• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
  • 04:56:00

चार हजार कोरोनाविरूद्धको खोप आउँदै

बुधबार, २२ बैशाख, २०७८


काठमाडौं २२ बैशाख  : कोरोना संक्रमित उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर आज आउँदै छ । औषधि आयातकर्ता संघ महासचिव पवन आचार्यका अनुसार बंगलादेशबाट चार हजार भाइल रेम्डिसिभिर औषधि भित्रिन लागेको हो ।
बंगलादेशबाटै मंगलबार ३ हजार भाइल रेम्डेसिभिर आइपुगेको छ । काठमाडौं उपत्यकाभित्र रहेका अस्पताल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, नेपाल पुलिस अस्पताल, ग्रान्डी, भक्तपुर अस्पताल, मध्यपुर अस्पताल, ह्याम्स, बी एन्ड बी, नर्भिक, शहीद शुक्रराज ट्रपिकल एन्ड सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, ओम अस्पताल, निदान अस्पतालमा रेम्डेसिभिर उपलब्ध गराइएको छ ।
त्यस्तै, मेडिकेयर अस्पताल, बयोधा अस्पताल, ग्रिनसिटी अस्पताल, खाङ्ग्री अस्पताल, मनमोहन मेमोरियल अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेपाल आर्मी अस्पताल, नेपाल शसस्त्र प्रहरी अस्पताल, सुमेरु सिटी अस्पताल, कोरियनमैत्री अस्पताललाई रेम्डेसिभिर प्राप्त गरेको औषधि आयातकर्ता संघले जनाएको छ ।
वीर, मेडिसिटी, नेपाल मेडिकल कलेज, पाटन, स्टार, मेघा, सिभिल, नेपाल नेसनल, राप्ति अञ्चल, नारायणी उपक्षेत्रीय अस्पताललगायतलाई रेम्डेसिभिर उपलब्ध गराइएको छ । जनतासमाचारबाट

प्रतिकृया दिनुहोस