समाचार

भिम दहालः जसले पक्रे बबरमहल बमकाण्डका नाइके

गते ००:०० मा प्रकाशित

 हरेक सफल मान्छेको पछाडि कसै न कसैको हात हुन्छ । पति सफल हुनुमा पत्नीको र पत्नी सफल हुनुमा पतिको भूमिकालाई निकै महत्वपर्ूण्ा मानिन्छ । त्यस्तै, एउटा संगठन सफल हुनमा पूरै टिमको सहयोग आवश्यक हुन्छ- यो भनाइ पर्ूव क्षेत्रीय प्रहरी कार्यालय, रानी, विराटनगर अपराध अनुसन्धान ब्युरोको अगुवा भएर काम गरिसकेका डिएसपी भीमप्रसाद दाहाल हो ।

पर्ूवमा करिब १३ महिना बसेका डिआइजी सुरेन्द्रबहादुर शाहले संगठनमा राम्रो काम गरेबापत संगठनभित्र गौरवमय मानिने प्रहरी \'ब्याटन\' पाए । दसैँअघि डिआइजी शाहलाई प्रहरी दिवसको दिन प्रधान कार्यालयले औपचारिक कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईको हातबाट \'ब्याटन\' प्रदान गरियो । जुन \'ब्याटन\' पर्ूव क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको कक्षमा सानका साथ सजाइएको छ । 
डिआइजी शाह दसैँपछि प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनले प्रहरी \'ब्याटन\' थाप्ने अवसर पाउनुमा उनको नेतृत्वसहितको टिमको भूमिका त थियो नै । त्यसको पछाडि विषेश अपराध अनुसन्धानमा खटिएको डिएसपी भीमप्रसाद दाहालको नेतृत्वको टिम पनि थियो । त्यही टिमले तर्राई र पहाडी क्षेत्रमा सशस्त्र गतिविधि गर्ने समूहका सदस्य पक्राउ गर्न र संगठन छिन्नभिन्न पार्न विशेष भूमिका खेल्यो । आचरण्ँविपरीतका कार्यमा संलग्न आफ्नै संगठनभित्रका प्रहरीलाई समेत \'स्टि्रङअप्रेसन\' गरेर विभागीय कारबाहीको भागिदार पनि बनायो ।
पर्ूव क्षेत्रमा तत्कालीन डिआइजी -हालका एआइजी) भीष्म प्रर्साईं हँुदा सशस्त्र समूहको आतंक कम गर्न एउटा भरपर्दो अलग्गै अपराध नियन्त्रण गर्ने सेलको आवश्यकता ठानियो । त्यतिखेर इन्स्पेक्टरबाट बढुवा भएका डिएसपी भीमप्रसाद दाहालको अगुवाइमा अलग्गै विशेष अपराध अनुसन्धान पर्ूव क्षेत्रीय ब्युरो भनेर गठन गरियो । जसको कमान्ड सोझै डिआइजीले सम्हाल्थे । जोखिमपर्ूण्ा काम भए पनि ब्युरोमा जम्मा १५ जनाको टोली मात्र थियो त्यतिखेर । डिएसपीका साथमा केही इन्स्पेक्टर र जुनियर प्रहरी थिए । 
दाहाल त्यसअघि पर्ूव क्षेत्रीय प्रहरी कार्यालयमै डिआइजीका पिए थिए । दक्ष र जाँगरिलो भएको छाप बनाएका उनले बढुवा भएको केही महिनामै अपराध अनुसन्धान विशेष ब्युरोको टोली प्रमुख हुने मौका पाए । विशेष ब्युरो पर्ूव क्षेत्रीय प्रहरी प्रमुख डिआइजीको नेतृत्वको कमान्डमा सोझै परिचालन हुने व्यवस्था गरिएको थियो । ब्युरोेले सबैभन्दा पहिले अपराध अनुसन्धान गर्न भरपर्दो सूचनाको आवश्यकता ठान्यो । प्रविधिमा दक्ष रहेका डिएपी दाहालले पनि टोलीमा पहिले सूक्ष्म रुपले सूचना संकलन गरे । त्यसपछि डिआइजीको कमान्डमा बसेर अपराधको विश्लेषण गरी मिसनमा खटिए । 
राम्रो तयारीका साथ काम थालेको अपराध अनुसन्धान ब्युरोले एकपछि अर्को सफलता पाउँदै गयो । पर्ूवको पहाडी जिल्लाका सशस्त्र भूमिगत किराँत जनवादी वर्कसलगायत अगुवा धमाधम हातहतियार र खरखजानासहित पक्राउ पर्न थाले । तर्राईका अन्य साना समूहहरु निस्तेज हुँदै गए । बाहिर नदेखिएको ब्युरोले गरेको कामले पर्ूव क्षेत्रीय प्रहरीले स्वाबासी पाउन थाल्यो । पर्ूव क्षेत्रीय प्रहरीको मानसम्मान बढ्दै गयो । 
डिआइजी सुरेन्द्रबहादुर शाह पर्ूव क्षेत्रमा आएपछि उनले प्रहरी संगठनभित्र शून्य सहनशीलताको नीति कडाइसाथ लागू गरे । यसका लागि दाहाल अगुवा भएको विशेष ब्युरोलाई परिचालन गरे । दाहालको अगुवाइमा खटिएको टोलीले धमाधम संगठनभित्र पनि \'स्टि्रङअप्रेसन\' थाल्यो । जसले झापाको काँकडभिट्टामा पर्ने नक्कलबन्दा र ज्यामिरगढी नाकाबाट तस्करसँग मिलिभगत गर्ने प्रहरीलाई रंगेहात पक्राउ गरेर विभागीय कारबाही गरायो । ब्युरोको अप्रेसनले गर्दा सीमा क्षेत्रका धेरै प्रहरी फेरबदल गरिए । सीमा क्षेत्रमा रहेका अन्यर् इलाका र चौकीमा पनि अप्रेसन भयो । त्यहाँ पनि धेरैले कारबाहीको भागिदार हुनुपर्‍यो । जसले प्रहरीलाई भ्रष्ट बन्न र तस्करबाट बचाउन सहयोग गर्‍यो । आचारणले बदनाम भएको प्रहरीमा नागरिकको विश्वास थोरै भए पनि र्फकन थाल्यो । यो कदमले सधैँ मुद्दाको लेनदेन र तस्करीको धनमा र्‍याल चुहाउने प्रहरी सुध्रन थाले । पहिले सीमा क्षेत्रका कमाउ ठाउँमा सरुवा माग्न मरिहत्ते गर्ने प्रहरी सीमामा जानुभन्दा पहाडतिर सरुवा हुनु राम्रो मान्न थाले । 
डिएसपी दाहालको नेतृत्वमा रहेको टोलीले चोरीका र मापदण्डविपरीत सञ्चालन गरिएका सवारीसाधन नियन्त्रण गर्ने अभियान \'फेक भेहिकल अप्रेसन\' पनि सफल बनायो । उनको अगुवाइमा परिचालन भएको टोलीले पर्ूवमा एक दर्जन एम्बुलेन्स \'फेक\' तरिकाले सञ्चालन भइरहेको फेला पार्‍यो र नियन्त्रणमा लियो । उनको टोली अपराध अनुसन्धानलाई दक्ष बनाउन आफ्नामातहतका प्रहरीलाई प्रशिक्षण दिन र नागरिकलाई प्रगतिको सूचना उपलब्ध गराउन थाल्यो । 
गगग
डिएसपी दाहाल भन्छन्, \'अपराध अनुसन्धानको मिसनमा हि“ड्दा कम्ती दुःख हुँदैन । अभियुक्त समाउन अरुले भनेको र देखेजस्तो सजिलो हुँदैन ।\' धेरै ठाउँमा उनले दुःख व्यहोरेका छन् । धेरै ठाउँमा ज्यानको जोखिम मोलेको छ उनको टिमले । तर, उनी भने आजसम्म सधैँ \'लक्की\' नै रहे । कतै पनि असफल हुनुपरेन । उनले पहाडी जिल्ला भोजपुर, खोटाङ, इलाम, संखुवासभा, ताप्लेजुङ, पाँचथरदेखि तर्राईका झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीसम्म तर्राईका जिल्लामा डुलेर फरार अभियुक्त र मोस्टवान्टेड अभियुक्त समाउन भ्याएका छन् । उनीसँग आफूजस्तै आत्मविश्वासी प्रहरीको टिम भएकाले असफलता व्यर्होनुनपरेको उनको भनाइ छ । उनको टिमले सबैभन्दा बढी कष्ट बबरमहल बमकाण्डका मुख्य अभियुक्त विश्वक्रान्ति भनिने देवराज लामालाई समात्दा उठाउनुपरेको थियो । 
बमकाण्ड घटाएर पर्ूवमा लुकेका देवराज पहिलोचोटि बल्लबल्ल उम्केका थिए । त्यसपछि निरन्तर लामाको सूचना संकलनमा खटिएको टोलीले कहिलेकाहीँ सिक्किमतिर र प्रायः नेपालको माथिल्लो भेगमा बस्ने गरेको सूचना पायो । लामा पर्ूवका विभिन्न जिल्लामा पुनः बम विस्फोट गराउने योजनामा थिए । साथै, पर्ूवमाओवादी लडाकु तथा किरात जनवादी वर्कसलगायत जातीय पार्टर्ीी कार्यकर्तालाई समेटी सशस्त्र गतिविधिको तयारी पनि गर्दै थिए । तर, उनी बेखबर नै रहेकाले प्रहरीलाई लामा पक्राउ गर्नु चुनौती पनि थियो । धेरै लामो कसरतपछि डिएसपी दाहालको टोलीले पाँचथर जिल्लाको लुङरुपा-२, भुसपाते भन्ने लेक लाग्ने अग्लो र चिसो ठाउँबाट मोस्टवान्टेड लामालाई पक्राउ गर्न सफल भयो । त्यहाँ उनीहरु निकै दिन लुकेर बसे । जाडो त थियो नै, वषर्ाको समय भएकाले जुका पनि उत्तिकै लाग्थ्यो । सूचना पाएर दलबलसहित त्यहाँ पुगेको उनको टोलीले देवराज सिक्किमतिर गएको सूचना पाएपछि लेकमा रहेको चौरी गोठमा आउने समय प्रतीक्षा गर्नुपर्‍यो । जसका लागि गाउँलेले समेत नचिन्ने गरी लुक्नु जरुरी थियो । लामा आएको चाल पाएपछि पक्राउ गर्न पनि सजिलो थिएन । 
त्यहाँको सबैभन्दा अग्लो ठाउँमा लामा बस्ने गोठ थियो । अनि, प्रहरीको टोली तल लुकेर बस्ने गथ्र्यो । लामो प्रतीक्षापछि उनको टोलीले लामा आएको सूचना पायो । उनीहरुले राति गोठ घेरा हाल्ने योजना बनाए । तर, देवराजले आफूहरु माथितिर उक्लँदै गरेको देख्ने र भाग्ने शंका पनि उत्ति नै बलियो थियो । त्यति वेला डिएसपी दाहाल र उनको टोलीले पुकारा गरेको थियो, \'हे भगवान् पानी पारिदेऊ\' । संयोग, त्यस्तै भयो । साँझ पख घनघोर वषर्ा भयो । पानी परेकाले देवराजले न प्रहरी आएको चाल पाए न त उनी बाहिर कतै भाग्न नै सके । दाहालको टोलीले घर घेरा हाल्यो र लामालाई झयाप्पै पक्राउ गरेर विराटनगर ल्यायो । भोलिपल्ट बिहान १० बजे नै मिडियामा र्सार्वजनिक गर्‍यो । सिंगो प्रहरी संगठन अपराधी पक्राउ गर्न सक्षम छ भन्ने सन्देश दियो । 
सुनसरीकेा इटहरीमा बेवारिसे अवस्थामा राखिएको बम विस्फोटमा एसपी राजेन्द्रमान श्रेष्ठ घाइते भए । त्यो बम राख्ने राष्ट्रिय खम्बुवान मुक्ति मोर्चाका कार्याकर्तालाई पनि दाहालको टोलीले पक्राउ गर्न सफल भयो । त्यसका मुख्य नाइके डेबिड भन्ने आरके खम्बूलाई समात्न विराटनगरको वन कार्यालयनजिक राति दर्ुइ राउन्ड गोली पनि चलाउनुपर्‍यो । मोटरसाइकलमा हिँड्दै गरेका डेबिड भाग्न खोजेपछि गोली चलाउनुपरेको थियो । तर, त्यो कुरो कतै बाहिर आएन । 
उनकै टोलीले ०६८ असोजमा जनवादी किरात वर्कसका कमान्डर विकास किराती भनिने प्रेम खालिङलाई सुनसरीको धरानबाट बन्दोवस्तीको सामानसहित पक्राउ गर्न सफल भयो । त्यस्तै, ०६७ वैशाखमा खोटाङको थुनथला प्रहरी चौकी आक्रमण गरी भारी मात्रामा प्रहरीको हातहतियार लुटेर भागेका किरात जनवादी वर्कसका दर्ुइ दर्जन कार्यकर्तालाई पक्राउ गर्‍यो । त्यसवेला किरात वर्कसका कोषाध्यक्ष दिनेश र्राई भनिने हाङछा किराती, सहकोषाध्यक्ष धर्ुब, ६ केन्द्रीय सदस्य र १५ कार्यकर्तालाई लुटिएका हातहतियारसहित पक्राउ गरेको थियो । उक्त मिसन सफल भएपछि पर्ूवमा जनवादी किरात वर्कसको अस्तित्व संकटमा परेको थियो । 
अपराध अनुसन्धानको मिसनमा हिँड्दा धेरै आरोह-अवरोह आउँछन् । कहिले भोकै बस्नर्ुपर्छ । कहिले गाउँमा जोखिम मोलेर बस्नु पनि पर्छ । तर, कहिलेकाहीँ जिम्मा लिएको काम समयमै गर्न नसक्दा एउटा अनुसन्धानमा खटिएको टोली मात्र होइन, सिंगो प्रहरी संगठनले नै आलोचनाको भागिदार बन्नर्ुपर्छ । यसैले ब्युरोमा खटिने प्रहरी चानचुने हल्लागाडी जस्तो नभएर दक्ष, योग्य र इमानदार हुनुपर्ने डिएसपी दाहालको भनाइ छ । 
दाहाललाई एकपल्ट खोटाङमा अभियुक्त समात्न गएका वेला प्रहरी जवानलाई पिटेको आरोप पनि लाग्यो । उनी भने त्यतिखेर समयमा काम नगरेकाले आफूले प्रहरी जवानलाई गाली गरेको बताउँछन् । उनी भन्छन्, \'ढिलो हुँदा अभियुक्त बसेको ठाउँ छाडेर भाग्ने सम्भावना बढी थियो ।\' ब्युरोमा काम गर्ने प्रहरीले समयको पनि उत्तिकै ख्याल राख्नुपर्ने दाहाल बताउँछन् । उनको भनाइ छ, \'आफ्नै संगठनभित्रको समेत अपराध अनुसन्धान गर्नुपर्ने भएकाले लोभी, पापी र अल्छीले ब्युरोमा काम गर्न सक्दैनन ।\'
अहिले डिएसपी दाहाल पर्ूव क्षेेत्रीय प्रहरी कार्यालयको ब्युरोमा छैनन् । उनी हुँदा १५ जना जुझारु प्रहरीबाट सुरु भएको पर्ूव क्षेत्रीय प्रहरीको अपराध, अनुसन्धान ब्युरोमा अहिले ७० भन्दा बढी दक्ष प्रहरी समावेश छन् । उनीहरु सूक्ष्म रुपले कहिले पोसाकमा त कहिले विनापोसाक कतै न कतै अपराध अनुसन्धानका लागि खटिरहेकै हुन्छन् । डिएसपी भीमको टोलीले एकीकृत गरेको अपराधको सूचनाले पछि काम गर्नेलाई धेरै सजिलो पनि बनाएको छ । 
दाहाल अहिले पर्ूव क्षेत्रबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय, इलाम आइपुगेका छन् । यहाँ उनले आफूभन्दा माथिल्ला अधिकारीबाट सिकेका नीति लागू गराइरहेका छन् । चोरी, तस्करी रोक्न पहल गरेका छन्, सफल पनि भएका छन् । प्रहरीलाई आदेश र मुख ताक्ने बानीको अन्त गराउन लागिपरेका छन् । आत्मविश्वास, जाँगर, इमानदारिता र भरपर्दो सूचना भए अपराध, अनुसन्धानको पाटोमा थोरै स्रोत-साधनमा पनि धेरै काम गर्न सकिने उनको अनुभव छ । उनले पर्ूव क्षेत्रीय प्रहरी कार्यालयमा झन्डै दर्ुइ वर्षअपराध अनुसन्धानको अगुवा भएर रहँदा अलग्गै बजेट पाएनन् । अपराध, अनुसन्धानमा स्रोत-साधन र अलग्गै पर्याप्त बजेटको पनि आवश्यकता पर्ने उनले महसुस गरे । तर, बजेट अभावमा पनि उनको टोलीले गरेको काम भने उल्लेख्य रहेको कुराले उनलाई सन्तुष्ट बनाएको छ । यसैले प्रहरी प्रधान कार्यालयले उनलाई उत्कृष्ट प्रहरी अधिकृत मानेको छ । डिएसपी दाहालको टोलीले अपराध, अनुसन्धानमा जाँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग काम गर्‍यो । तर, अलग्गै बजेट भएको भए अझै द्रुत गतिमा आफ्नै स्रोत-साधन लिएर काम गर्न सकिने उनको अनुभव छ ।
प्रस्तुति ः गणेश लम्साल साभार

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...