समाचार

खानाको स्वादले चिनिदैछन् केसी

गते ००:०० मा प्रकाशित


भीमकुमार बाँस्कोटा
राके भन्ज्याङ, चैत्र÷ चार बर्षअघि पाँचथर आउँदाको सबै सम्झना बिर्से पनि इलाम पाँचथरको सिमाना राँके भञ्याङमा खाएको खानाको स्वाद भने अझै जिब्रोमा झुन्डिएको बताउँछन् ललितपुरका दौलत पाण्डे ।
    मेची राजमार्गको इलाम–फिदिम खण्डमा पर्ने सिमावर्ती बजार राकेभञ्न्याङमा रहेको भन्ज्याङ होटलमा खाना खाने पाण्डेजस्ता थुप्रै ग्राहक सो होटलको खानाको स्वादको चर्चा गर्छन अहिले पनि । झापाको अर्जुन धाराबाट २३ बर्षअघि राकेभञ्ज्याङ आएर होटल ब्यावसाय सञ्चालन गरेका जीतबहादुर केसीको खानाले ग्राहकको मनमात्र जितेको छैन चर्चा समेत पाउने गरेको छ ।  मासिक तीन सय रुपैयाँ घर भाडा तिरेर सानो कोठाबाट शुरु गरेको ब्यबसायले अहिले भने फड्को मारेको छ । होटल ब्यवसायमा लागेका केसीले ब्यावसायिक पहिचानसगैँ लाखाँै कमाइ पनि गरेका छन । होटल ब्यवसायको कमाइबाट उनले राँके भञ्ज्याङमा चार तलाको पक्की घर निर्माण गरेको बताउँछन् भने बिर्तामोडमा तीन वटा घडेरी समेत जोडेका छन साढे एक करोडभन्दा बढीको सम्पति जोडेका केसी यो ब्यवसाय गर्दा इमान्दार र धैर्यवान हुनु जरुरी रहेको बताउँछन् ।
    मेची राजमार्गको इलामदेखि फिदिमसम्म वा ताप्लेजुङदेखि झापा जाँदा होस यदि खाना खाने बेला भयो भने प्राय मानिसहरु केसीको होटल छिर्छन् । केसीको होटलमा खाना मिठो त हुन्छ नै त्यो भन्दा ठूलो कुरा उनीहरुले ग्राहकप्रति गर्ने ब्यवहार पनि हो उनको होटलमा साना ठूला धनी गरिब कसैलाई भेदभाव गरिँदैन त्यसले पनि उनको ब्यवसायमा टेवा पु¥याएको हो उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष सुबराज थापा भन्छन् ।
    आफ्नो होटलमा खाना खाएका ग्राहकहरु प्राय गरेर पछि पुन फर्केर आउने गर्छन् । ‘खाना मिठो मसला तेल हालेर हुँदैन पकाउन जान्नुपर्छ कुन खाना कसरी पकाउने कुन सब्जीमा कस्तो मसला हाल्ने त्यसको हेक्का राख्नुपर्छ,’ केसी भन्छन् । दिनमा २५ केजी भात पाक्ने उनको होटलमा साधा खानाको मुल्य एक सय २० रुपैयाँ पर्छ । अहिलेसम्म कसैले बढी मुल्य भयो भनेको सुनेको छैन केसी भन्छन । खाना मिठोसँगै सफा पनि चाहिन्छ साथै ग्राहकलाई गरिने ब्यवहारले ब्यवसायमा ६० प्रतिशत फरक पार्छ उनी भन्छन् ।
    ‘केसी होटलको खानाले साच्चै मोहनी लाउँछ, एकपटक खाए पछि फेरि खाउँ खाउँ लाग्छ, उनको होटलको खाना मिठो मात्र होइन सफा र ताजा पनि छ ।’  रवि किरण कृषि महिला सहकारी सस्ंथाका सचिव सरस्वती राई भन्छिन् । उनको होटलमा केही समान छोडियो भने त्यो सुरक्षित हुन्छ त्यसैले मानिसहरु उनकै होटलमा खाना खान जान्छन सचिव राई थप्छिन  ।  

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...