• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 03:40:43

इलाममा विद्युत् झिमिक झिमिक, घण्टामै १५ पटकसम्म ट्रिप

बिहीबार, ८ असोज, २०८३

 

इलाम, ८ असोज :

 इलाममा विद्युत् सेवा भरपर्दो त परै जाओस झन् झिमिक–झिमिक हुन थालेको छ । उपभोक्ताका अनुसार एक घण्टामै १० देखि १५ पटकसम्म विद्युत् आउने–जाने गरेको छ । सोमबार बिहान मात्रै चार घण्टामा २७ पटक सम्म विद्युत गएको छ ।  पटक–पटकको ट्रिपिङ र भोल्टेजको उतारचढावले विद्युतीय उपकरण बिग्रने जोखिम बढेको छ । वर्षायाममा बाढी, पहिरो र हावाहुरीले पोल तथा तारमा क्षति पु¥याउने समस्या नयाँ होइन । तर क्षतिग्रस्त संरचना समयमै मर्मत नहुनु, पुराना काठका पोल विस्थापनमा ढिलाइ हुनु, ट्रान्सफर्मर अभाव र प्रसारण लाइन व्यवस्थापन कमजोर हुँदा समस्या झन् बढेको हो । ‘घरी भोल्टेज कम हुन्छ, घरी बढी । पटक–पटक लाइन जाने समस्याले ल्यापटप र उपकरण विग्रन थालेका हुन ।

विद्युत् वितरण केन्द्र इलामका प्रमुख रेवतकुमार चौधरीका अनुसार जिल्लामा अझै ६ हजार तीन सय काठका पोल फेर्नुपर्ने अवस्था छ । अहिलेसम्म करिब दुई सय पोल मात्र फेरिएका छन् । ‘आवश्यक संख्यामा पोल आउँदैन, जनशक्ति पनि पर्याप्त छैन,’ चौधरीले भने, ‘फेरि विपद् आयो भने बाँकी काठका पोल थप जोखिममा पर्छन् ।’ जिल्लामा ठूला क्षमताका ट्रान्सफर्मरको समेत अभाव छ । माई नगरपालिका र माइजोगमाई गाउँपालिकामा जडान गरिएका ५०–५० केभीका ट्रान्सफर्मर जलेपछि अहिले १५ केभीका ट्रान्सफर्मरबाट विद्युत् सेवा सञ्चालन गर्नुपरेको केन्द्रले जनाएको छ । कम क्षमताका ट्रान्सफर्मरका कारण उद्योग तथा व्यवसाय सञ्चालनमा समेत समस्या परेको छ । एउटै फिडरबाट दुई–तीन क्षेत्रमा विद्युत् वितरण गर्नुपर्ने बाध्यता र प्रसारण लाइन नियमित सफा नहुनुले पनि विद्युत् प्रवाह प्रभावित भएको केन्द्रको भनाइ छ । 

प्रतिकृया दिनुहोस
↑