• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:14

अर्गानिक खेतिकाे अवलाेकन

मंगलबार, २८ जेठ, २०८२

इलाम :  इलामको सूर्योदय नगरपालिकामा उत्पादित अर्गानिक तरकारी खेतीको अवलोकन भ्रमण गरेको छ। झापाकाे दमक नगरपालिका वडा नं ६ बाट आएकाे  टाेलीले खेतीकाे अवलाेकन गरेकाे हाे । 

भ्रमण टोलीले सूर्योदय नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरू — श्रीअन्तु, कन्याम, हर्कटे, पार्थीभरा, कजनी, गहिरीगाँउ, फिक्कल हुँदै रत्नचोक आहालेसम्मको भ्रमण गरेको थियो।

उक्त टोलीमा वडा नं। ६ का वडाध्यक्ष टेकबहादुर थापा, वडासचिव प्रकाश घिमिरे, खरिदार निरोज भण्डारी, सवारी चालक सुमन गुरागाईं र कर्मचारी रोशन रिजाल सहभागी थिए।

भ्रमणको उद्देश्य सूर्योदय नगरपालिकामा हुने अर्गानिक खेतीका अभ्यासहरूको अवलोकन गरी ती अभ्यासहरूलाई आफ्नो क्षेत्रमा समेत लागू गर्ने रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस