अन्तिम आठमा प्रमेश राई
लोकेन थेबे, इलाम : इलाम गीत सङ्गीतको माध्यम बाटै भविष्य खोज्ने, सङ्गीत प्रति अभिरुचि राख्ने पारखीहरू र उदमान गायकको लागि विगत ७ वर्ष अगाडि देखि खोजी गर्ने र धेरै श्रोता र दर्शकले सबै भन्दा धेरै रुचाएको गीत सङ्गीतको माध्यम बाट आफूलाई चिनाउने सुनौलो माध्यम हो द भ्वाइस अफ नेपाल जसले कुना- कन्दरा देखि दूर दराज सम्म मात्र होइन विश्वको जुनसुकै ठाउँमा लुकेर रहेको नेपाली गीत सङ्गीत प्रति रुचि रहेको युवा प्रतिभाको खोजी कार्यको लागि यो कार्यक्रम एक हो । क्षमता ,प्रतीक्षा हुँदा हुँदै बाहिर आउन नसकेको सदैव लुकेर रहेको गीत सङ्गीतका प्रतिभाहरूलाई उजागर गर्दै आफ्नो क्षमतालाई निखार्न र सिक्नको लागि सञ्चालन हुँदै आएको यो कार्यक्रम यति बेला ३ महिना अगाडि बाट द भ्वाइस अफ नेपाल सिजन ६ चलिरहेको छ अहिले आफ्नो ३ चरण पार गर्दै यति बेला द भ्वाइस अफ नेपालको अन्तिम लाइभ सो (भोटिङ राउन्ड ) चलिरहेको छ।आजको यो आधुनिक प्रविधि दुनियाँमा गीत सङ्गीत प्रतिको मोह कसलाई नहोला त्यसैले सुख दुःखको सारथि भनेकै गीत सङ्गीत हो।सबैको मन यही सङ्गीतको लयमा बाँधिएको हुन्छ ।त्यसैले गीत सङ्गीत बिना मान्छेको जीवन अधुरो ,अपूरो हुन्छ।अहिलेको यो दुनियाँमा गीत सङ्गीत बिना बाच्नै गाह्रो हुन्छ ।त्यसैले द भ्वाइस अफ नेपालले विगत ६ वर्ष अगाडीबाट नव प्रतिभाको खोजी गरिरहेको छ। यो कार्यक्रम अहिले हरेक हप्ताको शुक्रवार र शनिवार हिमालयन टेलिभिजनबाट राती ८ बजे देखि दिइरहेको छ।यो वर्षकाे द भ्वाइस अफ नेपाल सिजन ६ को अघिल्लो शुक्रवार बाट लाइभ सो ( भोटिङ राउन्ड )सुरु भइरहेको छ । यस वर्ष पनि ४ जना कोच रहेको छ । हरेक कोचबाट पहिलो राउन्डमा १६/१६ जना दोश्रो राउन्डमा ९/९ जना र अन्तिम नक आउट राउन्डमा ३/३ जना प्रतिभा आ-आफ्नो समूहमा छानिएको छ।अहिले नक आउट राउन्ड बाट प्रत्येक कोचले तीन /तीन जना प्रतिभालाई छानेर लाइभ सो (द भ्वाइस अफ नेपाल ) छानिरहेको छ ।यसै क्रममा यो वर्ष कोसी प्रदेशबाट इलामको रोङ गाउँपालिका १९ वर्षीय प्रमेश राईले पनि कोच राजु लामालाई प्रतिनिधित्व गर्दै तीन चरण देखि लाइभ सो को पहिलो र दोस्रो दिनको अडिसनमा भोटिङ राउन्डबाट अन्तिम ८ मा पुग्न सफल सफल भएको छ ।पहिलो दिनको लाइभ सोमा आफ्नै कल्चर गीत र दोस्रो दिन नारायण गोपालको सदाबहार गीत मोहनी लाग्ला है गीत गाउँदै अन्तिम आठमा आफूलाई भोट मार्फत सुरक्षित राख्न सफल भएका छन् ।कोच राजु लामा र खेम सेन्चुरीको टिमबाट २ /२ जना भोटिङबाट अन्तिम ८ मा पुग्न सफल भएको छ त्यसैले अब कोच उदय सोताङ र मेलिना राईबाट आउँदो शुक्रवार र शनिवारको लाइभ सो बाट १/१ जना बाहिरिने छन् अनि मात्र कोच राजु लामा खेम सेन्चुरीको टिमको प्रतिभाहरूको भोटिङ खुल्ला रहने छ ।हाल यो दुई कोचकोको अन्तिम आठमा पर्ने प्रतिभाको भोटिङ बन्द छ। । सुरुमा चारै चियर टन गर्न सफल प्रमेश राईले कोच राजु लामालाई छनोट गर्दै द भ्वाइस अप नेपाल सिजन ६ मा आफ्नो साँगितिक यात्रा सुरु गरे । लाइभ सो (नक आउट) सम्म कसलाई अगाडि लाने र कसलाई बिदा दिने सबै अधिकार कोचमा निहित हुन्छ त्यस पछि लाइभ सो बाट यो अधिकार कोच देखि जनतामा जाने हुँदा को अगाडी जान्छ र कसलाई बिदा दिने सबै अधिकार भोटिङ मार्फत हुने हुँदा अबको आउँदो शुक्रवार र शनिवारको अडिसन सकिए सङै सबैको भोटिङ खुल्ला हुने हुँदा इलामे युवा प्रतिभाको खानी प्रमेश राईलाई सक्दो खल्ती एफ बाट भोट दिएर सहयोगको लागि सबैमा अनुरोध गर्नु भएको छ । आफूलाई सानै देखि गीत सङ्गीत मन पर्ने र घाँस दाउरा र स्कुलमा हुने विभिन्न कार्यक्रममा गुनगुनाउने गरेकोले गीत सङ्गीतमा लागेको बताउँदै यही गायकको माध्यम बाटै आफ्नो गाउँ ठाउँ र इलाम जिल्लालाई चिनाउन चाहन्छु जसको लागि मलाई भरपुर तपाईँहरूको सहयोगको ठुलो खाँचो रहेको छ। म अहिले तपाहरूकै धेरै भन्दा धेरै भोट दिनु भएको कारण द भ्वाइस अफ नेपालको अन्तिम ८ मा सुरक्षित भएको छु।अब लक्ष्यको फेरो समात्न धेरै टाढा नभएकोले आगामी शुक्रवार र शनिवारको अडिसन सके लगत्तै सबैको भोटिङ लाइन खुल्ला हुने भएकोले भगवान् रूपी दर्शकले मलाई खल्ती एफ बाट छिटोभन्दा छिटो र सक्दो भोट गरी सहयोग गर्न बिन्ती गर्छु ।हामी सबैले इलामे छोरो प्रमेश राईलाई सक्दो सहयोग गरौँ र यस वर्ष द भ्वाइस अफ नेपालको ताज इलाममा ल्याउन सहयोग गरौँ अग्रिम शुभकामना प्रमेश राईलाई ।







प्रतिकृया दिनुहोस