हप्ताको दुईदिन इलामबाट नियमीत उडान शुरु
इलाम ११ फागुन :
इलामको सुकिलुम्बा विमानस्थलबाट बुधबारदेखी ब्यवसायिक उडान सुरु भएको छ । नियमित उडानका लागि सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । हाल इलाम काठमाण्डौको आठ बजार सात सय भाडादर कायम गरिएको छ ।
इलाममा निर्माण भएको सुकिलुम्बा बिमानस्थलबाट बुधबार देखी ब्यवसायिक उडान सुरु भएको छ । तारा एयरको बिमानले उडान सुरु गरेको हो । पहिलो दिन काठमाण्डौबाट इलामका लागि ४६ मिनेट समय लागेको छ । पहिलो दिन ११ जना यात्रु सहित आएको बिमानले जाँदा १५ जना यात्रु लिएर फर्किएको छ । २०६८ सालबाट निर्माण सुरु भएको बिमान स्थालमा १० वर्ष पछि ब्यवसायिक उडान सुरु भएको हो । इलाम नगरपालिकाको पहलमा तारा एयरले ब्यसायिक उडान भर्न सुरु गरेको हो । जसका लागि हप्ताको दुई दिन उडान हने छ । आइतबार र बिहिबार उडान हुने भएको छ । यस अघि धावनमार्ग पक्की नभइ तारा एयरले २०७५ सालामा परिक्षण उडान गरेको थियो । र धावनमार्ग पक्की भएपछि गएको १५ दिन अधि समेत नेपाल बायुसेवा निगमको विमानले परीक्षण उडान गरेको थियो । प्राविधिक हिसावले समेत यो बिमान स्थल उपरयुक्त भएको भएपनि अझै केही सुधार गर्नुपर्ने देखिएको पाइलट प्रभाकर घिमिरेले बताए ।
पर्यटन ब्यवसायको बिकासका लागि यो बिमान स्थल महत्वपुर्ण हुने नेपाल पर्यटन बोर्डका उपाध्यक्ष बिनय शाहले बताउनुभयो । उहाँले यस बिमान स्थलमा नियमित बिमान उडाउन जिल्लाबासीको सहयोग महत्वपुर्ण रहने बताउनुभयो । पर्यटकिय जिल्ला भएकाले छिमेकी जिल्ला भारतसँग गजोडिएर समेत पर्यटक आउने भएकाले बिमान स्थल राम्रोसँग सञ्चालनमा आउने उहाँले बिश्वास ब्यक्त गरे ।
तारा एयरसँग इलाम नगरपालिकाले हरेक उडानका लागि ११ जना यात्रु खोज्नु पर्ने सम्झौता भएको छ । यदि ११ जना यात्रु नभए सो ११ जना यात्रु बराबरको टिकटको रकम ब्यहोर्ने सम्झौता गरिएको छ । १२ उडानका लागि यसरी सम्झौता भएको हो ।
इलाम नगरपालिकाका प्रमुख इलाममा जाहाज आएको मात्र नभएर इलाम विश्व सँग जोडिन सफल भएको बताए । उनले इलाम पर्यटकीय सम्भावना बोकोको जिल्ला भएको र हवाई यातायातले विश्वका पर्यटक इलाम आउन सहज हुने बताए ।
नियमीत उडान गर्नको लागि इलाम नगरपालिका र तारा एयरलाइन्सबीच सम्झौता भएको हो । हप्ताको आइतबार र विहीवार उडान गर्नेगरी नगरपालिका र एयरलाईन्सबीच सम्झौता भएको इलाम नगरपालिकाले जनाएको छ । सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले ब्यहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फि भाडा नौ हजार कायम गरिएको छ । त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको ब्यवस्थापन पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्कम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ । सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो ।
.jpeg)






प्रतिकृया दिनुहोस