समाचार

सहमतिका लागि फेरि दुई दिन मागियो

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
काठमाडौ, १३ वैशाख ः प्रमूख दलहरूले संविधानका विवादित बिषयमा सहमतिका लागि फेरि दुई दिनको समय मागेका छन् ।
संवैधानिक समितिको जारी बैठकमा नेपाली काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमतिलाई अन्तिम रूप दिन समय चाहिएको भन्दै थप दुई दिन माग गरेका हुन् । बैठकले प्रमूख दलहरूको मागअनुसार सहमतिका लागि दुई दिनको समय थप्न कार्यव्यवस्था परामर्श समितिलाई सिफारिस गरेको छ । यसअघि दिइएको समय बुधबार सकिँदै छ ।
बैठकले १६ गते बस्ने बैठकमा सहमतिलाई लिखित रूपमा पेश गर्न विवाद समाधान उपसमितिलाई भनिएको परिवार दलका सभासद एकनाथ ढकालले जानकारी दिए । प्रमूख दलहरूबीच राज्यको पुनःसंरचना र शासकीय स्वरूपबारे सहमति हुन बाँकी छ ।
बैठकमा दलहरूले सङ्घीयता बिरोधी भएको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतलाई फाँसी दिने राष्ट्रिय जनमुक्ति पार्टी लगायतका दलहरूको धम्कीप्रति आपत्ति जनाएका छन् । यस्तै महिला सभासदहरूको धर्नाका कारण केहीबेर बैठक अवरूद्ध भएको थियो । उनीहरूको ज्ञापन पत्र बुझेपछि बैठक सुचारु भएको एक नेताले बताएका छन् । प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानका अधिकांश विवादित बिषयमा सहमति भइसकेकाले संविधान निर्धारित समयमै जारी हुने बताएका छन् । उनले शान्ति प्रकृयाले गति लिएसँगै संविधान निर्माणको काम अघि बढेको बताए । गोरखाको छेकम्पारमा बुधबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सेना समायोजनको काम अन्तिम चरणमा पुगेको बताए । उनले देशमा शान्ति प्रकृया र संविधान निर्माणको काम सकिएलगत्तै सरकारले देश विकासमा ध्यान दिने बताए ।
प्रधानमन्त्री भट्टराईले स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका बिषयमा पछिल्लो समयमा सरकारले ध्यान पु¥याएको बताए । उत्तरी गोरखाका सात गाविसलाई मध्यनजर राख्दै सिर्दीवासमा आवासीय विद्यालयको स्थापना भएको, सीमा प्रशासन स्थापना गरिएको, केही समयअघि मात्रै घुम्ती प्रशासनिक सेवा प्रदान गरिएको भन्दै उनले राज्यका तर्फबाट यस क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा बिशेष ध्यान गएको बताए । उनले यी सरकारले चीन सरकारसँग समन्वय गरेर नेपालमा रेलमार्ग र मोटरबाटो ल्याउने योजना रहेको बताए । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...