समाचार

‘विकासको लागि राजनीति भन्ने मुल मन्त्र सबैले लिनुपर्छ’

गते ००:०० मा प्रकाशित

‘विकासको लागि राजनीति भन्ने मुल मन्त्र सबैले लिनुपर्छ’

 २००३ सालमा इलामको नामसालिङमा जन्मिएका खेमराज नेपालले ४१ वर्षअगाडि कलकत्ता विश्वविद्यालयबाट सोसियल एन्थ्रोपोलोजीमा स्नातकोत्तर गरेका हुन् । नेपालले २०३२ सालमा सङ्खुवासभाको पञ्चायत विकास अधिकारीको रुपमा शाखा अधिकृतबाट सरकारी सेवा शुरु गरेका थिए । उनले नेपाल सरकारको सचिवसम्मको जिम्मेवारी सम्हालेपछि अवकाश लिएका हुन् । सेवा अवधिभरिमा उनले ४ वर्षयोजना आयोगमा सहसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ वर्ष सचिवको जिम्मेवारी पनि सम्हालेका थिए । स्थानीय विकास मन्त्रालयबाट सेवा शुरु गरेका नेपाल सोही मन्त्रालयमा सचिव भएर अवकास लिए । २०६१ सालमा अवकाश लिएका नेपाल सुशासन अध्ययन प्रतिष्ठानमा जिम्मेवारी सम्हाल्दै आएका छन् । इलामको नामसालिङमा केन्द्रिय कार्यालय रहेको नामसालिङ सामुदायिक बिकास केन्द्र इलामको स्थायी खम्बाका रुपमा चिनिएका नेपाल आफुलाई इलामको विकासमा आफु सहयोगी हुने बताउँछन् । उनले भर्खरै आफ्नो प्रशासनिक अनुभव तथा नेपाली समाज, राजनीति र प्रशासनसँगको विषय–सन्दर्भमा केन्द्रित रहेर आत्मपरक शैलीमा समाज, संस्कार र शासन नामक पुस्तक लेखेका छन् । पुस्तकको विषयमा रहेर नेपालमा मात्र होइन जापानमा आयोजित एक सम्मेलनमा नेपालले एक कार्यपत्र प्रस्तुत गरिसकेका छन् । उनलाई नेपालको प्रशासकहरुबिच मिस्टर क्लिनको रुपमा चिनिन्छन् । सुशासन तथा भर्खरै उनले लेखेको यस पुस्तकमा केन्द्रित रहेर सन्दकपुर दैनिकका कार्यकारी सम्पादक सुदिप श्रेष्ठले नेपालसँग गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्नः भर्खरै समाज, संस्कार र शासन नामको पुस्तक लेख्नुभएको रहेछ, सुशासनलाई केन्द्रमा राखेर । सुशासनको पुर्ण भएको अवस्था किन देशमा आउन सकेन ?

उत्तरः सुशासन आउन तीन कुराले पर्याप्त थिएन । उसबेला हामीले नियम र नीति हतारमा बनायौ । जसमा छिद्र धेरै भए । नेपालमा नीति नियमको पहिलो मस्यौदा कर्मचारीबाट शुरु हुन्छ । उसले आफुलाई दण्डित हुनेखालको नियम बनाउदैन । अनि कसरी सुशासन हुन्छ । अर्को कुरा समाजको आँखामा परिवर्तन आएन । त्यसैगरि जनताको मागबमोजिम कर्मचारीको क्षमता बढ्न सकेन । यसका कारण सुशासन मेरो पालामा पनि कायम हुन सकेन, अहिले पनि छैन । सुशासन त प्रोजेक्टको रुपमा आउछ आजभोलि । सुशासन कहिल्यै प्रोजेन्ट हुन्छ र ?

उत्तरः सुशासन कायम गर्न बैठानपछि खोजी गरेर हुन्न । कुनै काम उठानसँगै त्यसको खबरदारी गराए, या सचेत गराए त्यहाँनेर सुशासनको अवस्था आउला । यो पोष्टमार्टम पद्धति बेठिक छ । त्योभन्दा क्युरेटीभ पद्धति अपनायौँ भने सरकारले सञ्चालन गरेका परियोजनाहरु पनि सफल होला ।

उत्तरः मेरो कार्यकालपछि सरकारले सुशासन बहालीका लागि काम नगरेका भने होइनन् । एउटा जिल्लाको योजना बन्नको लागि १४ वटा तह पार गर्नुपर्छ भन्ने कम्तिमा जनताले बुझेका त छन् । विभिन्न योजना सम्पन्न गरेपछि सार्वजनिक सुनुवाई गराउनुपर्ने अर्को राम्रो व्यवस्था आएको छ । तर यस्तो सुनुवाई गराउदा तेस्रो पक्षलाई जिम्मेवारी दिनुपर्छ ।

प्रश्नः सुशासनको क्षेत्रमा कहिलेदेखि काम गर्नुभएको हो ?्

उत्तरः शाखा अधिकृत हुँदादेखिनै मैले सुशासनको क्षेत्रमा काम गर्ने मौका पाए ।

प्रश्नः कत्तिको सम्मान गर्छन् बहालबाला सचिवहरुले तपाईलाई ?

उत्तरः वहाँहरुले एकदमै सोध्नुहन्छ समस्या परेको ठाउँमा । एकदमै सम्मान गर्नुहुन्छ । यसको पछि पनि एक दोटा कारण छ । म कहिल्यै पनि आफ्नो काम सचिवहरुलाई अनुरोध गर्दिन । यसको भेष्टेड इन्ट्रेष्ट छैन भनेर पनि वहाँहरु सल्लाह सहयोग माग्नुहुन्छ । य बहाँहरुसँग जे उठान गर्छु, मुलुककै हितको लागि मात्र माग तथा उठान गर्छु ।

प्रश्नः पुस्तकको अलि बढि कुरा गरौ । सामान्य नागरिकले पढ्दा के पाउलान् ?

उत्तरः यो मुलुकमा जे लेख्नुपर्ने हो त्यो लेखएन । जे आवश्यक छैन, त्यो बढि लेखियो । मैले बास्तविकतामा रहेर पुस्तक लेखे । बास्तविकता कडा तथा तितो हुँदोरैछ । मैले पुस्तकमा लेखेको एक लाईन सुनाउछु, ‘म नोकरीमा रहँदा जति प्रधानमन्त्रीहरु आए, तिनीहरु आफैंले सामान्य प्रशासन मन्त्रालय कसैले सम्हालेनन् तर निजामति कर्मचारीहरुबाट उच्चतम प्रतिफलको अपेक्षा गरिरहे । कुनै पनि प्रधानमन्त्रीले कर्मचारीको खटनपटन, बढुवासरुवा आदिको पद्धतिबारे चासो लिएनन् तर हचुवा र किस्ताबन्दीमा कर्मचारीहरुको बढुवा वा सरुवा गर्न दबाब दिए ।’ अब उच्चतम अवस्थानै त्यस्तो थियो भने अरु कसको विश्वास गर्नु । भनेपछि पुस्तकमा यस्तै यथार्थ कुरा लेखिएको छ ।

प्रश्नः समस्या त राख्नुभयो । समाधानको उपायहरु पनि दिनुभएको होला नि त ।

उत्तरः पुस्तकमा मैले समाधान त राजनैतिक सुधार नै भनेको छु । अनि राजनीति र प्रशासनको सुमधुर सम्बन्ध हुनुपर्छ भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु । अर्को कुरा हामीले पढेको पाठ्यक्रममा सुधार ल्याउने सुझाव दिएको छु । पृथ्वीनारायण शाहको नुवाकोट भनेर पढेका हामीलाई उसैवेला नौ वटा कोटले नुवाकोट बनेको हो भनेर पढाएको भए अहिलेको सङ्घीयतालाई कति धेरै मदत मिल्थ्थ्यो ।

प्रश्नः पढ्छन् त तपाईको पुस्तक बहालवाला सचिवहरुले ।

उत्तरः बाऽऽऽऽ कत्ति धेरै फिडब्याक दिएका छन् उनीहरुले (सचिवहरु) । तर नेपाली भन्दा विदेशीलाई बढि चासो भएछ । विदेशीहरुबाट बढि फिडब्याक आएको छ । जापानमा मलाई पुस्तकका विषयमा नै टकप्रोगाम राखिदिए । मलाई त लाज भैगोनि । नेपालीहरुमा विश्वविद्यालयका प्रोफेसरहरु, पत्रकारहरु, गृहिणीहरु भए । अहिलेका मुख्य सचिवले पनि मलाई पुस्तक पढेर फिडब्याक दिएका छन् ।

प्रश्नः स्थानीय निकायको अनुपस्थितिमा सुशासनसहित देश कसरी हाँक्ने, केहि सुझाव छ कि ?

उत्तरः सबैभन्दा महत्वपूर्ण त राजनैतिक प्रशिक्षण नै हो । जबसम्म विकासका लागि राजनैतिक प्रशिक्षण हुँदैन, कुनैपनि व्यवस्था ठिक हुदैन । अहिले त शक्तिका लागि न राजनैतिक प्रशिक्षण हुन्छ नि । विकासको लागि राजनीति भन्ने मुल मन्त्र सबैले लिनुपर्छ । विकास भनेको राजनैतिक मुद्दा हो । राजनैतिक रुपमा सम्बोधन हुनुपर्छ ।

प्रश्नः प्रशङ्ग बदलौँ, नामसालिङ सामुदायिक विकास केन्द इलामलाई कसरी सहयोग गरिरहनुभएको छ ?

उत्तरः मैले माझीको काम गरेको छु । यताको काम उता, उताको सहयोग यता गर्ने मात्र काम गरेको हुँ । त्यो बाहेक त केहि गरेजस्तो लाग्दैन मलाई त । मैले जसरी सहयोग गरेपनि यस संस्थाले राम्रोसँग काम गरेको छ । तर यसको पछाडि केहि चुनौती आएका छन् ।

प्रश्नः चुनौती जस्तो की ?

उत्तरः संस्थाको दाताहरु हुन्जेल त ठिकै छ, दाता आएनन् भने आफ्नो खुट्टामा आफै उभिने अवस्था छ कि छैन भन्ने हो । अर्को कर्मचारीहरुको रिटेन्सनको अवस्थामा उहिलेको मास्टर जस्तो चक र डस्टर मात्र बोकेर हिड्नुपर्ने हो की ? भन्ने र अर्को कर्मचारीहरुको प्रोफेसनालिजममा । अन्य त सबै ठिकसँग अघि बढिरहेका छन् ।

प्रश्नः आगामी दिनमा एनसीडीसीलाई कसरी सहयोग गर्ने योजना छ ?

उत्तरः एकै हरफमा भन्दा तन र मनले । हामी अवकास जीवन विताउनेहरुसँग धन हुने कुरा भएन (हाँस्दै) ।

प्रश्नः तत्कालिन अमेरिकी राजदुत स्टक एच डेलिसी, पुर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, नेपाल कम्युनिटी डेभलपमेन्ट फाउण्डेसनका प्रमुख डा. बेरी र तपाई सहित एनसीडीसीमा ग्रीन सिटीको कार्यक्रम भएको १३ महिना बित्यो । यो अवधिमा कति काम भएछन् ?

उत्तरः घर हरियो बनाउने काम चै भको छ । घर हरियो बनाउनु मात्र ग्रीन सिटी होइन नी । १ र २ मा मात्र ग्रीन सिटीका कुरा भए । अन्य वडामा भएनन् । तर सोचे जति काम नभएपनि बुझाउने काम भएको छ ।

प्रश्नः खेमराज नेपालले इलामको लागि के ग¥यो ?

उत्तरः इलामले खोजेको बखतमा म काठमाण्डौ बसेर सहयोग गर्ने मौका पाएको छु । जिल्लाबाट आएका समस्याहरु सचिवहरुलाई राख्नुप¥यो भने त्यो पनि राखेकै छु । यसले आफ्नो स्वार्थ बोल्दैन भन्छन्, सचिवहरुले पनि कुरा सुन्छन् । सार्वजनिक हितको लागि अझैपनि इलामबाट सहयोगको लागि आएको प्रस्ताव सजिलै स्विकार गर्नेछु ।

प्रश्नः इलामको विकासको लागि ठोस योजना के हुनसक्छ ?

उत्तरः इलामको विकासको लागि इलाम र झापा एकठाउँमा बसेर विकास योजना बनाउनुपर्छ । अव सिमानाले विकास रोकेर हुदैन । सामुहिक रुपमा बसेर दिगो सामुदायिक विकासको दिर्घकालिन योजना बनाउनुपर्छ । इलामको खोला नालाको सदुपयोग गर्न, सिमावर्ती क्षेत्रको ठूलो क्षेत्रमा रुख रोप्न तथा सामुदायिक विकास गर्न त्यो योजना अनुसार काम गरिनुपर्छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...