समाचार

बाटो निर्माण कार्य गुणस्तरहीन भएको गुनासो

गते ००:०० मा प्रकाशित

बाटो निर्माण कार्य गुणस्तरहीन भएको गुनासो

सन्दकपुर संवाददाता
इलाम, १३ बैशाख ः ग्रामीण पुनःनिर्माण तथा पुनस्र्थापना आयोजनाबाट निर्माणाधीन राजदुवाली–चिसापानी–दानाबारी सडकमा काम गुणस्तरहीन भएको स्थानीय बासिन्दा र आयोजनाअन्तर्गतकै गाउँ स्तरीय पूर्वाधार निर्माण समन्वय समिति (भीआईसीसीसी)का प्रतिनिधिहरूले गुनासो गरेका छन् । काम गुणस्तरहीन हुनुमा ठेकेदारले राम्ररी काम नगरेको र आयोजना तथा आयोजनाको गुणस्तर हेर्ने कन्सल्ट्याण्टले राम्ररी अनुगमन एवम् सल्लाह नदिएको उनीहरूको गुनासो छ ।
बिहीबार उक्त सडकको निर्माण कार्य अनुगमन गर्न गएको स्थानीय विकास अधिकारी सुमन घिमिरेसहितको राजनीतिक दलका प्रतिनिधि सहभागी टोलीसँग चिसापानीमा भएको छलफलका क्रममा स्थानीय बासिन्दाले यस्तो गुनासो गरेका हुन् । छलफलमा उनीहरूले बाटो कतिपय स्थानमा साँघुरो भएको, सुख्खा पर्खाल लामो र अग्लो भएकाले केही भत्किएको तथा केहि भत्किने सम्भावना रहेको, बाटोमा लगाइने ग्राभेलको पनि गुणस्तर नपुगेको, नालीमा लगाइएको भित्तापट्टिको पर्खाल सानो तथा त्यहाँ लगाइएको सिमेण्टको मात्रा कम भएको, नालीमा टेक्दा पनि पर्खाल भत्किने भएको, नालीको पुछारमा ढलाइ नभएको जस्ता कमजोरी रहेको बताएका थिए ।
कतिपय स्थानमा बाटोको गुणस्तर देखाउँदै स्थानीय उपभोक्ताले बाटो त्यस्तै गुणस्तरहिन बनिने हो भने नबनाए हुने प्रतिक्रिया पनि दिएका थिए । उनीहरू नाली हातले ठेल्दा भत्किएको, सुख्खा पर्खालको भित्री भागमा माटो भर्दा भत्किएको, साँघुरो बाटो भएको ठाउँमा गाडि क्रस हुन नसकेको लगायतका भाग देखाएका थिए ।
छलफलमा बोल्दै नेकपा एमालेका जिल्ला सदस्य तथा दानाबारी भीआईसीसीसीका अध्यक्ष ध्रुव श्रेष्ठले बाटो बनिँदै गरेपनि कम गुणस्तरको भएको बताए । उनले भने, ‘बाटोमा गाडि क्रस हुने ठाउँ छैन, मेशिनरी वाल छैन, यही ताल हो भने एक पटक पानी आउँदा यो बाटो फेरि रहँदैन ।’ दानाबारीकै उपभोक्ता कृष्ण खाकीले पनि बाटो अहिले भन्दा पहिले नै फराकिलो भएको भन्दै बनाउँदा बाटोको चौडाइ घटाइएको, नालीमा लगाइएको सिमेण्टको मात्रा कम भएको बताए । उनले भने, ‘बाटोको पाँच÷पाँचसय मीटरमा पासिङ जोन बनाउने भनिएको भएपनि बनाइएको छैन ।’
चिसापानीका उपभोक्ता लिलाकुमार राईका अनुसार बाटो सर्भे गर्ने क्रममा र निर्माण कार्य थाल्नुअघि उपभोक्तालाई बाटो १० मिटर चौडाईको हुने भनिएको थियो । राईले भने, ‘पहिले १० मिटर चौडाई भनेर अहिले बाटोको चौडाई नालीसहित ५ मिटर पु¥याइयो, सुख्खा पर्खाल लगाइएको छ । यसो हेर्दा यो बाटोबाट कमाउनेले कमाउने भएपनि हामी हजारौँ जनताले प्रयोग गर्न नपाउने भयौँ । बर्षाद् नजिकिँदै छ । कति दिन थाम्ला र यो बाटोले ?’ चिसापानीकै राम कार्कीले बाटो बनाउनुअघि एउटा आश्वासन दिएर बनाउँदै अर्कै काम भएको भन्दै पहिरोले रोकेको ठाउँमा समेत बाटो सुधार हुन नसकेको बताए । पहिरोबाट बाटो अलग स्थान हुँदै लान जग्गाधनीले मञ्जुर गरेपनि स्थानीय भीआईसीसी र आरवीआईसी (सडक निर्माण कार्यान्वयन समिति)ले पहल अघि नबढाएको उनले बताए । उनका अनुसार झण्डै दुई वर्ष अघिदेखि पहिरोले रोकिएको उक्त बाटोको राँगापानीमा अहिलेसम्म बाटो नबनाइएको हो ।
छलफलका क्रममा उपभोक्ताले करफोकखोलादेखि राजदुवालीतर्पm जाने जङ्गल क्षेत्रमा बाटो साँघुरो बनाइएको, करफोक खोलाको पुल बनाउने काम ढिलो गरिएको, राँखापानीदेखि सोक्तिमसम्मका अधिकांश भाग साँघुरो भएको, सबैतिरको नाली कमसल बनाइँदै गरेको गुनासो राखेका थिए ।
छलफलका क्रममा आयोजनाको गुणस्तर हेर्ने जिम्मा पाएको कन्सल्ट्याण्ट कम्पनीका इलाम टिम लिडर गणेश खनियाँले बाटोको पासिङ जोन इस्टिमेटमा नभएको बताए । उनले अन्य कामको गुणस्तर हेर्न स्थानीय बासिन्दाले पनि पहल गर्नुपर्ने भन्दै आपूmहरूसँग जनशक्ति कम भएकाले हरेक काम गरेको स्थानमा हरेकदिन जनशक्ति पठाउन नसकिने भएकाले गुणस्तर हेर्न नसकिएको बताए । उनले आपूmहरूले तीनमहिनादेखि तलब पनि नखाएको भन्दै तलब नै नपाएका कर्मचारीलाई जबरजस्ती काममा गुणस्तर हेर्न पठाउन पनि गाह«ो भएको जवाफ दिए ।
आयोजना कार्यान्वयनको मूख्य जिम्मेवारी पाएको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख हुतराज चौहानले यसअघि डिभिजनल इञ्जिनियर महेश्वर घिमिरेले आयोजना हेर्दै आएको र अहिले घिमिरेको सरुवा भइसकेकोले केही समस्या आएको भन्दै अबका दिनमा राम्रो काम गराउन पहल गर्ने बताए । अनुगमनमा टोलीका काङ्ग्रेस प्रतिनिधि भेषराज आचार्यले स्थानीय बासिन्दा, भीआईसीसीसी, आरबीआईसी, ठेकेदार, कन्सल्ट्याण्ट, आयोजना कार्यालय सबै पक्षले इष्टिमेट अनुसार काम गर्न कञ्जुस्याइँ नगर्न आग्रह गर्दै कतिपय ठाउँमा सुख्खा पर्खाल, नालीको पर्खाल दीगो नहुने देखिएको बताए ।
छलफलका क्रममा स्थाविअ घिमिरेले बाटोमा काम गुणस्तरीय बनाउन सबैपक्ष लाग्नुपर्ने भन्दै आपूmले गर्दा हुने ठाउँमा कुनै कसर बाँकी नराख्ने बताए । उनले राँगापानीमा पहिरो भएको स्थानमा अलग्गै झण्डै छ सय मिटर बाटो निर्माण गर्न तत्काल पहल गर्ने पनि बताए । उक्त स्थानमा बाटो बनिएपछि दानाबारी, महमाई, चिसापानीबाट इलाम सदरमुकाम आइपुग्न र झापाबाट इलाम आवतजावत गर्न उक्त बाटो खुल्नेछ । दुईवर्ष अघिसम्म अस्थायी रुपमा उक्त बाटो चलेको थियो । अहिले पहिरोका कारण राँगापानीबाट लक्ष्मीपुरको कटुसेहुँदै भालुखोपमा मात्र मेची राजमार्गमा गाडि आइपुग्ने गरेका छन् ।
राजदुवाली–चिसापानी–दानाबारी बाटो राम्ररी बनिए बैकल्पिक मेची राजमार्गको रुपमा प्रयोग हुनसक्नेछ । इलाम सदरमुकामदेखि उक्त बाटोबाट बिर्तामोडसम्मको दुरी ५७ किलोमिटर मात्र छ । अहिले चलिरहेको मेची राजमार्गको दुरी इलाम सदरमुकामदेखि झापाको चारआलीसम्म ८२ किलोमिटर छ । अहिलेको मेची राजमार्गभन्दा २५ किलोमिटरभन्दा बढी छोटो बाटो भएकाले उक्त बाटोलाई प्राथमिकता दिएर निर्माण र सुधार गर्नुपर्ने खाकीले बताए ।
हाल आयोजनाअन्तर्गत उक्त बाटोको २३ किलोमिटर र ३०० मिटर भाग निर्मार्णाधिन छ । माईखोलादेखि राँगापानीसम्म पहिलो प्याकेजमा ९ किलोमिटर, राँगापानीदेखि सोक्तिमसम्म दोस्रो प्याकेजमा ८ किलोमिटर र सोक्तिमदेखि दानाबारीको शितलुबजारसम्म ६ किलोमिटर ३०० मिटर बाटो छुट्टाछुट्टै ठेकेदारबाट निर्माण हुँदै गरेको हो । तीन वटै प्याकेजमा स्थानीय स्तरका भीआईसीसीसी र आरबीआईसी निर्माण भएका छन् ।
तीनै प्याकेजमा आरबीआईसीबाट पनि केही काम गर्नेगरि बजेट र कामको भाग छुट्याई काम भइरहेको छ । तर कतिपय स्थानमा आरबीआईसीले काम गर्न नसक्ने जनाएको छ । माटो कटिङ कार्य भएको र उक्त कार्य मानिसबाट सम्भव नभएकाले स्थानीय समितिले नसकेको बताइएको छ । उक्त स्थानमा ठेकेदारबाटै काम गराउनका लागि पहल थालिएको आयोजनाले जनाएको छ ।


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...