• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:23

अलैंची खेतीमा विद्यालयकाे चासाे

बिहीबार, ७ श्रावण, २०८३

साेम सुनुवार, इलाम :   इलाम नगरपालिका ३ को पुवामझुवास्थित वीणापाणी माध्यमिक विद्यालयले विद्यालय परिसरको खाली जग्गामा अलैंची खेती सुरु गरेको छ। विद्यालयले गत साता करिब दुई रोपनी क्षेत्रफलमा सातसय भार्लाङ अलैंचीका बिरुवा रोपेको हो।
विद्यालयकी शिक्षिका धनमाया गुरुङका अनुसार भविष्यमा अलैंची उत्पादन भएपछि विद्यालयको आन्तरिक आयस्रोत वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालयको खाली जग्गाको सदुपयोग गर्दै आत्मनिर्भर बन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनकाे भनाइ छ ।
यसैगरी इलाम नगरपालिका–३, पुवामझुवाकै बेतेनीस्थित शारदा माध्यमिक विद्यालयले पनि आफ्नो बाँझो जग्गामा करिब १,२०० अलैंचीका बिरुवा रोपेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्योति राई (सोममाया) का अनुसार विद्यालयको दीर्घकालीन आयस्रोत सुदृढ गर्ने लक्ष्यका साथ अलैंची खेती विस्तार गरिएको हो।

प्रतिकृया दिनुहोस