तर्फ बजेट रु. १ करोड ५० लाख बजेट विनियोजन गरेको छु।

लक्षित कार्यक्रम तर्फः

  • फाकफोकथुम गाउँपालिका विभिन्न जनजाती, भेषभुषा, भाषा, धर्म साँस्कृतिक विविधताले युक्त गाउँपालिका हो । यहाँ रहेको कला संस्कृतिको उजागर गरेर ऐतिहासिक रुपमा संरक्षण र संबर्धन गर्दै लगिनेछ । आदिवासी जनजाति लक्षित कार्यक्रम सञ्चालनको लागि रु. 8 लाख विनियोजन गरेको छु ।
  • राज्यको मुल प्रवाह भन्दा बाहिर रहेर अवसरबाट बञ्चित गरी पछाडि पारिएका दलित तथा अल्पसंख्यक नागरिकहरुको सशक्तिकरण गर्दै राज्यको मुल प्रवाहमा समावेश गर्दै लगिनेछ । यसका लागि तालिम तथा जनचेतामुलक कार्यक्रम तथा सामाग्री वितरणमा रु. 3 लाख विनियोजन गरेको छु ।
  • समाजमा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरौँ उनीहरुको जीवन यापनमा सहयोग पुर्याउ भन्ने मुल अभिप्रायका साथ जेष्ठ नागरिकहरुको सम्मान तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि आवश्यक विनियोजन गरेको छु ।
  • अपाङ्गाता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा र क्षमता अविबृद्धि गर्दै उनीहरुको हक र अधिकार स्थापित गर्दै लगिनेछ । यसका लागि प्रदेश सरकारसँग साझेदारीमाविभिन्न कार्यक्रम सञ्चालन गर्न रु.8 लाख विनियोजन गरेको छु ।
  • ज्येष्ठ नागरिक, महिलातथा वालबालिकाहरुको जीवन यापनमा सहजता ल्याउन र जीविकोपार्जनलाई थप टेवा पुर्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसका लागि महिला, वालबालिका तथा समाजकल्याण शाखालाई एकमुष्ट रु 12 लाख विनियोजन गरेको छु ।

न्यायिक समितिः

  • संविधानले दिएको अधिकारको प्रयोग गर्दै गाउँपालिका भित्रका न्यायिक समितिको अधिकार क्षेत्र भित्रका न्यायिक निरुपण गर्न आउने खर्च व्यवस्थापनको लागि रु. 5 लाख बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिकामा न्यायिक निरुपणको प्रकृया र कानून सम्बन्धी सामान्य जानकारी प्रदान गर्न कानूनी सचेतना तालिम सञ्चालनका लागि रु 2 लाख विनियोजन गरेको छु ।
  • प्रत्येक वडाका विवाद तथा न्यायिक निरुपणका कार्यहरु वडस्तरीय मेलमिलाप केन्द्रहरुको सुदृणीकरुण गरी क्षमता विकास तालिम सञ्चालन गर्न आवश्यक छ । यसका लागि पुनर्ताजगी तालिम सञ्चालन गर्नका लागि आवश्यक रु 3 लाख 20 हजार विनियोजन गरेको छु ।
  • वडास्तरीय मेलमिलापकर्ताहरुको पुनताजगी तालिम र नियमित बैठक तथा अन्तरक्रिया सञ्चालन गर्न आवश्यक बजेटरु. 3 लाख विनियोजन गरेको छु ।

प्रकोप व्यावस्थापनः

  • फाकफोकथुम गाउँपालिकामा पहिरो तथा आगोलागिजन्य विपद्को घटनाहरुको घट्ने संभावना देखिएकोले यसबाट सुरक्षित रहन विपद् प्रतिकार्य तथा उत्थानशिल योजना बनाइ कार्यान्वयन गरिनेछ । विपदबाट प्रभावित नागरिकहरुलाई सहायता गर्न तथा विपद् बाट क्षति पुगेका भौतिक संरचना निर्माण एवं सडक कर्मतको लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरी रु. 50 लाख विनियोजन गरेको छु ।

खेलकुदः

  • गाउँपालिकाका सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको खेल भावना जगाउन तथा गाउँपालिकाको खेलकुद क्षेत्रमा योगदान पुर्याउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चलान र जिल्लास्तरिय प्रतियोगितामा सहभागिताको लागि रु 8 लाख विनियोजन गरेको छु ।
  • गाउँपालिका भित्र सञ्चालन हुने खेलकुदलाइ प्रोत्साहन गर्न विभिन्न क्लबहरुलाई सहयोग गर्न खेलकुद सहायता कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

प्रधानमन्त्री रोजगार कार्यक्रम तथा सामी कार्यक्रमः

  • गत विगत देखि सञ्चालन भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिइनेछ । संघीय अनुदानका साथ साथै  रोजगारी नीति तथा योजना तयार पार्न गाउँपालिकाको तर्फबाट साझ्दारी वापत आवश्यक बजेटरु. 14 लाख विनियोजन गरेको छु ।
  • वैदेशिक रोजगारलाई सुरक्षित र लाभदायिक बनाउन गाउँपालिका भित्र रिटर्नी स्वयंसेवक परिचालन गरी वैदेशिक रोजगार सम्बन्धी जानकारीकुलक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि साझेदारी वापत आवश्यक बजेट विनियोजन गरेको छु।

सुशासन प्रवर्धनः

  • गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन प्रशासन सुधार कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकालाई सुचना प्रविधि मैत्री बनाउन डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याइनेछ ।
  • कर्मचारी तथा जन प्रतिनिधिहरुलाई सुचना प्रविधि मैत्री बनाउन आवश्यक तालिम सञ्चालनको लागि रु 5 लाख विनियोजन गरेको छु ।
  • स्थानीय तहको संस्थागत क्षमता मुल्याङ्कन LISA र वित्तिय सुशासन जोखिम मूल्याङ्कन FRRAP सञ्चालन गरी गाउँपालकाको सुशासन प्रवर्धनमा जोड दिइनेछ । यसका लागि आवश्यक बजेट रु. 2 लाख विनियोजन गरेको छु ।
  • कर्मचारीहरुको वृत्तिविकासका लागि कर्मचारी कल्याण कोषमा वर्षेनी कोष जम्मा गरिदै लगिनेछ । आ.व. 2082/83 का लागि कर्मचारी कल्याण कोषको लागि रु 5 लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाले खरिद गर्ने मेकानिकल सेवाहरुलाई पारदर्शि र विश्वसनिय बनाउन सवारी मर्त एवं मेकानिकल सामानहरुको खरिद प्रकृयामा सहजिकरण लागि मेकानिकल परामर्श सेवा लिइनेछ। यसका लागि आवश्यक बजेट रु. 2 लाख विनियोजन गरेको छु।

वडातर्फ,

  • वडाका समग्र आवश्यकताका आधारमा वडा गत योजनाहरु सञ्चालन गर्न वडा नं. १ मा रु. ४2 लाख विनियोजन गरेको छु ।वडा नं. २ मा रु. 41 लाख विनियोजन गरेको छु ।वडा नं. ३ मा रु. ४० लाख विनियोजन गरेको छु ।वडा नं. ४ मा रु. ४1 लाख विनियोजन गरेको छु ।वडा नं. ५ मा रु. ४० लाख विनियोजन गरेको छु ।वडा नं. ६ मा रु. 40 लाख विनियोजन गरेको छु ।वडा नं. ७ मा रु. 40 लाख विनियोजन गरेको छु ।
  • फाकफोकथुम गाउँपालिकाको आर्थिक वर्ष २०८2÷०८3 को नीति, वजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा सुझाव सल्लाह तथा निर्देशन प्रदान गरी सहयोग गर्नु हुने गाउँपालिकाका अध्यक्ष ज्यू,  वडाका जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, वुद्धिजीवि समुह, कर्मचारी साथीहरु, विभिन्न शिक्षकहरु, विषयगत शाखाका शाखा प्रमुखहरु, सम्पूर्ण करदाता तथा गाउँपालिकावासी प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छु ।
  • यसै गरी नीति तथा कार्यक्रम एवं वजेटको प्रस्ताव तर्जुमा प्रक्रियामा निरन्तर कार्य गर्ने स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समितिका पदाधिकारी साथीहरु र सो को तयारीमा सहयोग पुर्याउने हुने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।
  • कार्यक्रमको सफलकार्यवयन्मा समुदाय, जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्यादै ठूलो भुमिका रहेको हुन्छ । तसर्थ गाउँपालिकाले घोषणा गरेका कार्यक्रमहरुमा गाउँपालिकावासीहरुले अपनत्व ग्रहण गरी यसको कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा लिएको छु । योजना तथा कार्यक्रमको सफल कार्यन्वयनबाट गाउँपालिकाले प्रदान गर्ने सेवामा गुणात्मक सुधार ल्याई सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएको छु । यसबाट भविश्यमा स्थानीय सरकारलाई तुलनात्मक रुपमा सुदृढ व्यवस्थित सक्षम वनाउन सकिने विश्वास लिएको छु । आर्थिक वर्ष २०८2÷०८3 को नीति कार्यक्रम तथा बजेटको कार्यन्वयनमा जनप्रतिनिधि, गाउँपालिकावासी मान्यजनहरु, राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, सरकारी तथा गैर सरकारी संघ संस्था, निजी क्षेत्र, कर्मचारी लगायत सवैबाट सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा,

  • मुलुक भित्र तथा बाहिर रहनु भएका सम्पूर्ण नेपाली वुवाआमा दिदी वहिनी तथा दाजुभाईलाई सवल सक्षम समृद्ध र न्यापूर्ण गाउँपालिका निर्माणमा आआफ्नो ठाउँबाट योगदान गर्न आव्हान गर्दछु ।

अभिवादन÷सेवारो।

श्री कल्पना राई,

उपाध्यक्ष

फाकफोकथुम गाउँपालिका,

मितिः 2082/03/09

 

 

प्रतिकृया दिनुहोस