खेलाडी सम्मान तथा कार्यालय प्रमुखको बिदाइ कार्यक्रम सम्पन्न
इलाम :
जिल्ला खेलकुद विकास समिति, इलामले विभिन्न क्षेत्रमा याेगदान गरेका व्याक्तिलाई सम्मान गरेकाे छ । साेमबार एक कार्यक्रम आयोजना गरि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश प्रतियोगितामा पदक विजेता खेलाडी, टिम कोच तथा व्यवस्थापकहरूलाई सम्मान गर्ने तथा अनिवार्य अवकास भएका कार्यालय प्रमुख योगबहादुर राईलाइ विदाई गरेकाे छ। जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईकाे प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष सुमन काफ्लेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्लास्थित विभिन्न खेल संघका अध्यक्ष तथा प्रतिनिधिहरू, खेलाडीहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लामा खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रोत्साहन तथा खेलकुद संस्थाको सुदृढीकरणका विषयमा आफ्ना महत्वपूर्ण धारणा राखे ।
साथै पदक विजेता खेलाडीहरू, टिम कोच तथा व्यवस्थापकहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो ।







प्रतिकृया दिनुहोस