समाचार

थ्रीस्टार गोर्खा कप फुटबलको सेमिफाइनलमा

गते ००:०० मा प्रकाशित

१३ वैशाख, काठमाडौं । साविकको विजेता थ्रीस्टार क्लब राजधानीमा जारी बि्रटिस गोर्खा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको संघर्षपूर्ण खेलमा हिमालयन शेर्पालाई १-० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो । अब उसले उपाधिका लागि पुलिस र मनाङ मस्र्याङ्दीबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

पहिलो पटक लाइटमा खेलाइएको राष्ट्रिय खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई कडा चुनौति दिएको थियो । निर्धारित ९० मिनेट र ततिरित्त समयको पहिलो हापमा गोलरहित बराबरी खेलेको थ्रीस्टारका लागि १ सय ९ औं मिनेटमा विक्रम लामाले विजयी गोल गरे । सन्तोष साहुखल सन्दिप राईलाई क्लबमा भित्र्याएको थ्रीस्टारले खेलमा एक पछि अर्को आक्रमण गरेपनि हिमालयन शेर्पाले असफल पार्दै आएको थियो ।

राष्ट्रिय टोलीका कप्तान सागर थापा, जगजित श्रेष्ठ लगायतले क्लब छाडेपछि युवा खेलाडीहरुमा भर परेको हिमालयन शेर्पाले वन टच पास निकै सुन्दर खेलेपनि पोष्ट चार्ज भने निकै कम गरेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...