• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:13

इनपाका १२ वडामा ६० लाख, आठ महिनामा १० लाखको मात्र काम

बिहीबार, २९ फाल्गुण, २०७६

इलाम २९ फागुन :
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर दिगो विकासको लक्ष्यमा अघि बढीरहेको छ । तर स्थानीय सरकारले भने नगरपालिकाले छुट्याएको बजेट के गर्ने भन्ने योजनानै बनाउन सकेको छैन ।  आर्थिक वर्ष शुरु भएको आठ महिना बितिसक्दा पनि वडाले योजना बनाउन नसक्दा पहिलेकै असारे विकासको बेथिति रहिरेजस्तो देखिन्छ ।
इलाम नगरपालिकाको प्रत्येक वडामा यस आर्थिक वर्षमा नगरपालिकाले कृर्षिका लागि मात्रै छुट्याएको बजेटको १० लाखको मात्र भएको पाइएको छ । कृर्षिका लागि मात्रै भनेर इलाम नगरपालिकाले यस आर्थिक वर्षमा १२ वटा वडामा ६० लाख बजेट छुट्याएको थियो । उक्त रकम कार्यन्यनका लागि कतिपय वडाले योजनानै बनाउन सकेका छैनन ।्
 नगरपालिकाका प्रत्येक वडामा ५ लाखका दरले छुट्याएको बजेट आठ महिना बित्दा पनि अहिले सम्म अधिकांश वडाले के गर्ने भन्ने योजनानै बनाउन नसक्दा आर्थिक वर्षको अन्त्यमा मात्र हतार हतारमा काम सक्ने प्रवृति जनप्रतिनीधिमा पनि मौलाउने देखिन्छ । नगरपालिकाको ६० लाख मध्ये केहि वडाले काम गरेका छन भने अरु केही वडाले काम गर्ने भने पनि ती वडाले के गर्नेभन्नेमा योजनानै बनाएका छैनन ।
 किसानको आर्थिक विकासका लागि बजेट छुट्याएको उक्त बजेटको चार वटा वडाले मात्र काम गरेजस्तो देखिन्छ । काम गर्नेमा इलाम नगरपालिका १,३,९ र १२ नम्बर वडाले मात्र काम शुरु गरेको पाइएपनि अन्य वडाले भने काम थालेकै छैनन । 
इलाम नगरपालिकाको कृर्षि शाखाका अनुसार वडा नम्बर एकले तरकारी बालीको लागी दुई लाख ५० हजार खर्च गरीसकेको छ भने बाँकी रकम पनि र उन्नत घरपालुवा पशु लागि  कामगर्ने योजना बनाएर काम थालेको छ । एक नम्बर वडाले दुई लाख ५० हजार बराबरको लेकमा हुने नगदे वाली अन्र्तगत आलू मकै र गहुँको विउ खरिद गरेर वितरण गरिसकेको छ । 
त्यस्तै ३ नम्बर वडाले पनि बेमौसमी तरकारी खेतिका लागी बिउ वितरण गरेको छ । आफ्नो वडाका जुनसुकै समयमा पनि तरकारि उत्पादन गर्न र किषानलाई आत्मनिर्भर बनाउन बेमौसमि तरकारीको विउ वितरण गर्ने उदेश्यले वडामा उन्नत जातको बन्दाकोपि काउली र मूलाको विउ वितरण गरेको छ भने किषनलाई विउ नर्सरी का लागि १० मिटर सम्म प्लास्टिक दिएको छ । उक्त वडामा विउ वितरण भएुरपनि नर्सरिका विरुवा रोप्ने भईसकेको पनि शाखाका कर्मचारी उपेन्द्र नेपालले जानकारी दिए । 
उता ९ नम्बर वडाले एक लाख पचास हजार बराबरको मबै र सिमी, बोडीको विउ वितरण गरेको छ भने  अन्य रकम बाँदर व्यवस्थापन र कृर्षि सँग सम्बन्धित तालिम सञ्चालन शुरु गरेको । १२ नम्बर वडाले पनि आफ्ना वडामा बेमौसमी तरकारी खेती, उन्नत जातका वोका वितरण र मौरी पालनका लागी तालिम सञ्चालन गरिरहेको नगरपालिकाको कृर्षि शाखाले जनाएको छ । 
शाखाका उपेन्द्र नेपालका अनुसार सात नम्बर वडाले आयआर्जनको तलिम गर्ने भनेपनि नगरेको बताए । उनले भने आठ नम्बर वडाले पनि उक्त बजेटको दुई लाख पचास हजार आफ्नो वडामा रहेको इलामेली कृर्षि तथा पशुपन्छि पालन समूहलाई सहयोग गर्ने निर्णय गरेपनि कार्यन्वयन गर्न सकेको छैन । अन्य २,४,५,६,१० र ११ नम्बर वडाले के गर्ने भन्ने योजना शाखामा अहिले सम्म कुनै नआएको नेपालको भनाई छ । उनका अनुसार ‘बाँकि  वडाले पनि कामचाँहि गर्ने भनेर आएका छन तर यस्तो काम गछौ भनेर भनेका छैनन’ । 
यता वडा नम्बर पाँचका वडाध्यक्ष तथा नगर प्रबक्ता ठाकुरनारायण श्रेष्ठले यसै वर्ष बजेट भएको र कार्यक्रम बनाउने बेला भएको बताएका छन । नगरपालिकाको यस बजेटमा सबैवडाले एकै खालका कार्यक्रम गर्नुपर्छ भन्ने छैन श्रेष्ठले भने ‘कुनै वडाले विउ विजन बितरण गर्छन भने कुनैले सेमिनार, तालीम चलाउन सक्छन तर वडामा काम भने हुन्छ । नगरपालिकाले कृषिका लागि विनियोजन गरेको बजेट यसैवर्ष कार्यन्वयन हुन्छ’ ।
बजेट कार्यन्यन हुँदैन तरकारीमा परनिर्भर 
कृर्षिका लागि छुट्इिएको बजेट कार्यन्यवन त भएको छैन छैन तर कृर्षिका लागि कहलिएको इलाम अहिले तरकारीमा पर निर्भर बन्नु पर्ने बाध्यता छ । 
आफ्नै जिल्लामा उत्पादन गरेर तराईका मुख्य बजारदेखि भारतसम्म निकासी गरे पनि अहिले इलामका मुख्य बजारमा बाहृय जिल्लाबाटै आयात तरकारी बिक्री भइरहेको छ । इलाममा उत्पादन भएको टमाटर, काउली, मूला, रायो साग, स्कुस, खुर्सानी लगायतका तरकारी झापा देखि भारतका विभिन्न ठाउँ सम्म बिक्री हुने गर्दथ्यो तर अहिले टमाटर, काउली, बन्दा, खुर्सानी, प्याजलगायत उत्पादन सिलिगुडी लगायत बजारबाट खरिद गर्नुपर्ने बाध्यता छ । 
इलाम चोक बजारको ट्याक्सी स्टेन लाइनमा विगत १५ वर्ष देखि तरकारीको व्यापार गरिरहेकी प्रतीमा परियार जिल्लाकै तरकारी प्रशस्त नपाउनाले अन्यन्त्रबाट ल्याएर बेच्नुपर्ने बताउछिन  उनी भन्छिन अहिले थोर थोरै जिल्लाकै तरकारी आएपनि धेरै जसो जिल्ला बमाहिरकै तरकारी आउने गरेकनो छ । व्यापारीले पनि अहिले भारतमा उत्पादन भएको तरकारी किनेर बेच्नु पर्ने बाध्यता छ । व्यापारी भन्छन आफ्नै जिल्लामा प्रसस्त तरकारी उत्पादन हुने हो भने बाहृय जिल्लाबाट तरकारी खरिद गर्नुपर्ने बाध्यता हट्ने बताउँछन । 

प्रतिकृया दिनुहोस