समाचार

‘इच्छाशक्ति भए सबै कुरा सहज’

गते ००:०० मा प्रकाशित

‘इच्छाशक्ति भए सबै कुरा सहज’

सन्दकपुर सम्वाददाता

इलाम, १० फागुन

कीर्तिपुर क्याम्पसका सहप्रध्यापकको पगरीले मात्र विधान आचार्यको परिचय पुग्दैन । थोरै भए पुगीसरी, चतुरेको दाउपेच जस्ता चर्चित पटकथाका लेखक उनी उनै आचार्य हुन् । ‘नजन्मिदै शुरु हुने जिन्दगीको कथा’ जस्तो थोरै भए पुगीसरीको शक्तिशाली शीर्ष गीतका गीतकार पनि उनै आचार्य हुन् । ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ यो एक युगको गीत विधान आचार्यले नै लेखेका हुन् । तनहुँ जिल्ला भानु गाविस चुदीरम्घामा जन्मिएका आचार्य आफुलाई साहित्यकार भन्न रुचाउछन् । उनी साहित्यलाई रुचिको रुपमा लिन्छन् । महिला जागरण संघ इलामले सञ्चालन गरेको समृद्ध पहाड परियोजनाको बेसलाइन सर्भे तलिममा प्रशिक्षकको भुमिका निभाउन इलाम आइपुगेका आचार्यले बुधबार इलाम एफएममा प्रत्यक्ष अन्तवार्ता दिदै भने, ‘विसं. २०४६ सालमा इलाम आएको समयमा इलामको बारेमा लेखेका उद्गार इलाम महोत्सव २०६० को अवसरमा एक द्वारमा लेखेर राखिएको रहेछ । करफोकबाट रमण घिमिरेले फोन गरेर मलाई सुनाए यसका विषयमा । मैले उसबेला लेखेको रहेछु, ‘यति धेरै आत्मीयता र यति धेरै सुन्दरता इलामलाई कसले दियो हँ !’ यसर्थ उनी इलामसँग धेरै नजिक छन् । लघुकथा लेखन, कविता लेखन पनि उनको रुचिको विषय हो । त्रिभुवन विश्वविद्यालयमा विगत ३६ बर्षसम्म विभिन्न भुमिकामा सेवा पु¥याएका आचार्यले सन्दकपुर दैनिकसँगको भेटघाटमा भने धेरैवटा क्षेत्रमा उत्तिकै समय व्यवस्थापन गर्नको लागि इच्छाशक्ति भए सबै कुरा सहजै हुने बताए । उनले इलाम आगमनमा आफ्ना मित्र तथा इलामका प्रजिअ बाबुराम खतिवडा, इलामे कवि विमल बैद्य, महेश बस्नेतलाई भेटगर्न भ्याए । उनले भने, ‘इलाम साँच्चै सुन्दर छ, इलामको साहित्यिक आन्दोलनले नेपालकै प्रतिनिधित्व गर्छ ।’


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...