• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:44:05

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख रुपैयाँ घुससहित पक्राउ

बुधबार, ३१ असार, २०८३

इलाम,  चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौं) डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
आयोगका अनुसार इन्जिनियर खड्कालाई सेवाग्राहीबाट रु. ६,००,००० (छ लाख रुपैयाँ) घुस लिइसकेको अवस्थामा झापाको दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट बुधबार नियन्त्रणमा लिइएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस