• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 02:47:51

सुत्केरी विदामा बसेकी कर्मचारी गर्भवती भएपछि...

मंगलबार, ६ कार्तिक, २०८१

सुत्केरी बिदामा बसेकी कर्मचारी गर्भवती हुँदै कार्यालयमा फर्किएपछि कम्पनीले ती कर्मचारीलाई कामबाट निकालेको छ । तर रोजगार न्यायाधिकरणमा ती महिला कर्मचारीले मुद्दा जितेकी छिन् ।

ती कर्मचारीलाई २८ हजार पाउन्ड क्षतिपूर्ति तिर्न न्यायाधिकरणले कम्पनीलाई आदेश दिएको छ । लण्डनकाे पोन्टीप्रिडस्थित फर्स्ट ग्रेड प्रोजेक्ट्समा एडमिन असिस्टेन्टको रूपमा काम गरेकी ती महिलाले कम्पनीविरुद्ध भेदभावपूर्ण बर्खास्त गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

कम्पनी व्यवस्थापनद्वारा ‘अनावश्यक कर्मचारी’ घोषित

कर्मचारीका अनुसार सुरुमा प्रबन्ध निर्देशकले काममा फर्किदा सकारात्मक प्रतिक्रिया जनाएका थिए । यद्यपि, गर्भवती भएको खुलासा भएपछि उनी प्रति मालिकको दृष्टिकोण फेरियो । सन् २०२२ को मार्चमा सुत्केरी बिदा सकिएपछि कम्पनीले आफूलाई सम्पर्क गर्न कुनै प्रयास नगरेको निकिताको भनाइ छ ।

त्यसपछि उनले कम्पनीका प्रबन्ध निर्देशकलाई अप्रिल ४ मा आफ्नो बिदाबारे इमेल गरिन् । यसको पनि जवाफ आएन । निकिताले ११ र १८ अप्रिलमा बिदाको लागि निवेदन लेख्दै इमेल गरेकी थिइन् । पछि जेरेमी मोर्गनले जवाफी इमेलमा कम्पनीको आर्थिक समस्या र भुक्तानीमा ढिलाइका कारण उनीहरूलाई अनावश्यक कामदारको श्रेणीमा राखेको बताए । पछि नयाँ सफ्टवेयर ल्याउन लागेकोले कम्पनीमा उनको कामै नभएको जानकारी दिइयो ।

 ऐजेन्सी 

प्रतिकृया दिनुहोस