• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:43

४० वर्ष भारतीय जेलजीवन बिताएका दुर्गा प्रसादले ६० वर्षमा पाए नागरिकता

आइतबार, १५ चैत, २०७७


इलाम १५ चैत्र
इलामको माई नगरपालिका –१० लुम्बाकका दिपक जैसी  (दुर्गाप्रसाद तिम्सिना) ले ६० वर्षको उमेरमा नेपाली नागरिकताको पाएका छन । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनले जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । दिपकले पाएको नागरिकतामा भतिजो गोपालले सनाखत गरेका छन । जिल्ला प्रशासन कार्यालयमा नागरिकताको लागि पुगेका दुर्गाप्रसादलाई प्रशासकिय अधिकृत देवीचरण फुएँलले ०३–०१–७७ –०३२५१ नागरिकता प्रमाण पत्र नम्बर भएको नागरिकता प्रदान गरे । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले नागरिकता हस्तान्तरण गरेका थिए । तिम्सिनाको नागरिकतामा बाबुको महलमा चम्फाखर तिम्सिना, आमाको महलमा धनमाया तिम्सिना उल्लेख छ । तिम्सिनाको इलामको एकातप्पा गाविसको दोकानडाडामा २०१७ साल साउन २० गते जन्म भएको हो । नागरिकता पाउँदा आफुँ खुशी भएको बताए  ।


दुर्गा प्रसादको उपचार प्रदेश सरकारले गर्ने


बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना)को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए । उनले भने ‘दीपकको उपचार गर्ने बारे अन्य व्यवस्था मिलाउन प्रशासन कार्यालय इलामलाई  भनेका छौँ, उनलाई जिल्लामै उपचार गर्दा हुन्छ कि अन्य ठाउँमा लैजानु पर्ने भन्ने बारेमा बुझ्न प्रशासन कार्यलयलाई निर्देशन दिईएको छ ।’ 
क्षतिपुर्ति माग भए दिन अदालतको निर्देशन
४० वर्षपछि भारतीय जेलबाट रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिनाको परिवारले क्षतिपूर्ति मागे दिन  कलकत्ता उच्च अदालतले आदेश दिएको छ । कलकत्ताको उच्च अदालतले तिम्सिनाका परिवारले क्षतिपुर्तिमागे कानुनअनुसार दिन आदेश दिएको हो ।  दुर्गाप्रसादको मुद्दा हेरिरहेका वकिल हिरक सिन्हाले जेल बसेको घटनामध्ये दुर्गा प्रसादका जस्ता घटना कमैमात्र हुनेगरेको भन्दै क्षतिपुर्ति माग भए दिन आदेश दिएको बताईएको छ । 

 


दिपकले भने मलाई फसाईयो 


बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना)ले मलाई फसाईएको बताएका छन । बिहिबार नागरिकता लिन जिल्ला प्रशासन कार्यालय इलाम आएका तिम्सिनाले आफूले नगरेको काममा फँसाईएको बताएका हुन । ‘घरबाट हिँडेपछि पहिले आसाम पुगेर गाई चराउने काम गरेको सुनाउँदै आसाम पछि दार्जेलिङ आएर चिया बगानमा घाँस काट्ने कामगरे सुनाउँदै दार्जेलिङ बाट मलाई जेलमा लगाएको सुनाए । दिपकले भने ‘करेन्ट लगाए, कुटाइ कति खाइयो भन्ने थाहा पाउने होस पनि थिएन ।’ पटक –पटक आफूले हत्या नगरेको सुनाउँने दिपक मलाई फँसाईएको बताउँछन । घर आएपछि दिपकले आफूले ‘गर्दै नगरेको हत्यामा मैले गरेको हो भन्न लगाउन चुप्पी र खुकुरी देखाएको बताए ।  
इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ हाल फाकफोकथुम गाउँपालिका का २० वर्षे दीपक २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका थिए । उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका भनेपनि यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । जाएरिमा अनुसार दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको पाईएको छ ।


एउटा घर, एउटा चुलो एकै छाकमा तीन बान खाना


दिपक आउनु भन्दा पहिलेचारजनाको परिवार एउटा घर एउटमा चुल्हो तर खाना भने तीन बान लागेर पाक्ने गर्दछ । उक्त घरमा आमा धनमायाँ छुट्टै खाना पकाएर खेने गर्छिन भने छोरो धर्मानन्द र धर्मानन्दको छोरो गोपाल छुट्टै पकाएर खाने गर्छन । त्यस्तै धर्मानन्दकी कान्छिि श्रीमति गोपालकि सानि आमा ठाकुरकुमारी र २ छोरी त्यही चुलामा अर्काे चोटी पकाएर खानेगरेको पाईएको हो । परिवारसँग बेमेल भएका कारण चुल्हो एउटै तर छुट्टाछुट्टै खाना पकाएर खानेगरेको पाईएको हो । त्यतिमात्र होइन, मानसिक समस्यामा रहेकी पविमाया पनि घरभन्दा अलि तल अम्लिसोबारीमा एक्लै खाना पकाएर खान्छिन् ।
 

प्रतिकृया दिनुहोस