• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:30:12

भूमिहीन दलित र सुकुम्बासीका लागि ७ दिने दाबी–उजुरी सूचना

मंगलबार, ३० असार, २०८३

इलाम। फाकफोकथुम गाउँपालिकाका सातवटै वडा कार्यालयले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको लगत सम्बन्धी प्रारम्भिक सूची सार्वजनिक गर्दै दाबी–उजुरीका लागि सात दिने सार्वजनिक सूचना जारी गरेका छन्।
राष्ट्रिय भूमि आयोगको कार्यविधिअनुसार वडा कार्यालयहरूमा प्राप्त निवेदनका आधारमा प्रारम्भिक सूची सार्वजनिक गरिएको हो। सूचीमा समावेश भएका व्यक्तिहरूको विवरणमा कुनै त्रुटि, संशोधन वा दाबी–विरोध भए सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित आफ्नो वडा कार्यालयमा सात दिनभित्र निवेदन दर्ता गर्न सक्ने जनाइएको छ।
सूचनाअनुसार दाबी–उजुरी दर्ता गर्ने अवधि २०८३ साउन ३० गतेसम्म कायम रहनेछ। तोकिएको अवधिभित्र प्राप्त हुने दाबी–उजुरीका आधारमा आवश्यक छानबिन गरी अन्तिम सूची तयार गरिने जनाइएको छ।
गाउँपालिकाका सातै वडा कार्यालयले सम्बन्धित सबैलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी आफ्नो दाबी वा उजुरी पेश गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस