• शनिबार ७-१५-२०८३/Saturday 10-31-2026
  • 07:11:59

झापा महिला गोल्डकप मंसिर ५ देखि, दर्शकका लागी रिङलक प्यारापिट

शुक्रबार, १४ कार्तिक, २०८३


इलाम, १३ कात्तिक : 
दोस्रो संस्करणको झापा महिला गोल्डकप मंसिर ५ गतेदेखि १२ गतेसम्म हुने भएको छ ।  प्रतियोगितामा नेपाल, भारत र भुटानका गरि आठ टीम सहभागी हुने आयोजकले जनाएको छ । गोल्डकपलार्ई व्यवस्थित र आकर्षक बनाउन आयोजकले यसपटक दर्शकदीर्घामा नयाँ प्रविधि प्रयोग गरेको छ । झापाकोे दुधे रङ्गशालामा हुने प्रतियोगिताका दर्शकका लागि नेपालमै पहिलोपटक रिङलक प्रविधिमा आधारित आधुनिक अस्थायी प्यारापिट जडान गरिएको आयोजकले जनाएको छ ।  झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार मैदानको पूर्वतर्फ निर्माण गरिएको रिङलक प्रविधिको प्यारापिट दुई हजार दर्शक क्षमताको छ । ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरी निर्माण गरिएको उक्त संरचना प्रतियोगितालाई लक्षित गरेर तयार पारिएको हो । आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यन्त्र लैजान र राख्न सकिने भएको हुँदा यसलाई प्रयोग गरिएको आयोजकले जनाएको छ । 
प्यारापिट छ तहको हुनेछ भने यसमा प्रयोग हुने ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म क्षमता थाम्ने आयोजकको दाबी छ । संरचनामा इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ¥याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको अध्यक्ष थोप्राकाले बताए । रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट रहेको छ भने पूर्वतर्फ आधुनिक रिङलक प्यारापिट निर्माण गरिएको छ । उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिटसमेत निर्माण गर्ने तयारी छ ।  प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन ।
 

प्रतिकृया दिनुहोस
↑