सिमानामा एसएसविको हस्तछेप, निर्माणकार्य सँगै चामल ल्याउन रोक
सन्दकपुर संवाददाता
इलाम १४ कात्तिक :
नेपाल र भारतको सिमानामा लामो समयदेखिको विवाद र मिचामिचको अवस्था अहिले पनि जस्ताको त्यस्तै छ । केही समय अघिदेखि सीमामा समस्या नभएजस्तै गरेपनि सानोतिनो समस्या अहिले पनि देखिइरहने गरेको छ ।
भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रका भारतीय भूभागमा जताततै छ । एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ । देशकै पर्यटकिय गन्तव्य मानिएको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्यूटावर निर्माणमा पनि एसएसविले रोक लगाएको छ । त्यो भ्यूटावर बन्दै गरेको जग्गा नेपालकै हो तर एसएसविले आफ्नो भन्दै रोक लगायो ।
सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाईरहेको छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले गाउँपालिकाले निर्माण गर्दैगरेको टावर निमार्णले दश गजा छुँदो रहेछ दुईदेशको सम्झौतामा बनाउन सकिने हुँदा पूर्व प्रधानमन्त्री एवम नेकपाका नेता झलनाथ खनालसँग तत्काल समाधानका लागि आग्रह गरेका छौ । राईले भने एकाएक भौतिक संरचना निर्माणमा अवरोध पु¥याएपछि हामीलाई निर्माका काममा बाधा पुगको छ । यसपालि नै इलाममा सिमाड्ढनका लागी सर्वे हुने रहेछ त्यसै बेला बसेर छलफल गर्ने सोचमा अघि बढेका छौँ ।
समिानामा निमार्णमात्रै हैन खाद्यान्नमा पनि रोक लगाएको छ । नेपाली भूभागमा दश गजा छाडेर होटल बनाउँन थाले पनि एसएसविले रोक लगाउने र दुख दिने गरेको स्थानीयको भनाई छ । स्थानीय राजेन्द्र गुरुङले भने एसएसविलाई जे मन लागो त्यो गरीरहेको छ । एसएसविले दश गजामै संरचना बनाउँन मिल्ने तर नेपालले आफ्नो जग्गामा पनि बनाउन नपाउँने ? गुरुङले भने संरचना मात्र होईन खाद्यान्न ल्याउन पनि दिँदैन । आफू नेपाली भूमिमा हतियार बोकेर पस्छ तर नेपालीलाई चामल किन्न पनि दिँदैन ।
इलाममा नेपाल भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेरे र हतियार पनि सोभ्mयाएर बस्छन । भारतले बारम्बार सिमा मिचेर सँरचना बनाईरहन्छ तर नेपाली भूभागमा सँरचना बनाउदा पनि पटक पटक रोक लगाउने र दुख दिईरहने गरेको स्थानीयको भनाई छ ।
मानेभञ्ज्याङमा नेपाल र भारत तर्पm दशगजा क्षेत्रमा घर बनिएका छन् । यस्ता समस्या सिमानाका सानातिना सबै बजारमा रहेका छन । पशुपतिनगरको फाटकमा भारतीयतर्पmबाट दशगजा क्षेत्रमा गुम्बा बनाएको छ । गुम्बा बनिन थालेपछि नेपाल तर्पmबाट पटकपटक पहल गरिएको भनिएपनि संरचना बनाएरै छाड्यो । ‘त्यहाँ ‘केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दश गजाभित्रै देखियो र पनि संरचना बनाउन रोकिएन । बरम्बार सिमाक्षेत्रमा भएको विषयमा राजनैतिक नेता भने नेपाल र भारतको सिमाना बैज्ञानीकरण नगरे सम्म सँधै समस्या भईरहने र यसका लागी सरकारले काम गरीरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए । खनालले पटक पटक कामगरीरहेको बताएपनि अहिले सम्म सरकारले काँडो काटेको छैन । पाँचवर्ष अघि पनि इलाममा सिमानाको विवादमा खनालले हामी काम गरीरहेको बताएका थिए । पाँच वर्षपछि पनि त्यही कुरा दोहोर्याउदा सिमाना छेउमा बसोबास गर्ने जनताले सरकारबाट समाधान हुन्छ भन्ने विश्वास गर्न छाडेका छन ।
छब्बिसेमा नेपाली भूभाग नै भारतपट्टि पारिएको छ । नापी टोलीले उक्त भाग भारततर्पm नै पर्ने भन्ने देखाएको भएपनि आधिकारिक र औपचारिक रूपमा त्यो भाग कता पर्छ भन्ने अहिलेसम्म टुङ्गो लगाइएको छैन । त्यहाँका बासिन्दाको नेपाली नागरिकता र नेपाली जग्गा धनी पुर्जा छ । एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको छ ।
इलाम जिल्लाको भागमा पर्ने भारतीय सिमानामा जम्मा १४६ वटा सीमा स्तम्भहरू छन् । तीमध्ये मुख्य स्तम्भ १७ वटा र सहायक स्तम्भ ८३ र सानो स्तम्भ ४६ वटा भनिए पनि हाल मूख्य १६ सहायक ७० र सानो २१ वटा मात्र स्तम्भ रहेको सिमा प्रसासन कार्यलयका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउछन । इलाम र भारत सिमाना सँगको लम्वाइ औषत ३८ किलो मिटर र अधिकतम ४५ किलोमिटर रहेको छ ।





प्रतिकृया दिनुहोस