समाचार

इलाममा २५५६औँ बुद्धजयन्ती मनाइयो

गते ००:०० मा प्रकाशित

गणेश घिमिरे,

इलाम, २४ बैशाख ः भगवान गौतम बुद्धको २५ सय ५६ औँ जन्मजयन्ति आइतबार बौद्ध धर्माबलम्बीहरूले नेपाल लगायत विदेशमा पनि धुमधामका साथ मनाउँदै छन् । गौतम बुद्धको जन्म र मृत्यु भएको विश्वासका साथ हरेक बर्षको बैशाख पुर्णिमाको बिशेष महत्व रहेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहानैदेखि स्वदेशी तथा विदेशी वौद्ध धर्माबलम्बीको बाक्लो उपस्थिती रहेको छ । बुद्ध जयन्तिकै अवसर पारेर सरकारले आइतबार सार्वजनिक बिदा समेत दिएको थियो । गौतम बुद्धको शाक्य बंशमा इशापूर्व पाँच सय बर्षअघि जन्म भएको हो । यसैबीच सरकारले सन् २०१२ लाई लुम्बिनी भ्रमण बर्ष घोषण गरि लुम्बिनी भ्रमण बर्ष पनि मनाइरहेको छ । बुद्ध जयन्तीको अवसरमा महायानी, बज्रयानी र थेरबादी बौद्ध गुरु तथा भिक्षु लामाहरूले पुजा पाठ गरेका छन् । कार्यक्रममा भाग लिन बुद्ध जन्मस्थल लुम्बिनीमा दक्षिण कोरियाली बरिष्ठ भिक्षु सनमक हेजा, विभिन्न देशका राजदुतहरू, विशिष्ट पाहुनाहरू, नेपाल सरकारका सचिव, सभासदहरू, दलका नेताहरू, बौद्ध र्धमालम्बीहरू, सङ्घ÷संस्थाका प्रतिनिधीहरू लुम्बिनी पुगेको विकास कोषले जनाएको छ । बुद्धजयन्तीकै अवसरमा इलामका विभिन्न ठाउँमा पनि आइतबार कार्यक्रम सञ्चालन भएका थिए । चमैता ६ मा रहेको उर्गेन साङ्गा छोलिङ गुम्बामा नेपाल सेर्पा सङ्घको आयोजनामा पूजाआजाका साथै शुभकामना आदान प्रदान कार्यक्रम भएको सङ्घका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए । चमैताको धप्परदेखि गुम्बासम्म निर्माण गरिएको साडे चार किलोमिटर मोटरेबल बाटोको आइतबार नै उद्घाटन गरियो । त्यसैगरी बुद्धजयन्तीको अवसरमा साङ्गे छि देलिङ्ग गुम्बा साङ्गरूम्बाको आयोजनामा बुद्धको मूर्तिसहित जीतपुरे बजार परिक्रमा गरिएको छ । बजार परिक्रमा पछि लामा गुरूबाट प्रवचन झाँकी प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको गुम्बा ब्यवस्थापन समितिका सचिव मणि तामाङले जानकारी दिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...