• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:19

अब डेढ लाखमै लिङ्ग परिवर्तन

मंगलबार, २८ जेठ, २०८२

इलाम : 

नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन सम्बन्धी शल्यक्रिया सफल भएको छ ।  काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको टोलीले जनकपुरका २४ वर्षका ‘ट्रान्सजेन्डर’लाई पुरुषबाट महिलामा परिवर्तन गरेको हो । शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागका अनुसार, पुरुषको जननेन्द्रीयको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय बनाइएको हो । 

यसका लागि विभागले ‘ब्लु डाइमन्ड सोसाइटी’सँग प्रस्ताव गर्दा तीन जनाले इच्छा देखाएका थिए । अन्तिममा भने एक जनाले मात्रै लिंग परिवर्तन गराएका हुन् । जेठ १३ गते करीब पाँच घण्टाको शल्यक्रियापछि लिंग परिवर्तनका गरिएका व्यक्ति अहिले सामान्य अवस्थामा रहेको विभागले जनाएको छ । 

लिङ्ग परिवर्तन गराउन चाहानेहरू भारत, थाइल्यान्ड गएर शल्यक्रिया गराउँदै आएका थिए। अब नेपालमै डेढदेखि दुई लाख रुपैयाँमा लिंग परिवर्तन गराउन सकिनेछ। तर, नेपालमा लिंग परिवर्तन सम्बन्धी कानून बनेको छैन । शल्यक्रिया सफल भएपछि यसको पक्ष र विपक्षमा बहस शुरू भएको छ ।

प्रतिकृया दिनुहोस