समाचार

इलाममा आठ वर्षमा आठवटै लघु जलविद्युत निर्माण

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता,

इलाम, २६ बैशाख – बितेका आठ वर्षमा नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) र क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्रको प्राविधिक सहयोगमा इलामका सातवटा गाविसमा आठवटा लघु जलविद्युत आयोजना निर्माण सम्पन्न भएका छन् । आमचोकमा दुईवटा तथा माबु, जमुना, प्याङ, फाकफोक, साकफारा र एकतप्पामा एक÷एकवटा आयोजना सम्पन्न भएको हो ।

तीमध्ये मावुको त्रिवेणी लघु जलविद्युत आयोजनामा समस्या देखिएकाले मर्मत गर्न केही समय उत्पादन बन्द गरिएको छ । उक्त आयोजना मर्मतका लागि प्रस्ताव र योजना बनिँदै गरेको र केहीसमयभित्र मर्मत भई चालु गरिने जनाइएको छ ।

एनसीडीसीका अनुसार आठवटा योजनाका लागि पाँच करोड २१ लाख ५३ हजार ५११ रूपैयाँ खर्च भएको छ । खुद लागतमध्ये नेपाल सरकारको सहयोग दुई करोड ३९ लाख २३ हजार पाँचसय रहेको छ भने समुदायको नगद सहभागिता र श्रमदान गरी दुई करोड ८२ लाख ३० हजार ११ रूपैयाँ खर्च भएको क्षेत्रीय नवीकरणीय ऊर्जा केन्द्रका क्षेत्रीय संयोजक घनेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

ती आयोजनाबाट जम्मा २१५ किलोवाट बिजुली उत्पादन हुने क्षमता भएपनि ५० किलोवाट क्षमताको त्रिवेणीको उत्पादन अहिले नहुँदा कम उत्पादन भएको छ । जुन विद्युत अहिले त्रिवेणीबाहेकका एकहजार पाँच सय ५५ घरधुरीका उपभोक्ताले प्रयोग गरिरहेका छन् ।

एनसीडीसीका प्रमुख कार्यकारी अधिकृत हिराकाजी घलेका अनुसार मावु ४ मा निर्मित त्रिवेणीले ४३३ घरधुरी लाभान्वित भएका छन्भने जमुना ४ को धुँवाखोला आयोजनाले १२५, प्याङ २ को समाहा खोला आयोजनाले ८२, फाकफोक ७ को फाकफोक खोला–२ आयोजनाले २०३, आमचोक १ को फाकफोक खोला–३ आयोजनाले २८०, आमचोक २ को फाकफोक खोला–४ आयोजनाले ३६०, साकफाराको मावाखोला आयोजनाले २९० र एकतप्पा ९ को देउमाईखोला आयोजनाले २१५ घरधुरी लाभान्विट भएका छन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...