• बुधबार ७-२६-२०८३/Wednesday 11-11-2026
  • 06:58:06

पार्किङ शुल्क असुल्ने, सुरक्षाबाट पन्छिने

बुधबार, २६ कार्तिक, २०८३



इलाम ।
पार्किङ सेवा उपलब्ध गराएबापत शुल्क असुल्ने तर पार्किङमा राखिएका सवारीसाधनको सुरक्षाको जिम्मेवारी नलिने भन्दै सूचना टाँसिएकाे छ ।
इलामको बहुतले भवनमा सञ्चालित ‘पार्किङ’ले विभिन्न प्रकारका सवारीसाधन पार्किङ गरेबापत समयअनुसार शुल्क लिने गरेको छ। पार्किङ स्थलमा राखिएको शुल्क तालिकाअनुसार सार्वजनिक सवारीसाधन, माइक्रो, व्यक्तिगत सवारीसाधन, टेम्पो तथा मोटरसाइकलका लागि फरक–फरक दर निर्धारण गरिएको छ।
तर, पार्किङ स्थलमै टाँसिएको सूचनामा भने ‘आफ्नो गाडीको सुरक्षा आफैँ गर्नुस्, पार्किङ सञ्चालकले केही पनि व्यहोर्दैन’ भन्ने आशयको सर्त उल्लेख गरिएको छ। शुल्क लिएर पार्किङ सेवा उपलब्ध गराउने सञ्चालकले सवारीसाधनको सुरक्षासम्बन्धी कुनै जिम्मेवारी नलिने बताएका छन ।
पार्किङ शुल्क तिरेपछि उपभोक्ताले आफ्नो सवारीसाधन सुरक्षित रहने अपेक्षा गर्नु स्वाभाविक हो। तर पार्किङमा राखिएको सवारीसाधन चोरी भएमा, तोडफोड भएमा वा कुनै किसिमको क्षति पुगेमा सञ्चालकले कुनै जिम्मेवारी नलिने सुचनाले यातायात व्यवसायीले शुल्क तिरेर पार्किङ गर्न समेत अन्याेल देखाएकाे बताएका छन ।


पार्किङ सेवा भनेको खाली ठाउँ उपलब्ध गराएर रकम असुल्ने माध्यम मात्र होइन पार्किङ सेवा भनेको खाली ठाउँ उपलब्ध गराएर रकम असुल्ने माध्यम मात्र बनाउन नमिल्ने व्यवसायीले बताए । उनले भने, ‘शुल्क लिने तर पार्किङ स्थलमा राखिएका सवारीसाधनको सुरक्षाका सम्भावित जोखिमबाट पूर्ण रूपमा पन्छिन मिल्दैन । सेवाग्राहीलाई सुरक्षित र व्यवस्थित पार्किङको अनुभूति दिलाउनु पनि सञ्चालकको दायित्व हो ।’
सम्बन्धित निकायले पनि शुल्क लिएर सञ्चालन भइरहेका पार्किङ सेवाको मापदण्ड र उपभोक्ताको अधिकारका विषयमा अनुगमन गर्नुपर्ने देखिन्छ। याे भवन नगरपालिकाले ठेक्कामा लगाएकाे छ । 

प्रतिकृया दिनुहोस
↑