• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:43:34

अर्गानिक चिया कृषकलाई कम्पोष्ट मल र मूल्यमै समस्या 

आइतबार, १५ चैत, २०७७


भगीरथ भण्डारी
इलाम १५ चैत्र
चियाको राजधानी भनेर चिनिने इलाममा अर्गानिक चिया कृषकलाई मल र मूल्यमै समस्या भएको कारण कृषक मार्कामा परेको कृषकको गुनासो छ । हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानले आफू खुसी मूल्य तोकिदिने गरेको कारण समस्या भएको हो । चियालाई आवश्यक पर्ने अर्गानिक मलको अभाव र हरियो चियापत्तिको मूल्यमा अन्तर भएको भएको हो । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार नगरेको सरोकारवाला बताउँछन् । कारखानाले बजारमा लाने चियाको मूल्य अनुमान गर्न मात्र सक्छन् । कारखानाले बेच्ने वास्तविक बजार मूल्य कृषकले कहिल्यैं थाहा पाउँदैनन् । चिया प्रसोधन कारखाना भने बजार मूल्य भएकै कारण बढिरहेपनि कृषकले भने चिया खेती बढाउन सकेका छैनन । किसानका पिरमार्कामा चिया कारखाना जिम्मेवार बन्नुपर्ने इलामको त्रियुगा चिया सहकारी संस्थाका व्यवस्थापक ताराकुमारी राई बताउँछिन । उनी भन्छिन,‘चिया किषान र उद्योगको २१ व्र्ष भन्दा लामो सम्बन्ध रहेको हुँदा उद्योग र कृषक दुवैलाई मार्का नपर्ने गरी सम्बन्ध नङ र मासुको जस्तै बनाउनु पर्ने बताईन ।’
त्यस्तै कृषक चिया कृषक तारादेवि खनाल अर्गानिक चिया उत्पादनमा मल र मूल्यमै समस्या हुनेगरेको बताउँछिन । अर्गानिक चिया उत्पादन गर्नुपर्ने भन्ने तर मल उत्पादनमा कारखानाले कुनै चासो नराख्नु र प्रत्येक कारखानाको मूल्य फरक हुनाले पनि समस्या भएको खनालको भनाई छ  । उनी भन्छिन ‘हरियो पत्ति संकलन केन्द्र पनि थोरै छन त्यसलाई थप गर्नु पर्ने र गाई पालन तथा कम्पोष्ट मल व्यवस्थापनमा कारखानाको ध्यान जानुका साथै हरियो पत्ति ढुवानिको साधन नहुँदा सम्म सँधै समस्या भईरहन्छ ।’ अर्गानिक खेती र ननअर्गानिक खेतिको मूल्यमा धेरै अन्तर नभएको कारण पनि अर्गानिक खेती गर्ने कृषक मारमा परेको गुनासो छ । अवका दिनमा अर्गानिक खेतीको विकल्प नभएको भन्दै कृषकले गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने र कारखानाले सोहि अनुसारको मूल्य दिनुपर्ने इलाम नगरपालिका एकका वडाध्यक्ष अम्बिका गौतम बताउँछन । यस वर्षको चियाको पहिलो टिपाई शुरु नभएपनि गतवर्षको तुलनामा जिल्लाका कतिपय कारखानाले तीन तहमा गे्रडिङ गरिएको अर्गानीक हरियो पत्ती पत्तीलाई प्रतिकेजी ५० देखि ८० रुपयाँ सम्ममा खरिद गर्ने गरे पनि कति पय कारखानाले भने प्रतिकेजि ९० रुपैयाँ सम्म दिनेगरेको बताउँछन । हरेक कारखानाले उत्पादन गरेको चियाको बजार एउटै भएता पनि कृषकलाई दिने मूल्यमा फरक आउनाले कृषक आफूले गरेको खेती प्रति सन्तुस्ट बन्न नसकेका हुन । 


 

प्रतिकृया दिनुहोस