समाचार

युवती र बालिका बलात्कृत

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
पाँचथर, १३ वैशाख ः पाँचथरको प्राङबुङकी एक युवतीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले सामुहिक बलत्कार गरेका छन ।
प्राङवुङ ३ बाट सीमावर्ती क्षेत्रको भ्रमणमा गएकी २० बर्षीया कञ्चन तामाङ (नाम परिवर्तन)लाई मङ्गलबार नेपाल भारत सीमावर्ती चारराते भन्ने स्थानबाट पक्राउ गरी करीब आधा घण्टासम्म नियन्त्रणमा राखी निर्वस्त्र बनाएर बलत्कार गरेका हुन् ।
तामाङ ६ जना भाइ बहिनीलाई लिएर सीमावर्ती क्षेत्रको भ्रमणमा गएकी थिइन् । उनीसँगै भ्रमणमा रहेका प्रत्यक्षदर्शी मिलन तामाङका अनुसार भ्रमणमा गएको टोली चाररातेमा पुगी फोटो खिची सकेर खाजा खाँदै गर्दा नजिकै रहेको भारतीय सीमा सुरक्षा बलको थोकुम पोष्टबाट आएका २ जना एसएसबीले ती युवतीलाई पक्राउ गरेका थिए ।
समूहमा सबैभन्दा ठुली देखिने उनलाई एसएसबीले समातेपछि आफूहरू भागेको उनको भनाई छ । एसएसबीले ती युवतीलाई केही पर लगेर निर्वस्त्र बनाई आधा घण्टासम्म नियन्त्रणमा राखेको पनि उनले बताए । एसएसबीले कब्जामा लिएको हल्ला चलेपछि भेला भएका गाउँले समूह बनाएर घटनास्थलतर्फ लागेपछि ती युवती एसएसबीको कब्जाबाट फुत्केर निर्वस्त्र साथीहरूको शरणमा आइपुगेकी थिइन् ।
घटनापछि घर फर्केका पीडित र प्रत्यक्षदर्शीले प्राङवुङ प्रहरी चौकीलाई बलात्कारको जानकारी गराएका छन् । नेपाली युवती यसरी सामुहिक बलत्कार गरेको यो घटनाबारे पीडकलाई नेपालकै न्यायपालिकामार्फत कार्बाही प्रकृया अगाडि बढाउन नसकिने पाँचथरका प्रमूख जिल्ला अधिकारी डुल्लुराज बस्नेतको भनाइ छ ।
तर पीडितको निवेदन लिएर माथिल्लो निकायमार्फत पीडकलाई भारतकै अदालतमार्फत कार्वाही चलाउन समन्वय चाहिँ गर्न सकिने उनले बताए । त्यसैगरी पाँचथरको दुरदिम्बा २ का ७ र ८ बर्षीया २ जना बालिका मङ्गलबार आफ्नै छिमेकीबाट बलात्कृत भएका छन् ।
मङ्गलबार घर नजिकै जङ्गलमा सुँगुरको चारो टिप्न गएका बखत बलात्कृत भएका हुन छिमेकी भक्त लावती र नाइन्द्र लावतीले निम्नवर्गीय बाजी थरका ती बालिकालाई जङ्गलमै बलात्कार गरेका थिए । सुँगुरको चारो लिन गएका छोरीहरू निर्वस्त्र रूँदै आएपछि सोधखोज गर्दा स्थानीय भक्त लावती र नाइन्द्र लावतीले बलात्कार गरेको खुलेको अविभावकले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीकै आधारमा पाँचथरको ६ नम्वर बुधवारे प्रहरी चौकीले पीडकहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उनीहरूलाई जबरजस्ती करणीको महलअनुसार नै मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । बालिका बलात्कार गर्ने लावती बन्धुहरूलाई १० देखि १५ बर्षसम्म जेल सजाय र जरिवाना हुने कानुनी प्रावधान रहेको कानून व्यवसायीहरू बताउँछन् ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...