• शनिबार ७-१५-२०८३/Saturday 10-31-2026
  • 07:55:13

केसीको स्वास्थ्य सिथिल बन्दै

शनिबार, १५ कार्तिक, २०८३

 

इलाम : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसी शारिरिक रुपमा शिथिल बन्दै गएका छन् । उनले सत्याग्रह सुरु गरेको तेस्रो दिन भयो । तेस्रो दिनमा आइपुग्दा उनले शारिरिक रुपमा सिथिल महसुस गरेका छन् ।
सुगर घटेको रहेछ उनले भने अब बोल्न पनि गाहे हुन थाल्यो । पानी मात्र पिएर सत्याग्रहमा रहेका उनको स्वास्थ्य जाँच गर्न हिजो साँझ इलाम अस्पतालको टोली पुगेपनि त्यस यता स्वास्थ्य जाँच गर्न नगको बताइएको छ । इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिताभ ठाकुरले डा. केसीको टीमबाट पछिल्लो स्वास्थ्यबारे जानकारी नदिएको बताएका छन् । उनले इलाम अस्पतालको तर्फबाट ४ जनाको स्वास्थ्य टोली तयार पारेर राखेको बताएका छन् । उनले स्वास्थ्य अवस्था बिषयमा आफुहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
यसैबिच, डा. केसीको सत्याग्रहप्रति सरकारले खास चासो नदेखाएको बताइएको छ । डा. केसीले आफ्नो छ बुँदे माग राखेर इलाममा सत्याग्रह बसेका छन् ।
गेटामा एमबीबीएस । नर्सिङ सञ्चालन र सिट वृद्धिसम्वन्धी विवादित निर्णय खाजेर गर्नु पर्ने सहित स्वार्थ बाझिने गरी गरिएका उपकुलपति तथा रजिस्ट्रारको नियुक्ति खारेज हुनुपर्ने विषयलाई आफ्नो मुख्य बटमलाइन बनाएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको चरम नीतिगत विचलनका विरुद्ध तथा सुशासन कायम गर्न डा. केसीले कात्तिक ११ गतेदेखि इलाम बजार नजिकै रहेको नारायणस्थान मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका छन् ।

प्रतिकृया दिनुहोस
↑