कल्भर्ट बन्यो, नाली बनेन : सडक हिलाम्मे, यात्रु ओरालेर सवारी पार गर्नुपर्ने बाध्यता
बिहीबार, ७ श्रावण, २०८३
इलाम : फाकफोकथुम गाउँपालिका–३ स्थित रातमाटेको याङ्ख्वा खोलामा कल्भर्ट निर्माण गरिए पनि नाली निर्माण नगरिँदा सडक हिलाम्मे र जोखिमपूर्ण बनेको छ।
वर्षायाममा खोलाको पानी सडकमै बग्ने भएकाले सडक हिलाम्मे बनेको हो। सडकमा गहिरो हिलो जम्दा सवारीसाधन सञ्चालन गर्न निकै कठिन भएको छ। कतिपय अवस्थामा यात्रुलाई सवारीबाट ओरालेर मात्रै जोखिम मोलेर सडक पार गराउनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार निर्माण कम्पनीले कल्भर्ट निर्माण गरेपछि आवश्यक नाली निर्माण नगरी काम अधुरै छाड्दा पानीको उचित निकास हुन नसकी सडक बिग्रिएको हो। समयमै नाली निर्माण तथा सडक मर्मत नगरे वर्षायाममा स्थानीयवासी र यात्रुले थप सास्ती भोग्नुपर्ने देखिएको छ।







प्रतिकृया दिनुहोस