space for add
space for add

समाचार

अन्तुले बनायो सूर्योदयको जिल्ला

गते ००:०० मा प्रकाशित

 इलामका पूर्वी सीमान्त गाविसहरू श्रीअन्तु र समाल्बुङमा पैmलिएर रहेको अन्तु पर्यटकीय क्षेत्र नेपालका चर्चित पर्यटकीय गन्तब्यहरूमध्येमा पर्दछ । यस भेगमा ग्रामीण पर्यटनको होमस्टे प्रणाली अन्तुबाटै शुरू भएको मानिन्छ । सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरी, लाप्चा संस्कृति र ग्रामीण जनजीवनको अवलोकन, सुनगाभा पूmलखेती आदि यहाँको मुख्य आकर्षणहरू रहेका छन् । कात्र्तिकदेखि पौषसम्म सूर्योदय अवलोकनका लागि उपयुक्त समय मानिन्छ ।
अन्तुडाँडाबाट कञ्चनजङ्घा हिमाल, भारतीय सीमावर्ती क्षेत्र, इलामका अधिकांश क्षेत्र तथा झापा जिल्लाका मनोरम भू–भागहरू अवलोकन गर्न सकिन्छ । गुफापाताल श्रीअन्तु गाविसको भारतीय सीमावर्ती क्षेत्रमा अवस्थित अर्को रमणीय गन्तब्यस्थल हो । यसका साथै नेपालको पूर्वी सिमानाको मेची नदीको उद्गमस्थलसमेत श्रीअन्तु गाविसमा नै रहेको छ । इलाम जिल्लामा ग्रामीण पर्यटनको योजनाबद्ध शुरूवात पनि अन्तुबाटै भएको हुँदा स्थानीयस्तरमा पर्यटनको संस्कृतिको अनुभूति गर्न सकिन्छ । वर्षेनी हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू अन्तु आउने गर्दछन् । (साभारः इलामको पर्यटन ब्यवस्थापन गुरूयोजना)


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...